Saturday, January 17, 2009

मृत्युको साइत


वकिल र सञ्चार्रकर्ममा समानान्तर परिचय बनाएका इन्द्र लोहनीले शुक्रबार सा“झ संसार छाडे । उनको उमेर कति थियो फरक-फरक विवरण सञ्चारमाध्यममा आएका छन् । कसैले ४१ वर्षलेखेका छन् कसैले ४५ वर्ष। जति भए पनि उनको मर्ने उमेर भएको थिएन । किनकि उनीभन्दा दोब्बर जेठा पनि धेरै जीवितै छन् यहा“ ।
शनिबार सञ्चारमाध्यम र चोकचोकका चियापसल र भट्टीहरुमा पनि उनकै चर्चा भयो । फेसबुकका धेरै अंशियारले उनकै सम्झनामा आफूलाई गा“सेका थिए । कोहीले नोट नै लेखेका थिए त कोहीले समवेदना । कोही उनीसितको पुराना सम्झना ढड्डा खोतल्दै थिए त कोही महिमामन गर्दै - अर्को लोहनी जन्मेको छैन, उनीजस्तो बत्तीस लक्षणले सज्जित कोही छैन आदि ।
फेसबुक नामको तलाउमा पंक्तिकारले पनि सानो गिट्टी हुत्यायो - सबैको मरण होस् त इन्द्र लोहनीको जस्तो । तलाउमा छाल बरु ढिलो फैलिएला चाडो फैलिन्छ फेसबुकमा । कसैको पनि मृत्यु नहोस् इन्द्रको जस्तो एकचालिसै वर्षा’ । यसो भनेर मृत्युवरण गर्न प्रोत्साहित गर्ने’ आदि आदि । ख्यालख्यालैमा हुत्याएको सात शब्दले यस्तो तरङ्ग ल्याउला भन्ने कल्पना गरिएकै थिएन ।
साथीहरुको प्रतिक्रिया पढेपछि सोच अर्कैतरि पो मोडियो । पत्रिका पढेपछि थाहा भयो लोहनीले १७ वर्षवकालतमा बिताए छन् । पंक्तिकारलाई थाहा भएसम्म उनले त्यस्तै पा“च वर्षका“चको पर्दामा बिताए होलान् । केहीवर्षनेपाल टेलिभिजनमा र अलि बढी वर्षकान्तिपुर टेलिभिजनमा । शनिबार उनको पार्थिवमा फूल चढाउन भएभरका गन्यमान्यको लाम लाग्यो । प्रधानमन्त्री समेतले बखान गरे लोहनी प्रेस स्वतन्त्रताका सिंपाही थिए । शुक्रबार मात्रै अस्पतालबाट छुट्टी पाएका गृहमन्त्रीदेखि सबै दलका नेताले मात्र होइन सञ्चारकर्मीले भेट्न हप्तौ“ कुर्नुपर्ने नायक राजेश हमालसम्म उनलाई श्रद्धाञ्जलि दिन धुरिए ।
लोहनीको शवमा फूल चढाउनेको लाम लाग्दै गरेको बेला मनमा प्रश्नहरुको ट्राफिक जाम भयो - के लोहनीले वकालत मात्र गरेका भए यस्तो भव्य सम्मान पाउ“थे - के पत्रकारितामा पनि छापा वा रेडियोकारिता मात्र गरेका भए यति ब्यापक जनको दिलदिमागमा घर बनाउन सक्थे - कतिपय समय र सर्न्दर्भमा उनको प्रस्तुतिशैलीको मैले विरोध पनि गरेको छु । कतिपय कार्यक्रम हर्दाहेर्दै बीचैमा च्यानल बदलेको पनि छु । तर अहिले आफै“सति प्रश्न तेर्सिन्छ पत्रकारिताको तराजुमा नजचिएकै सही तर के लोहनीले आफ्नो प्रस्तुति आक्रामक र अतिथिलाई ङ्याक्ने र्ढराको नबनाएको भए उनका कार्यक्रमका अतिथि र दर्शकले उनलाई आज यसरी सम्झिन्थे होलान् -
लोहनीको मृत्युले सम्झाएका अर्को पाटो हो मृत्युको पनि साइत, मौसम, याम हु“दोरहेछ । मौसममा फलेको फल मीठो । साइतको हर चीजको माने नै बेग्लै । मृत्यु पनि यस्तै रहेछ । इन्द्र चर्चामा थिए । चर्चाको शिखरमा रहेकै बेलामा मृत्युको काखमा निदाए । त्यसैले उनको हाईहाई बा“चुञ्जेल भन्दा मृत्युपछि भव्य भयो शायद । म सम्झन्छु कुनै समयका रेडियोका चर्चित हस्ती भोग्यप्रसाद शाह गुमनाम बिते । एक समय राम्रै चर्चा बटुलेका गोल्छे सार्की बित्दा कसैले भेउ नै पाएन । मृत्युको मौसम मिल्दा कवि कृष्ण सेन इच्छुकले राम्रै चर्चा पाए । मदन भण्डारी, राजा वीरेन्द्रले पनि मृत्युको मौसम मिलेकैले चर्चा पाएका हुन् । मृत्युको मौसम नमिल्दा नोबेल पुरस्कार विजेता मदर टेरेसाको मृत्यु समेत ओझेल पर्‍यो ।
म कल्पन्छु, झापा व्रि्रोह वा २०४६ को आन्दोलनबेलै बितेका भए राधाकृष्ण मैनाली वा मोहनचन्द्र अधिकारीले कति भव्य सम्मान पाउ“थे होलान् । मधेस आन्दोलनको बेला नै बितेका भए किशोर विश्वासले कति मान पाउ“थे होलान् । पद्मरत्न तुलाधरले पञ्चायत सकिएको बेलामा, गोरेबहादुर खपाङ्गीले शाही शासन अघि जति सम्मान अब पाउलान् -

No comments: