Tuesday, December 9, 2008

बधाई छ बादल दाइ

लोडसेडिङका फाइदा

जब हिउँद शुरु हुन्छ तब धेरै पक्ष र पाटा परिवर्तन हुन्छन् । गर्मी हट्छ, जाडो बढ्छ । दिन छोटि्टन्छ, रात तन्किन्छ । अरुबेला मात्तिएर सामुन्ने बसेकाको नाकको डाँडीनिरै ठडिने हात खल्तीभित्र लुक्छन् । प्रकृतिका यस्ता नियमितता भित्र नेपालमा केही सालयता नयाँ उपहार थपिएको छ । नेपालमा मौसम परिवर्तन भई हिउँद लागेको त्यतिबेला थाहा हुन्छ जतिबेला विद्युत आपूर्ति घट्न थाल्छ । चाड पर्व आएको महसूस त्यतिबेला हुन्छ जतिबेला बिजुली जाँदैन । बर्खा लागेको त्यतिबेला चाल पाइन्छ जतिबेला लाइन कम जान थाल्छ ।
सालभरिमा लाइन कति दिन जान्छ त्यसको हिसाबकिताब बिजुली अड्डासँगै होला । भविष्य यस्तो पनि देखिन्छ कि बिजुली कहिले जान्छ भन्दा पनि बिजुली कहिले आउँछ भनेर औँला भाँच्न परोस् । प्रविधिले मानिसलाई यान्त्रिकीकरणको चेपोमा हालिसकेको छ । अब मान्छे भएर केही काम छैन, मानिसहरू बेरोजगार हुन्छन् यदि बिजुली छैन भने । उद्योग कलकारखाना त परको कुरा । बिजुली छैन भात पाक्दैन । बिजुली छैन लुगाको मैला पखालिन्न । बिजुली छैन जीवन छैन । बिजुली छैन केही छैन ।
तर बिजुली नहुँदा बेफाइदाको ठेली मात्र थपिँदो रहेनछ । फाइदा पनि हुँदो रहेछ । त्यसो त नकारात्मक फाइदाको चाङ पनि हुवात्तै बढाउँछ लोडसेडिङले । कार्यालय सहायक -आजकल पियन भन्न पाइन्न) लाई हाकिमलाई चिया पकाउनै परेन । फोटोकपी गर्न परेन । कर्मचारीलाई आजको काम भोलि सार्ने बहाना सजिलो भो । छिटोछिटो कार्यालयबाट टाप कस्न पाइयो । समयमा काम फत्ते गर्न नसक्ने भोलिवादीहरूलाई ढुङ्गा खोज्दा द्यौता मिल्यो । काम थाल्नै बिर्सिरहेको बेलामा भन्न पाइयो - हेर्नुस् न काम सक्न अलिकति बाँकी थियो बत्ती गएर तुर्नै पाइएको छैन ।
त्यस्तो त धेरैलाई थाहा छ - बत्ती जाँदा चोरको पेशा अङ्गाल्नेको खुदो पल्टन्छ । सुरक्षाकर्मीलाई पनि बत्ती गएको बेला चोर आउन सक्छ आफनो सुरक्षा आफैँ गर्नु भन्यो, पञ्छियो । नभन्दै यही हप्ता यस पंक्तिकारको डेरासँगै जोडिएको घरमा पहिलो तल्लामाथि उक्लेरै चोरले पुगनपुग ३० हजारको नगद र मालताल कुम्ल्याएछ । मेरी एउटी मित्र छिन् जो बढी सुत्ने विधामा विश्व रेकर्ड राख्छुजस्तो गर्छिन् । उनी जस्ता कुम्भकर्णलाई पनि लोडसेडिङले अनुकूल बनाएकै होला । लोडसेडिङले मैनबत्ती, टुकीमारा, लालटिन, इमरजेन्सी लाइट, ब्याट्री, टर्चलाइट बेपारीलाई पनि सकत् फाइदा दिएकै छ । यसरी फाइदा लिनेको सूचीमा यो पंक्तिकार पनि छ । तर पंक्तिकार माथि उल्लिखित पेशामा भने आवद्ध छैन । ऊ न चोर हो, न सुताहा हो, न बैकल्पिक बत्ती बेपारी नै ।
बत्ती नभएको मौकामा मैनबत्तीको घुर्मैलो उज्यालो मुनी बसेर -कहिले सुतेर पनि) पंक्तिकारले चार दिनमा तीन वटा किताब छिचोल्यो । जनयुद्धका नायकहरू भन्ने त एकै बसाईमा खर्लप्पै पार्‍यो । प्रचण्डः एक अज्ञात विद्रोही, अब यस्तो कहिल्यै नहोस् सिध्याउन चाहिँ तीन दिन लगायो । त्यही समयमा काखे कम्प्युटरको सहयोग लिई दुइ वटा प्रस्ताव पनि तयार पार्‍यो । ब्लग र फेसबुकका सामग्री पनि यही मेसोमा तयार भए । बत्ती भएको भए यो समय टेलिभिजनको च्यानल तलमाथि गरेरै बित्ने थियो । भएन त काइदा -
आज दिउँसो अड्डामा एक सहकर्मीले लोडसेडिङको अर्को पनि फाइदा सुनाउनुभयो । उपत्यकामा घर ठड्याउन भ्याएका ती मित्रको भनाइ थियो - बत्ती जानाले मेरो घरको पानी ट्याङकी भरिन थालेको छ । अरुबेला छिमेकीले हाइपावरको मोटर चलाए पछि गहिरोमा भए पनि उनको ट्याङ्कीमा पानी तुर्किनै पाउँदैनथ्यो रे । भएन त फाइदा -
तपाईसित पनि लोडसेडिङबाट फाइदा लुट्ने कुनै काइदा छ भने आउनुस् आमोदप्रमोद गरौँ । बत्ती गएर बर्बाद भयो भनेर तालुमा हाल राख्ने होइन अब प्रतिकूलतामा अनुकूलता पहिल्याउन सिकौँ। लोडसेडिङबाट लाभ लिन सिकौँ, सकौँ । जलस्रोतमा विश्वको दोस्रो धनी हाम्रो देश -सधैँ रहिरहोस् । लोडसेडिङ
-जिन्दावाद । लोडसेडिङ हामीलाई -प्राणभन्दा प्यारो छ ।

Sunday, December 7, 2008

एक्स्क्यूज मी ।।।।।।

ओ सर । जाग नेपाल नामको तलाउमा केही दिनअघि मैले यही नामको ढुंगा खसालेको थिएँ । त्यसले फैलाएका तरङ्गहरु म छेऊ आउन थालेका छन् । ती छालहरुले मलाई शीतल, आनन्द मात्र होइन नयाँ जस्केलाहरू पनि पनि देखाएका छन् जसलाई मैले चाल पाएर पनि नाघ्दै थिएँ । केही मित्रहरुले मलाई पक्रनुभएको र प्रश्न गर्नुभएको छ - अचिनेका पुरुषलाई चाहिँ ओ सर‌‌‌‌‌।।।। भन्ने तपाईले नचिनेका महिलालाई चाहिँ के भन्ने उपाय दिनु पर्दैन - के तपाईका पाठक महिला चाहिँ छैनन् - जस्तै, जस्तै, जस्तै ।
तर्क गरिरहनु भन्दा आफनो कमजोरी महसूस गर्नु बेस । मैले पक्कै पनि त्यो लेखौट तयार गर्दा यतातिर सोच्नै नसकेको अहिले महसूस हुँदैछ । र अनिश्चयको भूँमरीमा पनि पर्दैछु - आखिर मैले त्यतिबेलै सम्झेको भए पो के गर्न सक्ने रहेछु र - पुरुषलाई जस्तो सजिलो रहेनछ महिलालाई सम्बोधन गर्न । पुरुषहरूलाई ओ सर भनेजस्तो महिलालाई ओ मिस।।।। भनेर मात्र नपुग्ने । मिस हो कि म्याडम हो कसरी छुट्ट्याउने - पहिले पहिले विवाह भएका महिलाले ब्लाउज, साडी लगाउँथे र पो दृष्टिविहीनले पनि विवाहित र अविवाहितको भेद छुट्याउन सक्थ्यो । अब त सात सन्तानको आमा पनि टी सर्ट र पाइन्टमै ठाँट्टिन्छन् । क्या फसाद ।।।
विवाहितलाई ओ मिस भनियो भने त ठीकै होला तर अविवाहितलाई ओ म्याडम पर्‍यो भने - गालामा कति नम्बरको छाप बस्ने हो अग्रिम ब्यवस्था गरे हुन्छ । लिम्बूवानमा जन्मेको यो ब्लगरले देखेको छ त्यता कुनै लिम्बूनी आमालाई आमा भन्यो भने उल्टै पिटुँला गरेर झम्टिन्छिन् - तेरो बाउले मलाई कहिले बे गरेको थियो र मलाई आमा भन्छस् - बोजू, काकी, बढ्यामा, छ्यामा त परै जाओस् दिदी, बहिनी समेत भन्न नहुने । खनिइहाल्ने । बरू सोल्टी-सोल्टिनीले माफ पाउँथ्यो । कस्तो अफ्ठेरो -
कसैलाई शुरुमै भेट्दा नामले बोलाउन सम्भव हुने कुरा भएन । एक/दुई पटक नबोलेसम्म नाम याद रहने सम्भावना पनि भएन । सबैका लागि काम लाग्ने साझा सम्बोधन पनि भेटिएको छैन । के गर्ने सोच्दै गर्दा, पूर्वी तर्राईमा बालबालिकामा प्रख्यात एउटा खेलको याद आयो । खेलको नाम हो - आसपास । टीममा एकपटकमा एउटा डुम हुने उसले आँखा चिम्लने र १०० सम्म गनेपछि आँखा खोलेर अरुलाई देख्नासाथ नाम लिएर आसपास भन्ने । जस्तोः प्रचण्ड आसपास, गिरिजा आसपास, झलनाथ आसपास । यदि कसैको नाम याद छैन, कसैको नाम बिर्सियो वा बाझेर नाम नलिने प्रतिज्ञा गरेको भने चाहिँ एउटा उपाय छ - आलु आसपास भन्ने । त्यही सिद्धान्तअनुसार ओ आलु जी’ भन्न पनि मिलेन । कस्तो समस्या ।।
यस्ता अक्करहरू महिलाका जीवनमा धेरै होलान् । सम्बोधनको उचित शब्द फेला नपर्नु पनि पुरुष प्रधान समाजकै अवशेष होला । त्यही भएर महिला विश्वमै पुरुषको दाँजोमा हेपिएका पनि होलान् । बढी सैद्धान्तिक नबनौँ। मलाई एउटा साझा सम्बोधन खोज्नु छ । अँ... भेटियो । तर त्यति र्सवमान्य चाहिँ होइन । चलेकै कुरा हो चलाउने । नयाँ ल्याएर स्थापित गराउने दिमाग पनि त हुनुपर्‍यो आफूसँग । त्यसैले यो टालटूले समाधान हो । एक्सक्यूज मी’ ।।। गोलचक्करमा फसेर फेला पारेको उपाय यही नै हो । अपरिचित महिला, पुरुष मात्र होइन तेस्रो लिङ्गीलाई पनि चल्छ यो । जसलाई भेटे पनि भन्ने- एक्सक्यूज मी’ । अनि कुरा थाल्ने । हुँदैन त -एक्सक्यूज मी’ अहिले यसैले काम चलाउँदै गर्नुहोला नयाँ सम्बोधन पाइएमा पोस्ट गरुला । हुन्न र ।।।।।


Friday, December 5, 2008

धर्मसंकट्


विहीबार बिहानै मगर आमसञ्चारकर्मी समाजका उपाध्यक्ष दिलीप थापामगरले फोन गर्नुभयो । भन्न्भयो खरिपाटीमा पसल गर्ने एक जना मगरको छोरालाई मोटरसाइकलले हानेछ । मोटरसाइकल चलाउनेको लाइसेन्स पनि रहेनछ तर पुलिसले उपचार खर्च पनि नतिराई छोडेछ । लौन २०/२५ जना मगर विद्यार्थी जम्मा गर्नुपर्यो । त्यो भक्तपुर जाने बाटो बन्द गर्नुपर्यो । सकिन्छ कि सकिँदैन ?

कुरा सुन्दा एउटा पीडित मगरले न्याय नपाएको पत्ता लाग्न गारो भएन । पहिले मगर विद्यार्थी संघको महासचिव पनि भइसकेकोले २०/२५ जना विद्यार्थी जम्मा गर्नु पनि ठूलो कुरा थिएन । विद्यार्थी सहजै जम्मा गर्न सकिने वचन दिएँ थापालाई । पोहोर साल कलंकीमा मगर विद्यार्थीको पहलमा नेपाल बन्द गराएको अनुभव पनि छँदैथियो ।

भन्नलाई सहजै भनिदिएँ तर मनमा चयन भएन । सानो कामका लागि पनि नेपाल बन्द नै गर्नुपर्ने अवस्था किन ? बन्दबाट जनजीवनमा पर्ने असरका बारेमा पनि मलाई राम्रैसँग थाहा थियो । कुनै समय बन्द गर्ने लाममा सक्रीय भए पनि अहिले त्यस्तो बन्दले जनतालाई नराम्रो नै गर्छ भन्ने लाग्छ । तर बन्दको नराम्रो पक्ष मात्र हेरेर पनि यहाँ भएन । अन्यायमा परेको एउटा मगरलाई त्यतिकै छोड्न पनि सजातिय हुनुको कर्तव्यले दिएन । परेँ म दोधारमा । धर्मसंकटमा ।

साँझमा फेरि कुरा गर्ने टुङ्गो गर्दै फोनवार्ता सकियो । हामी जत्तिको बुझ्नेहरुले बन्द गर्न हुने कि नहुने अन्तर्द्धन्द्ध मनमा खेलाउँदै दिन बित्यो । धन्य साँझमा दिलीपको फोन आएन । मतलव थप एउटा बन्द गर्नुपरेन । सोचेँ जे कामका लागि पनि बन्द गराउनै पर्ने परिपाटीको अन्त्य कहिले होला ?

शुक्रबार बिहानै थाहा भयो हामीले नगरे पनि अर्कै समूहले भक्तपुर र काठमान्डू जोड्ने जडिबुटीमै दिनभर बन्द गरेछ । अब पो चिन्ता लाग्न थाल्यो ती मगर भाइले चाहिँ न्याय पाए कि पाएनन् ? अझै पाएका रहेनछन् भने आइतबारतिर बन्द गर्ने कि ? के गर्ने ? अब अर्को धर्मसंकटले पो घेर्यो ।

हार्दिक आभार


आदरणीय मित्रहरु तपाईहरु सबैको न्यानो माया‚ सदभाव र मार्गनिर्देशनका कारण समस्त मगर आमसञ्चारकर्मीहरुको संस्था मगर आमसञ्चारकर्मी समाज जिल्ला पर्साशन कार्यालय काठमान्डूमा मिति २०६५ मङसिर २० गते संस्था दर्ता ऐन अनुसार दर्ता भएको छ । समाजको दर्ता नम्बर ५६७ रहेको छ । समाजलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने सबैमा समाज हार्दिक आभार व्यक्त्त गर्दछ ।
मगर समुदायलाई सूचना सञ्चार क्षेत्रबाट सहयोग गर्न यस समाजको स्थापना भएको हो । देशविदेशका मगर आमसञ्चारकर्मीहरुलाई संगठित गर्ने‚ उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा मगर युवाहरुलाई आमसञ्चारको क्षेत्रमा पर्वेश गर्नका निम्ती आवश्यक तालिम‚ सीपको व्यवस्था गर्न यस समाजको स्थापना भएको हो ।
यो समाज मगर संघ‚ संस्था र आमसञ्चार माध्यमबीचको पुल हो । त्यसैले तपाईहरुको सहयोग सुझाव मार्गनिर्देशन बिना समाज अगाडि जानै सक्दैन । समाजले के गरोस् भन्ने तपाईको अपेक्षा छ ? समाजको आगामी कार्यभार कस्तो र के हुनुपर्छ ? लगायतका विषयमा तपाईको अमूल्य सुझावको समाज अपेक्षा गर्दछ ।
सुझावका लागि nkhapangi@gmail.com

समाजका तर्फबाट
नरेश खपाङ्गीमगर‚अध्यक्ष

धङ्धङी


मङ्सिर १० गते गोरखापत्रको पहिलो पेजमा छापिएको पर्चण्ड बहुमत पर्चण्डकै पक्षमा शीर्षकको मेरो समाचारको चर्चा अझै सेलाएको छैन । पर्धान सम्पादक र कार्यकारी अध्यक्षलाई अझै स्पष्टीकरण दिँदाको हैरान देख्छु । कति ठाउँ त म आफैँ नि परेको छु सफाई दिने लाममा ।

हिजो बुधबार कार्यकारी अध्यक्षसित सिंहदरबारभित्रका केही मन्त्रालय चाहार्ने मेसो मिल्यो । शुरुमा सन्चार तेस्पछि सामान्य पर्साशन । सन्चार मन्त्री महरा कार्यकक्षमा थिएनन् । करिब एक घण्टा कुर्दा उनी नआउने पक्का भएपछि कार्यकारी अध्यक्षले सामान्य पर्शासन मन्त्री पम्फा भूषाललाई फोन लगाउनुभयो । भूषालले ­आउनूस् मातृकाजी । भनेपछि हामी बढ्ऊँ त्यता । करिब एक घण्टाको पर्तीक्षापछि जुर्यो मन्त्री भेट्ने साइत । तर कार्यकारी अध्यक्षलाई मात्र । गोप्य ।

केही मिनेटपछि कार्यकारी अध्यक्ष निस्कनुभयो न्याउरो मुख लाएर । गाडीमा बस्ने बित्तिकै सोधेँ ­ के भयो अध्यक्षज्यू । म पछि तपाइँहरुलाई भन्छु ­ उहाँले भन्नुभयो । मैले ढिपी गर्ने कुरै भएन । म चाँडै संस्थान फर्केँ । अध्यक्षसँगै रहेका साथी सरोज ढुङ्गेललाई पछि बुझ्दा पो थाहा भयो मन्त्री भूषालले समाचारको निहुँमा अध्यक्षलाई हपारिछिन् ।

