Saturday, January 31, 2009

राज्यले बिर्सेका प्रथम शहीद


हुँदैन बिहान मिर्मिरे तार झरेर नगए

बन्दैन मुलुक दुई चार सपुत मरेर नगए

सालिन्दा जबजब शहीद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुइ पंक्ति निक्कै सम्झिइन्छन् यसवर्ष शहीद दिवस -माघ १६ गते, विहीबार)मा पनि धेरैले यी पंक्तिहरु एकपटक स्मरण गरे शहीद गेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार शहीदका शालिकमा श्रद्धाका फूल चढाइए लैनचौरको शहीद स्तम्भ वर्षो एकपटक चिटिक्क पारियो देशभर चार शहीदका ढलौटे शालिकहरुले गलामा माला भिर्न पाए सप्ताह लामो यो उत्सवमा देशका प्रथम शहीद लखन थापामगरलाई भने कतै सम्झिइएन

जहानियाँ राणाशासन विरुद्ध पहिलोचोटी जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर वि.सं. १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए बीस वर्षे उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो जसमा मगरहरुलाई मात्र भर्ती लिइन्थ्यो लखन थापा भर्ती हुनु अगावै वि.सं. १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए भर्ती भएपछि थापाले शासन प्रणाली बुझ्दै गए सन् १८५७ मा भारतीय सैनिकहरुले बेलायत अधीनस्त इष्ट इण्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए डा. हर्षहादुर बुडाका अनुसार त्यहीँबाट लखन थापामा राणा विरोधी जनपक्षीय विचार निर्माण भएको थियो

कप्तान पदसम्म पुगेका लखन थापाले वि.सं. १९२७ मा जंगबहादुर विरुद्ध विद्रोह छेड्ने निस्कर्ष निकाल्दै सेनाबाट विदा लिए सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे हुकुमको जवाफ छैन कालको औषधी छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुइहजार युवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमसेर राणाले गोरखा विद्रोहमा लेखेका छन् शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको गोरखामा समानान्तर शासनको अभ्यास समेत गरेको उल्लेख गरेका छन् यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो जंगबहादुरसम्म पुग्यो

जंगबहादुरले आफ्नो विरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीर शमसेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए लखन थापा उनका सहयोगीहरु पक्राउ परे उनीहरुलाई थापाथली ल्याइयो जंगबहादुरले लखन थापा उनका सहयोगीहरुलाई मनकामना मन्दिर अगाडि झुण्ड्याएर मार्न आदेश दिए आदेश तामेल गर्दै वि.सं १९३३ फागुन गते उनलाई रुखमा झुण्ड्याएर मारियो अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुण्ड्याइयो भने चार जनालाई गोली हानेर मारियो दुइ ब्राम्हणलाई भने मृत्युदण्ड दिइएन

वि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तर्रार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ दशरथ चन्दलाई मात्र शहीद घोषणा गरियो लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे मारिए उनलाई भने शहीद घोषणा गरिएन निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई शहीद घोषणा गर्यो तर प्रथम शहीद भन्न सकेन

जब लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् - उनले विद्रोह गरेका हुन् होइनन् - शहादत प्राप्त गरेका हुन होइनन् - प्रश्नहरुको पर्रा उठाइन्छन् लखन थापाका बारेमा किंवदन्ती होइन ऐतिहासिक प्रमाणहरु प्रशस्त छन् इतिहासकारहरुले उनका बारेमा काफी कलम चलाएका छन् उनको दरबारको भग्नावशेष अझै उनका सन्तति अझै जीवित छन् त्यसकारण लखन थापा थिए, थिएनन् भन्ने प्रश्न निर्रथक हो खोज्ने हो भने आधार अझै बाक्लै छन् करिब डेढसय वर्ष पुरानो कुरा हो आखिर पौराणिक आधारमा हामीले जनकलाई राष्टिय विभूति सीतालाई राष्ट्रिय गौरव स्वीकार्दै आएका छौँ भने लखन थापालाई प्रथम शहीद मान्ने थुप्रो प्रमाण छन्

