Thursday, January 26, 2012
समुन्नत समाजका लागि पत्रकारिता
गोल्ड मेडल थाप्न थाल चोर्नुप¥यो

Sunday, April 24, 2011
अस्ताए गोरखाहरुका धरोहर
Wednesday, August 18, 2010
बेलायतमा नेपाली रोग
नेपालमा हजारौ कार्यक्रममा सहभागी भएर लोद्रो भएको ज्यानलाइ युकेमा सप्ताहन्तमा आक्कल झुक्कल हुने कार्यक्रममा सरिक हुनु कुनै नौलो थिएन । नौलो थियो त परिवेश, कार्यक्रमका तौरतरिका र सहभागी हुने मानिसहरु । कार्यक्रम कसरी चलाइन्छ नै यस पंतिकारका लागि नवीन विषय थियो र रुचिको विषय पनि । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा बेलायत आएको मौका पारी पार्टी आवद्ध स्थानीय संस्था राष्ट्रवादी प्रजातान्त्रिक नेपाली मञ्चले आफू काम गर्ने भवनमै कार्यक्रम राखेपछि कानोले आखो खोजेजस्तै जस्तै भइगो । थापाले व्यक्त गर्ने विचारसित कुनै लिनुदिनु थिएन । स्वार्थ थियो त सिफ कार्यक्रमका पाटोपक्षका बारेमा ।
ओपचारिक निम्तो पत्र पनि नछपाइएको, सञ्चारमाध्यममा विज्ञापन पनि नछपाइएको सो कार्यक्रम साढे दुर्इबजे शुरु हुने भनिएको रहेछ । बेलायती महारानीबाट ओबीइ पाइसकेका प्रवुद्ध व्यक्तित्व डा. राघवप्रसाद धिताल करिब साढे एकबजे नै कार्यक्रम स्थल आइसकेका थिए । अरु सहभागीहरु पनि साढे दुइबजेसम्ममा भित्रिइसकेका थिए । बाकी रहे प्रमुख अतिथि थापा । उनी पनि श्रीमती र छोरीसहित पौने तीन बजे नै कार्यक्रमस्थलमा आए । त्यसपछि कार्यक्रम सञ्चालकले ट्राफिक जामका कारण कार्यक्रमका सभापति आउन ढिला भएकाले केहीबेर प्रतीक्षा गर्न अनुरोध गरे । झट्ट दिमागमा नेपालका चित्र घुमे । प्रमुख अतिथि नआएका कारण निर्धारित समयभन्दा ढिला भएका कार्यक्रम त नेपालमा ९० प्रतिशतभन्दा बढी हुन्थे । टेलिभिजन नआएका कारण, पत्रकार नआएका कारण पनि कति कार्यक्रम ढिला भएका हुन्थे । तर बेलायतमा अलि अनौठो रोग रहेछ । कार्यक्रम प्रमुअ अतिथि, पत्रकार, सहभागीका कारण होइन सभापतिका कारण रोकिदो रहेछ ।
विश्व विख्यात बिर्टिश टाइमलाइ पनि नेपालीहरुले नेपालीकरण गरिसकेछन् कि कसो ?
Thursday, August 12, 2010
छूचो पेशा
एकबारको जुनीमा मरेर लैजानु के छ र ? सबैसँग मीठो बोली, हाँसखेली जीवन बिताउन कसलार्इ पो मन नलाग्ला र ? सकेसम्म शत्रु नकमाउँ मलामी कम्ती नहोस् भन्ने कसले पो नठान्दो होला र ? तर सबै कुरा सोचेजस्तो नहुँदोरहेछ ।
घटना सोमबारको मात्र हो । गोरखाहरुका अठार वर्ष नाघेका केटाकेटीले बेलायतको भिसा नपाएको बारेमा समाचार गर्दै थिएँ । गोरखाहरुका बारेमा क्रियाशील संस्थाहरुले यो समस्याको निप्टाराका लागि के गरिरहेका छन् भन्ने कोट (भनाइ) लिनका लागि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अल्डरसटस्थित कार्यालयमा फोन गरेँ । पहिले दुइपटक भेटिसकेका, एकाधपटक फोनमा पनि कुराकानी भइसकेका शाही थरका सज्जनले फोन उठाए । खासमा उनी संस्थाको आधिकारिक भनाइ दिने आधिकारिक स्रोत थिएनन् । आधिकारिक व्यक्ति एकैछिन बाहिर गएका रहेछन् ।
समय उपयोग गर्दै मैले उनी आफैँ सो समस्याबाट पीडित हुन् कि भनी जिज्ञासा राखेँ । 'शाहीजी तपाइका छोराछोरीले युकेको भिसा पाए ?' मैले सोँधे । उनले नपाएको बताए । मेरो अर्को प्रश्न 'कति कति वर्षका छन् छोराछोरीहरु ?' भन्ने बित्तकिै उनी बम्किए 'अर्काको छोरा छोरी कति कति वर्षका छन् भन्दै सोध्ने तपाइ को ? मैले गेसोको योगदानका कारण्ा बेलायत आउन पाएको हुँ । मेरा छोरा छोरीको केस पनि गेसोले हेरिरहेको छ । गेसोबाहेक कसैसित म केही बताउँदिनँ । पत्रिकाले नानाथरी लेख्दिन्छन्.....' । उनले अर्को कुनै विरोधी संस्थाको प्रमुख (जसलाइ म पनि व्यक्तिगत रुपमा घृणा गर्छु) सित मलाइ तुलना गर्न समेत भ्याए ।
उनको भनाइ सकिएपछि पत्रिका र पत्रकारलार्इ गलतरुपमा बुझेकोमा मैले उनलाइ सम्झाएँ । कडा मिजास र राजनीतिक हिसाबले सचेत उनी सहजै गल्नेवाला थिएनन् । त्यसैले मैले भन्न बाध्य हुनुपर्यो 'के पत्रकारहरुले गोरखा आन्दोलनलाइ नकारात्मकरूपमा मात्र लेखेका छन् ? के गोरखाहरुले यति सुविधा पाउनुमा पत्रिका/पत्रकारहरुको केही हात छैन ? पत्रिका/पत्रकारहरु आक्रोश, भँडास पोख्ने चौतारी/गुनासो अधिकारी मात्र हुन् ?'
केही मिनेटको अन्तरालपछि अर्को स्रोतसित फोनमा कुरा गर्नु पर्यो । राइ थरका उनी युनाइटेड गोरखा नाम गरेका संस्थाका युकेका हर्ताकर्ता थिए । डेडलाइनको चटारोले थोरै भूमिकापछि कुराकानी सीधै बढ्दैथियो । आफ्ना भनाइकै बीचमा उनले ममाथि ठाडै आक्षेप लगाउने कुचेष्टा पो गरे । '....खपाङ्गीजी सुन्दैछु तपाइले पनि ......लाइ बोक्दै हुनुहुन्छ रे' '.....म ....लाइ २० वर्ष्ादेखि चिन्छु त्यसलाइ मान्छे बनाउन खुबै कोसिस गरेँ, काम लागेन' 'तपाइले बोक्दै हिँड्नुभयो भने राम्रो हुने छैन' ठाडै दादागिरीको भाषा थियो त्यो । मैले कसैलाइ समर्थन गरुँ वा नगरुँ मेरो अधिकारको कुरा हो । उनले सम्झाइरहनुपर्ने, बाटो देखाइरहनुपर्ने विवेकशून्य, निर्णयक्षमताविहीन थिइनँ म ।