दिउँसो संस्थानमै गोरखापत्रका सम्पादकीय टीमसित अध्यक्षको बैठक थियो । त्यसमा बोल्ने बहुमत साथीहरुले सो समाचारका बारेमा मन्त्रालयबाट कार्यकारी अध्यक्ष र पर्धानसम्पादकलाई स्पष्टीकरण सोधिएको तथा समाचार छापिएको भोलिपल्ट क्षमायाचना छापिएकोमा आपत्ति जनाए । कुनै बेलाका संस्थानका कार्यकारी अध्यक्षका भान्से भएर संस्थानको सम्पादकीयमा छिरेका एक जनाले त यतिसम्म भने कि ­ त्यो गलत समाचार किन गोरखापत्रमा छापियो ?

अस्तीको दिन नेपाल एफएमको ५ औँ वार्षिकोत्सवको चियापानमा जाँदा पनि केही साथीहरुले तपाइँले त समाचार लेख्दा स्पष्टीकरण दिनुपर्यो रे भनेर सोध्नुभएको थियो । मैले दिनुपरेन कार्यकारी अध्यक्ष र पर्धानसम्पादकले चाहिँ हो ­ भन्ने जवाफ दिएँ मैले ।

सोमबारको साँघुमा माओवादी केन्दीय सदस्य देवेन्द पऊडेलले अन्तरवार्तामा भन्नुभएछ गोरखापत्रमा जे आयो त्यो सरासर गलत हो । हामी त्यसको छानविन गर्दैछऊँ । ए बाबा त्यो समाचार गलत थियो भने त्यत्रो पार्टी नै लागेर किन छानविन गर्नुपर्यो ? यसबाट पनि समाचारको सत्यता खुल्दैन र ? अझ उहाँले घुसपैठियाले समाचार लेखेको हो कि भन्ने आशङ्का पनि गर्नुभएछ ­ हाँसोलाग्दो । आफ्नो पक्षमा लेखिए सबै ठीक विपक्षमा लेखिए सबै बेठीक ठान्ने उहाँको धारणा मलाई चाहिँ ठीक लागेन । कुनै मासिक पत्रिकाको सम्पादक समेत रहेका उनको बुझाई संकुचित मात्र होइन आपत्तिजनक पनि लाग्यो ।

तेसो त वैद्य पक्षधर सबै नेताको भनाइ अहिले मेरो त्यही समाचारको खण्डनमा केन्दीत देख्छु । वैद्यले त भेला सकिएपछि मेरा सहकर्मी सरोज ढुङ्गेलसित फोनमै गुनासो गरेका थिए रे ­ गोरखापत्रको समाचारले मलाई दुख लाग्यो भनेर । भोलिपल्ट म आफैँ अन्तरवार्ता लिन जाँदा चाहिँ केही कुरा उठाएनन् । तर त्यसपछि लिइएका अन्तर्वार्तामा चाहिँ बारम्बार खण्डन गरेकै छन् ।

कुरो यति बढेपछि मलाई पनि समाचारको श्रोतसँग भेट्न मन लाग्यो र विहीबार भेटेँ । उनले मलाई भेलाको टिपोट गरेको डायरी नै पल्टाएर देखाएपछि म दुई सय पर्तिशत ढुक्क भएर फकिएँ । र सोच्न थालेँ ­सत्य कुरा छोप्न कति रहर लागेको कामरेडहरुलाई ।

Thursday, December 4, 2008

यसरी जिते गोरखाले मुद्दा



सेप्टेम्बर ३०, २००८ । बेलायती सैन्यसेवाका नेपालीहरू रैतीबाट मानिस बनेको दिन । सैन्यसेवामा रहेका अन्य मुलुकका नागरिकसरह अधिकार पाएको दिन । बेलायती उच्च अदालतमा मुद्दा लडेर करिब डेढलाख नेपालीलाई न्याय दिलाउने आन्दोलनका नेता थिए - गोरखा भूतपर्ूव सैनिक संघ -गेसो) का सभापति पदमबहादुर गुरुङ । गुरुङकै शब्दमा गोरखा भूतपर्ूव सैनिकहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो विजय दिन रे । कसरी सम्भव भयो त - बेलायती अदालतमा कानुनी लर्डाईमा सफलता -
कुरा यसरी शुरु हुन्छ । सन् २००४ सेप्टेम्बर ३० गोरखा भूतपर्ूव सैनिकहरूले ठूलो आशा गरेको दिन । तर गोरखाहरूको आशाको दीयोमा चिसो पानी छ्याप्दै बेलायते घोषणा गर्‍यो - सन् १९९७ पछि अवकास पाएकालाई मात्र आवासीय भिसा दिइने छ । भिसा पाउनेको मुहारमा थियो खुशीको बहार, नपाउनेकोमा थियो आक्रोश । त्यसअघि बेलायतसित दर्ुइ वटा मुद्दा लडिसकेका गोरखा भूतपर्ूव सैनिक संघ -गेसो) का सभापति पदमबहादुर गुरुङलाई चाहिँ लाग्यो- आफूविरुद्ध नयाँ मुद्दाको गोरेटो बेलायत आफैँले खोल्यो ।
यसअघिको समान पेन्सन र युद्धबन्दीलाई क्षतिपर्ूर्ति सम्बन्धी मुद्दाका कानुनी सल्लाहकारहरू गोपाल शिवाकोटी चिन्तन र फिल साइनरसित सल्लाह भयो । नयाँ प्रमाणका आधारमा मुद्दा हाल्छौँ कानुनी सल्लाहकारहरूले पनि एक श्वरमा भने । तर सन् २००५ को जुलाईमा दुवै कानुनी सल्लाहकारले मुद्दा छोडिदिएपछि पदमबहादुरलाई नयाँ समस्या आइलाग्यो । देश-विदेशमा बेलायती निर्ण्र्ााविरुद्द मुद्दा लड्छौँ भनेर भाषण गरिसकिएको छ तर वकिलहरूले असहयोग गर्छन् । उता बेलायतले आवासीय भिसाका लागि आवेदन दिन तोकेको अवधि ११ महिना मात्र बाँकी थियो । बेलायतमा केही वर्षेखि बसिरहेका गेसोका संस्थापक महासचिव चन्द्रबहादुर गुरुङलाई साथ लिएर पदमबहादुर निस्किए - नयाँ वकिल खोज्न ।
वकिल खोज्न लण्डनको सडकमा दर्ुइ भाइले धेरै दिन बिताए । धेरैजोर जुत्ताका पाइताला खियाए । ल र्फमका वकिलहरूले भन्थे - मुद्दा लड्न प्रतिव्यक्ति छ/सात हजार पाउण्ड लाग्छ । त्यतिपैसा कहाँबाट ल्याउने - थैली कमजोर भए पनि अठोट बलियो थियो - जसरी भए पनि मुद्दा लडेरै छाड्ने । एक जनाको भारतीय मित्रको सहयोगले भारतीय मूलका वकिल मुक्ता भर्सर्ाालाई भेटे । भर्सर्ााले भेटाइन्- ह्वो एण्ड कम्पनीका साझेदारहरूलाई । बेलायतकै वकिलहरूलाई बेलायतकै विरुद्ध मुद्दा लड्न विश्वस्त बनाउनु चानुचने कुरा थिएन ।
हर्ेर्नुस् कुनै बेलायती नागरिकले नेपाली केटी विवाह गर्‍यो भने त्यो केटीले बेलायतको अधिकार पाउँछ कि पाउदैन यो बेलायतले दिएको र्सर्टिफिकेट -लालबुक) सक्कली हो कि नक्कली, सक्कली हो भने हामीले बेलायतको अधिकार किन नपाउने - तादोबाट छुट्टएिका वाणजस्ता यस्ता तर्कहरूले वकिलहरूको मन पग्लियो । 'हामी पछि खबर गछौँ वकिलहरूले आशाको त्यान्द्रो हुत्याइदिए । दर्ुइ हप्ता सामग्री अध्ययन गरेपछि वकिलहरूले पदमबहादुरलाई बोलाए र भने - तपाईहरूमाथि एकदमै अन्याय भएछ । हामी सहयोग गछौँ ।