सरकारले कि प्रथम शहीद अर्कै छन् भन्ने प्रमाण पेश गर्न सक्नुपर्यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्नुपर्यो यदि सरकारलाई शंका लाग्छ भने इतिहासकारहरु सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि शहीदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस् घरको कौसीमा जुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुले यहाँ शहीदको सम्मान पाएका छन् राज्यले उनीहरुको परिवारलाई १०/१० लाख सहयोग गरेको तर प्रथम शहीदले सम्मान पाएका छन् सहयोग नै के अब लखन थापालाई प्रथम शहीद घोषणा गराउन पनि अर्को आन्दोलन गरेर अरु पनि शहीद बन्नुपर्ने हो - गणतान्त्रिक सरकारले जवाफ देओस्

Tuesday, January 27, 2009

सभासदसित तीन दिन

दिन १
देशको मूल कानुन लेख्ने अधिकार पाएका एक सभासदसित यो साता तीनदिन सहयात्राको मौका मिल्यो । संयोग जुराइदिएको थियो नेपाल मगर विद्यार्थी संघले । माघको ११ र १२ गते दाङको घोराहीमा संघको राष्ट्रिय विस्तारित भेला थियो । संघको पूर्व महासचिवको हैसियतले पंक्तिकार र संस्थापक महासचिवको हैसियतले सभासद् रामबहादुर थापामगर त्यसतर्फ लम्क्यौँ ।
माइक्रोबसको अन्तिम सीटमा थचारिएर हामी दुईको यात्रा कलंकीबाट शुरु हुन्छ । पुग्नुथियो त्यसदिन कपिलवस्तुको मोतिपुर । माइक्रोबसले हामीलाई छोड्ने थियो बटौलीसम्म । हतार थियो निक्कै हामीलाई । माइक्रोका चालक भने यति फुर्सदमा थिए कि हरेक दुई घण्टामा चूरोटको सर्को नलिई गाडी अगाडि र्सर्दै र्सर्दैनथ्यो । चालकको कार्यशैलीबाट सभासद् यति दिक्क थिए दुइ ठाउँमा त मुखै फोरे - ए भाइ अलि चाँडो जाऊँ न । त्यो संविधानसभा थिएन जहाँ एक्लैले रोष्ट्रम छेकेर भए पनि आफ्नो माग पूरा गर्न सकियोस् । माइक्रोका चालक यति र्सवाधिकारसम्पन्न थिए कि यात्रु सबैले विरोध गरे पनि उनले प्रधानमन्त्रीले झैँ रोष्ट्रम अगाडि ठडिएर जवाफ दिनु पर्दैनथ्यो ।
जेनतेन साँझ छ बजे रुपन्देहीको देवदह टेक्यो हामी चढेको माइक्रोले । अगाडि तेर्सिएका थिए गाडीका ताँती । माइक्रोका सहयोगीले स्थानीय लवजमै भने - जाम खाइयो । केहीबेर अगि कुनै गाडीले कुनै स्थानीय मानिसलाई ठक्कर दिएकाले बाटो ठप्प पारिएको रहेछ । जतिबेला पायो त्यतिबेला, जे पायो त्यही बहानामा राजमार्ग ठप्प गर्न पाइने । कुनै कानुन नलाग्ने । कस्तो सजिलो । गाडी चलाउन त संकटकालमै सजिलो - माइक्रोबसका सहयोगीले मनको डकार ओकले । अब बन्ने संविधानमा सडकका यस्ता समस्यालाई यी सभासद्ले कसरी समेट्लान् मलाई चाहिँ खुल्दुली लागिरह्यो ।
गाउँ र खेत बीचको फराकिलो आलीमा हुइँक्यो माइक्रोबस । कच्ची धुले भूइँमा कहिले एकहात माथि उफार्दै त कहिले नाक ठोक्काउँदै । सभासद्ले ससुराली मोतिपुर लान बोकेको सुन्तला भरिएको झोला हाम्रा लागि भारी भयो । प्रकृति प्रदत्त दुई हात एउटाले हातेझोला र अर्कोले माइक्रोको छेउकुना समात्दै ठीक्क । यतिबेला नवदुर्गाको झैँ चार हात भएको भए । बुटवल पुग्दा घडीमा साढेसात टरिसकेको थियो । मोतिपुरसम्म जाने स्थानीय बसहरुको छुट्टी भइसकेको रहेछ । नेपालगञ्ज जाने एउटा रात्री बस पाइयो । आधाघण्टा बस्दा पनि त्यो बस चटनपटाएपछि ओर्लियौँ विकल्पको खोजीमा ।
गाडी रोक्न हात उठाउँदा उठाउँदा हैरान । संसदमा भए सभासद्ले हात उठाए सभामुखले कारबाही रोक्लान तर यहाँ कसैले गाडी रोके पो । तिनीहरुलाई के थाहा त्यो उठेको हात सभासद्को हो । एउटा ट्रकले आश देखायो । अलि परसम्म हामी केहीबेर लतारियौँ । हेर्दाहेर्दै त्यसले हामीलाई माछो माछो भ्यागुतो बनायो । फक्यौँ । केहीबेरमा अर्को ट्रक आयो । अमलेखगञ्जबाट डिजेल बोकेर सन्धिखर्क हिँडेको । मालबाहक भए पनि त्यसभित्र हामी १२ यात्रु थियौँ । समावेशी । महिला, पुरुष, बालक, युवा, बृद्ध सबै । खुट्टा तन्काउने त के टेक्ने ठाउँधरी थिएन । ट्रकको एक कुनामा गोपिक्याँच थिए माननीय सभासद् । यतिबेला मैले सम्झेँ केही अगिको हिमाल खबरपत्रिकामा प्रकाशित शाही ठाँट शीर्षकको रिपोर्ट । सभासद्हरुको व्यवहार खान्दानी बन्दै गएको भाव थियो त्यसमा । मनमा तर्कना उठ्यो - यो पनि शाही ठाँटकै एक अध्याय होला ।
दिन २
पाल्पाबाट सभासद् लीलाकुमारी सोमैमगर र नेपाल मगर संघका महासचिव वसन्त र्घर्तीमगरले व्यवस्था गरेको निजी गाडी हामी दुई भाइले कपिलवस्तुको बनगईमा समात्यौँ । बाटोमा वसन्त र लीलाले वर्णन गरेका बाल्यकालका दुःख सम्झँदा आँशु झर्न खोज्थे । एउटा प्रसंगमा सोमैले भनिन् - भोलिपल्ट जंगल जान ढिलो हुन्छ भनेर अघिल्लो साँझ नै मुख धोएर सुत्थ्यौँ । दाउरा र घाँससँग जीवन साटिरहेका बहुसंख्यक दिदीबहिनीको अवस्था उनको यो भनाइमा पोखिएको थियो । रामबहादुरको दुःखको पहाड पनि कम्ती अग्लो थिएन । यस्तो थियो एउटा वाक्य - भैरहवाबाट साइकलमा एकै दिनमा परासी पुगेर फर्कँदा साइकलको होइन झण्डै आफ्नै हावा नखुस्केको ।
भेलाको उदघाटन सकियो । बन्दसत्र त्यसै साँझ शुरु हुने भयो नीमा फिल्महलमा । खानपान भ्याएर राति १० बजे हल छिरियो । कार्यक्रम ढिला शुरु हुने छाँट देखियो । अगिल्लो दिनको ट्रकको हल्लाइ र निरन्तरको बसयात्राबाट थाकेका सभासद्को चाहना थियो एकछिन सुत्ने । आयोजकले व्यवस्था गरिदिएको विश्रामस्थल केही टाढा थियो । त्यसैले स्टेजको चिसो भूइँमै निन्द्रादेवीको काखमा सभासद लुटपुटिए ।
दिन ३
राति राम्रोसँग निदाउन नपाएकोले होला बिहान उठ्न अलि बेर भयो । साढेआठ बजे तुलसीपुर चोक आउँदा काठमाडौँ जाने बसले हामीलाई छोडिसकेको रहेछ । स्थानीय साथीहरुले उपाय निकाले - लमहीसम्म लोकल गाडीमा जाने त्यसपछि काठमाडौँ । खोज्दा सुर्खेत जाने माइक्रो फेला पर्‍यो । कण्डक्टर राजी भए हामीलाई लमहीसम्म लान । सभासद माइक्रोको ढोका उक्लन मात्र के खोजेका थिए लोकल जीपका कण्डक्टरले दुवै हात फैलाएर ढोकामै छेके । भने - सुर्खेत जाने गाडीले लमही जाने यात्रु बोक्न थाले भने हामीले चाहिँ कसलाई बोक्ने । के भयो ? सभासदले निरीहभावमा जवाफ दिए - हेर न यो लोकल जीपको भाइले चढ्नै दिँदैन ।

Saturday, January 17, 2009

मृत्युको साइत


वकिल र सञ्चार्रकर्ममा समानान्तर परिचय बनाएका इन्द्र लोहनीले शुक्रबार सा“झ संसार छाडे । उनको उमेर कति थियो फरक-फरक विवरण सञ्चारमाध्यममा आएका छन् । कसैले ४१ वर्षलेखेका छन् कसैले ४५ वर्ष। जति भए पनि उनको मर्ने उमेर भएको थिएन । किनकि उनीभन्दा दोब्बर जेठा पनि धेरै जीवितै छन् यहा“ ।
शनिबार सञ्चारमाध्यम र चोकचोकका चियापसल र भट्टीहरुमा पनि उनकै चर्चा भयो । फेसबुकका धेरै अंशियारले उनकै सम्झनामा आफूलाई गा“सेका थिए । कोहीले नोट नै लेखेका थिए त कोहीले समवेदना । कोही उनीसितको पुराना सम्झना ढड्डा खोतल्दै थिए त कोही महिमामन गर्दै - अर्को लोहनी जन्मेको छैन, उनीजस्तो बत्तीस लक्षणले सज्जित कोही छैन आदि ।
फेसबुक नामको तलाउमा पंक्तिकारले पनि सानो गिट्टी हुत्यायो - सबैको मरण होस् त इन्द्र लोहनीको जस्तो । तलाउमा छाल बरु ढिलो फैलिएला चाडो फैलिन्छ फेसबुकमा । कसैको पनि मृत्यु नहोस् इन्द्रको जस्तो एकचालिसै वर्षा’ । यसो भनेर मृत्युवरण गर्न प्रोत्साहित गर्ने’ आदि आदि । ख्यालख्यालैमा हुत्याएको सात शब्दले यस्तो तरङ्ग ल्याउला भन्ने कल्पना गरिएकै थिएन ।
साथीहरुको प्रतिक्रिया पढेपछि सोच अर्कैतरि पो मोडियो । पत्रिका पढेपछि थाहा भयो लोहनीले १७ वर्षवकालतमा बिताए छन् । पंक्तिकारलाई थाहा भएसम्म उनले त्यस्तै पा“च वर्षका“चको पर्दामा बिताए होलान् । केहीवर्षनेपाल टेलिभिजनमा र अलि बढी वर्षकान्तिपुर टेलिभिजनमा । शनिबार उनको पार्थिवमा फूल चढाउन भएभरका गन्यमान्यको लाम लाग्यो । प्रधानमन्त्री समेतले बखान गरे लोहनी प्रेस स्वतन्त्रताका सिंपाही थिए । शुक्रबार मात्रै अस्पतालबाट छुट्टी पाएका गृहमन्त्रीदेखि सबै दलका नेताले मात्र होइन सञ्चारकर्मीले भेट्न हप्तौ“ कुर्नुपर्ने नायक राजेश हमालसम्म उनलाई श्रद्धाञ्जलि दिन धुरिए ।
लोहनीको शवमा फूल चढाउनेको लाम लाग्दै गरेको बेला मनमा प्रश्नहरुको ट्राफिक जाम भयो - के लोहनीले वकालत मात्र गरेका भए यस्तो भव्य सम्मान पाउ“थे - के पत्रकारितामा पनि छापा वा रेडियोकारिता मात्र गरेका भए यति ब्यापक जनको दिलदिमागमा घर बनाउन सक्थे - कतिपय समय र सर्न्दर्भमा उनको प्रस्तुतिशैलीको मैले विरोध पनि गरेको छु । कतिपय कार्यक्रम हर्दाहेर्दै बीचैमा च्यानल बदलेको पनि छु । तर अहिले आफै“सति प्रश्न तेर्सिन्छ पत्रकारिताको तराजुमा नजचिएकै सही तर के लोहनीले आफ्नो प्रस्तुति आक्रामक र अतिथिलाई ङ्याक्ने र्ढराको नबनाएको भए उनका कार्यक्रमका अतिथि र दर्शकले उनलाई आज यसरी सम्झिन्थे होलान् -
लोहनीको मृत्युले सम्झाएका अर्को पाटो हो मृत्युको पनि साइत, मौसम, याम हु“दोरहेछ । मौसममा फलेको फल मीठो । साइतको हर चीजको माने नै बेग्लै । मृत्यु पनि यस्तै रहेछ । इन्द्र चर्चामा थिए । चर्चाको शिखरमा रहेकै बेलामा मृत्युको काखमा निदाए । त्यसैले उनको हाईहाई बा“चुञ्जेल भन्दा मृत्युपछि भव्य भयो शायद । म सम्झन्छु कुनै समयका रेडियोका चर्चित हस्ती भोग्यप्रसाद शाह गुमनाम बिते । एक समय राम्रै चर्चा बटुलेका गोल्छे सार्की बित्दा कसैले भेउ नै पाएन । मृत्युको मौसम मिल्दा कवि कृष्ण सेन इच्छुकले राम्रै चर्चा पाए । मदन भण्डारी, राजा वीरेन्द्रले पनि मृत्युको मौसम मिलेकैले चर्चा पाएका हुन् । मृत्युको मौसम नमिल्दा नोबेल पुरस्कार विजेता मदर टेरेसाको मृत्यु समेत ओझेल पर्‍यो ।
म कल्पन्छु, झापा व्रि्रोह वा २०४६ को आन्दोलनबेलै बितेका भए राधाकृष्ण मैनाली वा मोहनचन्द्र अधिकारीले कति भव्य सम्मान पाउ“थे होलान् । मधेस आन्दोलनको बेला नै बितेका भए किशोर विश्वासले कति मान पाउ“थे होलान् । पद्मरत्न तुलाधरले पञ्चायत सकिएको बेलामा, गोरेबहादुर खपाङ्गीले शाही शासन अघि जति सम्मान अब पाउलान् -