बेलायतको नामी अध्यागमनसम्बन्धी कानुन व्यवसायी कम्पनीले हरियो बत्ती देखायो । तर पारिश्रमिक कति लाग्ला - 'हामीलाई तपाईहरूले पारिश्रमिक चार पैसा पनि दिनुपर्दैन, हामी आफैँ कानुनी सहायता खोज्छौँ ।। मायाले एक कप चिया दिनुहुन्छ खान्छौँ तर एक कप चियाको पनि पैसा दिनर्ुपर्दैन ।।। वकिलहरूको यस्तो वचन सुनेपछि पदमबहादुरलाई लाग्यो कानोले बल्ल आँखो पायो ।
वकिललाई आश्वस्त बनाउँदा बनाउँदै समय डाँडामाथि पुग्न लागिसकेको थियो । दिन गन्दा एक महिना पनि थिएन आवासीय भिसाका लागि आवेदन गर्न बेलायतले तोकेको समयले नेटो काट्न । सन् २००६ अक्टोबर ६ मा बेलायती वकिलहरूको टोली नेपाल लिएर आउँदा पदमबहादुरलाई कम्ती खुशी लागेन । वकिलहरूको टोलीले १० दिन नेपाल बसेर बेलायतलाई समयसीमा तोड्न बाध्य बनायो । सन् १९९७ अघि अवकास पाएका गोरखा भूतपर्ूव सैनिकहरूलाई लाइन लगाएर वकिलहरूले अन्तर्वार्ता लिए । एकै दिनमा एकहजारभन्दा बढी भूपूले काठमाडौँस्थित बेलायती दूताबासमा आवासीय भिसाका लागि आवेदन गरे । दूताबासले दर्ुइदिनमा सबैको आवेदन इन्कार गर्‍यो । इन्कार भएका आवेदनहरूको चाङमा थियो- विख्यात भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको आवेदन ।
वकिलहरूको टोलीले तुलबहादुरको केसलाई बेलायती मिडियामा प्रचार गर्‍यो । बेलायती जनताले बेलायती सरकारलाई सरापे । पाँचदिनमै बेलायत सरकारले निर्ण्र्ााउल्टाउँदै तुलबहादुरलाई भिसा दियो । पदमबहादुरको विश्लेषणमा तुलबहादुरलाई रिजेक्ट गरेकै दिन बेलायतको दशा शुरु भएको थियो नत्र बेलायती जनतामा चासो हुने नै थिएन । आवेदन इन्कार भएजतिको केस एजाइलम इम्रि्रेसन अफ ट्राइबुनल मा दर्ता गरियो । छ महिनाभित्रमा फैसला हुनुपर्ने केसलाई बेलायतले लम्ब्याउँदै दर्ुइ वर्षपुर्‍यायो । पदमबहादुरको भनाइमा यसबाट घाटा भयो बेलायतलाई नै, यसअवधिमा हाम्रा वकिलहरूले धेरै कागजात खोतल्न पाए । गोरखा सैनिकलाई लागू गरिने कानुन बेलायती संसदले पास गरेको कानुन होइन भन्ने थाहा पाएपछि वकिलहरू द परे ।
सन् २००८ को अप्रिल १५ देखि २१ सम्म ट्राइबुनलमा अन्तिम सुनुवाई थियो । तर बेलायत सरकारले पुनः तीन महिनाको म्याद माग्यो । बहसका क्रममा गेसोका वकिलहरूले सन् १९९७ पछिका लागि दिने अघिका लागि नदिने कुन कानुनका आधारमा गरियो भनेर सरकारी वकिललाई र्‍याखर्‍याख्ती पारे । बहसपछि न्यायाधीशले २८ दिनभित्र स्पष्टीकरण दिन सरकारलाई आदेश दियो । तर सरकारले स्पष्टीकरण दिएन । त्यसपछि ट्राइबुनलले सरकारलाई अरू निर्देशन दिन मेरो क्षेत्रभन्दा बाहिरको कुरा हो ।।। तपाईहरू हाइकोर्टमा जानुस् भन्ने सल्लाह दियो गुरुङ भन्नुहुन्छ ।
ट्राइबुनलको सल्लाह पछ्याउँदै गेसोले छ जनाको प्रतिनिधि मुद्दा रोयल कोर्ट अफ जस्टिसमा जुलाई ११ मा दर्ता गरायो । मुद्दामा बेलायतले जातीय भेदभाव गरेर गोरखालाई अन्याय गरेको आरोप थियो । 'बेलायतमा जातीय भेदभावको आरोप गम्भीर मानिँदो रहेछ । त्यसैले चार दिनपछि नै सुनुवाई तोकियो ।। एक घण्टाको बहसपछि न्यायाधीश सुलिभानले २८ दिनभित्र सरकारलाई कारण देखाउन आदेश जारी गर्नुभयो र सेप्टेम्बर १६ र १७ मा सुनुवाईको मिति तोकिदिनुभयो ।।।" गुरुङ भन्नुहुन्छ ।