आयु लम्ब्याउने हो भने.....

बद्रि देवकोटा बिते । एफएम र पत्रिकालाई उछिन्दै झसिमिसेमै एकबिहान समाचार फैलियो । वास्तवमा बद्रि कोही थिए तर कोही थिएनन् । उनी व्यापारी थिएनन्, राजनीतिको पोखरीमा पौरिने नेता थिएनन् । र, उनी थिएनन् साहित्यकार, पत्रकार, कलाकार । थिए त पङ्क्तिकारका एकदशक पुराना टोलबासी मित्र । एक छोरा र श्रीमतीका पालकपोषक, अभिभावक । पेशा थियो लेखापढी व्यवसायी । उमेरले ३० हिउद नकटेका ।
टोलमा थियो उनको सानो किराना दुकान । बिहानको चिया र पत्रिकाको एकैचोटी सेवन कहिलेकाही“ त्यही पसलमा हुन्थ्यो । केही दिन भाथ्यो धेरैबेर बस्ने गरेर भेट नभाको । नजर जुधाजुध हुन्थ्यो । हा“सो साट्दै आ-आफ्नो बाटो तताउथ्यौँ । असाध्यै भलाद्मी ख्यालठट्टा भन्ने शायद उनको शब्दकोषमा थिएन ।
अगिल्लो साझ उनलाई टोलमा टहलिदै हिडेको धेरैले भेटेका थिए । अगिल्लो साझ जसले उनलाई र्ससराउदो भेटे तिनैले भोलिपल्ट बिहान लाइफकेयर अस्पतालको ओछ्यानमा निस्प्राण तेर्सिएको मूढोको रूपमा भेटे । भद्र’ । कसैलाई नबिझाउने’ । हा“सेर बोल्ने’ । मलामीबीच यहा पनि यस्ता रेडिमेड’ चर्चा चले नै । हिजो साझ सद्दे भेटिएका मान्छे कसरी यस्ता भए - परिवारका सदस्यहरू शोकलाई छल्दै प्रष्टीकरण दिदै थिए ।
"केही दिनदेखि नै जीउले निहुँ खोजेजस्तो छ भन्थे । तैपनि अफिस जादै थिए । बिहान-बेलुकी पसलमा पनि बसेकै थिए । मौसम फेरबदलको सामान्य असर जस्तो लागेको थियो । दुइ दिनअघि मात्र अरूले तिमीलाई जण्डिस भएजस्तो छ’ भन्दा उनले तीज चित्र खा“दै रगत जचाएका थिए । रिपोर्टले जण्डिस देखायो । नेपाली औषधिको खोजी गर्दै थिए । बेलुकी असजिलो भयो भनेपछि अल्का अस्पताल, पुल्चोक लग्यौँ । त्यहा“बाट पाटन रिफर गर्‍यो । पाटनमा बेड नपाएपछि लाइफकेयर लग्यौँ । त्यहासम्म पनि बोल्दै हुनुहुन्थ्यो ।" आफन्तहरुले बेलीबिस्तार लाए ।