सेप्टेम्बर १६ । बिहान १० बजे न्यायाधीशहरू अदालत पस्ने समय । बिहान ९ बजे नै करिब २ हजार ५०० गोरखाहरू अदालतमा भेला भए । प्रख्यात अभिनेत्री जोआना लुम्ले -जसका पितालाई दोस्रो विश्वयुद्धमा बर्मामा तुलबहादुर पुनले बचाएका थिए) पर््रदर्शनमा उपस्थित थिइन् । "जोआना लुम्लेले आँशु चुहाएर भाषण गरिन् ।। 'विश्वभरका सारा अपराधीलाई बेलायत सरकारले भत्ता दिएर पाल्ने । बेलायतको रक्षा गर्ने गोरखालाई आउनै नदिने - अदालतले गोरखाको पक्षमा फैसला नगरे म बेलायतको नागरिकता त्यागिदिन्छु भनिन् ।।। त्यसले बेलायती सरकार र अदालतलाई दबाब पुग्यो" गुरुङ भन्नुहुन्छ ।
सो दिन गेसोका वकिलले बहस गरे । भोलिपल्ट बेलायत सरकारका वकिलले । चार घण्टामा बहस सकियो । न्यायाधीशले एकहप्तामा फैसला सुनाउने जानकारी गराए । इजलास टुयिो । बाहिर निस्किँदा गेसोका वकिलले 'मुद्दा हामी जित्छौँ भने । फैसला दर्ुइ हप्तापछि सेप्टेम्बर ३० मा भयो । तर एक हप्ता अगाडि नै थाहा भइसकेको थियो रे मुद्दा जितेको । "बेलायती कानुन अनुसार न्यायाधीशले फैसला ड्राफ्ट मुद्दाका वकिललाई अगाडि नै उपलब्ध गराउनुपर्ने रहेछ ।। वकिलहरूले मुद्दा जितियो तर बाहिर हल्ला नगर्नु भने" गुरुङ भन्नुहुन्छ ।
एक हप्ता अगाडि नै मिडिया, मुद्दाका सम्बन्धित पक्षलाई फैसला यस्तो हुँदैछ भन्ने थाहा थियो । तर न्यायाधीशले औपचारिक घोषणा नगरुञ्जेल बाहिर लैजान नपाइने । कस्तो असजिलो । मुद्दा जितेको थाहा पाउँदा पनि हर्षढाइँ गर्न नपाइने - त्यत्रो मुद्दाको अगुवाई गरिरहेका गुरुङलाई कति औडाहा भयोहोला त्यो साता - "खास-खास व्यक्तिहरूलाई त फोन गरेर भनेँ तर विजयोत्सव मनाउन चाहिँ न्यायाधीशको मुखबाटै हुने फैसला कर्ुर्नुपर्‍यो" गुरुङले भन्नुभयो ।
सेप्टेम्बर ३० । फैसलाको अधर्ैय प्रतीक्षाको दिन । दर्ुइ बजे फैसला हुने थियो । १ बजे नै गोरखाहरू भिसी तुलबहादुर पुन र लछिमान गुरुङ, मुद्दाको निवदेक भीमप्रसाद गुरुङलाई हृ्लीलचेयरमा अघि लगाउँदै अदालत पुगिसकेका थिए । के फैसला हुँदैछ प्राय सबैलाई थाहा थियो । कर्ुर्नुथियो औपचारिकता मात्र । २.१५ मा न्यायाधीश ब्लेकले फैसला बाँडिदिए । फैसलापत्रमा थियो - 'गोरखाहरूको लामो सेवा र गुणात्मक सेवालाई नकार्न सकिँदैन । त्यसैले बेलायती नागरिकसरह हैसियत किन नपाउने -गोरखासम्बन्धी वर्तमान बेलायती कानुन गैरकानुनी र अन्यायपर्ूण्ा छ ।
"फैसला पाउनासाथ सबैभन्दा पहिले हाम्रा वकिल आयो गोरखाली भन्दै चिच्याए । त्यसपछि अदालतमा उपस्थित सबैले अदालतभित्रै एक श्वरमा आयो गोरखाली भन्दै नारा लगाए । बाहिर निस्किँदा पत्रकारहरूको ठेलमठेल थियो ।" विजय दिनको झल्को गुरुङले सुनाउनुभयो ।
गाउँमा दर्ुइ छाक खाने हुति नभएका बुढाबुढीले मुद्दाको प्रक्रिया अगाडि बढाउन ऋण काढेर पैसा उठाएका थिए । मुद्दा फैसला हुन दर्ुइ वर्षलाग्यो । समय धेरै लाग्दा उनीहरू आत्तिए । कति त मरे पनि । यी सबैको दबाब मुद्दाको नेतृत्व गरेकाले पदमबहादुर माथि थिँदै थियो । उहाँ भन्नुहुन्छ, "हामीले मुद्दा हार्ने आधारै थिएन । तर ढिलो जित्यौँ । मुद्दा चल्दाचल्दै जो मरे उनीहरूका परिवारले मुद्दा हाले क्षतिपर्ूर्ति पाउँछन् ।"