आफन्तका अनुसार अस्पताल पुर्‍याएको केहीबेरमै उनलाई मृत घोषणा गरियो रे । मुटु, कलेजो, र्मिगौला केही पनि काम लाग्दैन भनियो रे । कसरी बिगारेछन् बद्रिले सबै अङ्ग एकैचोटी - खानपानमा हामीभन्दा सौखिन थिए । उनी कसरी एकाएक यस्ता भए - बिहान-बेलुकी श्रीमतीले पकाएको हाइजेनिक खानाका नियमित खुराकी उनी कसरी बिते - आर्थिकरूपले पनि पहिलेभन्दा सुदृढ हुदै गएका उनमा मानसिक तनाव पनि केही देखिन्नथ्यो । तैपनि उनी बिते । राजधानी मात्र होइन देशका सयौँ अस्पताल र नर्सिङ होममा अहिले यस्तैगरी युवाहरूको प्राणान्त हुदैछ - मात्र सानो गल्तीले । सानो लापरवाहीले । अस्पताल परिसरमा टोलाइरहदा यस्तै लाग्यो ।
वर्षा एकपटक नया लुगा लगाउने चलन थियो हामी सानो छदा गाउ“तिर । दशैमै भए सही वर्षा एकपटक मात्र भए पनि मासुभात खान पाइने आशामा बाच्ने तप्का बाक्लै छ यो देशमा । शहरतिर चाहिँ सालमा एकपटक घुरफिरमा निस्कने प्रवृत्ति बढ्दैछ क्यारे । त्यसो त, हाम्रा धर्मशास्त्रमा पनि यस्ता धेरै कुरा छन् जो वर्षा कम्तीमा एकपटक भए पनि गरिन्छन् । जनै एकपटक फेरिन्छ । कुश एकपटक राखिन्छ । नाग एकपटक टासिन्छ । जमरा एकपटक उमारिन्छ । तुलसी दुइपटक रोपिन्छ । यस्तै कर्म अरू थुप्रै छन् । समय निकै बदलिएको छ । धर्मशास्त्रका रुटिनहरूलाई पनि समयसापेक्ष बनाउनुपर्ने खाचो त्यतिबेला महसूस भयो । वर्षा कम्तीमा एकपटक स्वास्थ्य जाच गर्ने संस्कार बसेको भए बद्रिको चोला यति चाडै उड्ने थिएन ।
आजकल युवाहरू आफ्नै लापरबाहीका कारण मृत्युको चारो बनिरहेका छन् । एक त आफ्नो स्वास्थ्यप्रतिको वेवास्ताका कारण । अर्को चाहि“ आखामा पट्ट बाधेर सवारीसाधन हुइक्याउने कारणले । साथीभाइ र अभिभावकको बारम्बारको ठोसाइ र कचकचपछि जबरजस्ती स्वास्थ्यप्रति मेरो झुकाव बढेको थियो । एकजना साथीसित छिनेर लिएको डा. प्रकाशराज रेग्मीको जीवनशैली परिवर्तन पुस्तिकाको पाना नम्बर ५४ पुगेपछि थाहा भयो नियमित स्वास्थ्यपरीक्षण लुकेर बसेको रोग पत्ता लाग्छ । प्रारम्भिक अवस्थामै रोगको पत्ता लाग्छ र चाडै उपचार गर्न सकिन्छ । कडा रोग लाग्नसक्ने सम्भावना थाहा हुन्छ र रोकथाम गर्न सकिन्छ । आकस्मिक मृत्यु कम गर्न सकिन्छ र आयु बढाउन सहयोग पुग्छ ।
भनिन्छ मर्न धेरैलाई डर लाग्छ रे । नियमित स्वास्थ्यपरीक्षणको मामुली चरण पूरा गरेर आयु लम्ब्याउने कि मृत्युलोकको नागरिक बन्ने - तपाईको हातमा ।