बद्रि देवकोटा बिते । एफएम र पत्रिकालाई उछिन्दै झसिमिसेमै एकबिहान समाचार फैलियो । वास्तवमा बद्रि कोही थिए तर कोही थिएनन् । उनी व्यापारी थिएनन्, राजनीतिको पोखरीमा पौरिने नेता थिएनन् । र, उनी थिएनन् साहित्यकार, पत्रकार, कलाकार । थिए त पङ्क्तिकारका एकदशक पुराना टोलबासी मित्र । एक छोरा र श्रीमतीका पालकपोषक, अभिभावक । पेशा थियो लेखापढी व्यवसायी । उमेरले ३० हिउद नकटेका ।
टोलमा थियो उनको सानो किराना दुकान । बिहानको चिया र पत्रिकाको एकैचोटी सेवन कहिलेकाही“ त्यही पसलमा हुन्थ्यो । केही दिन भाथ्यो धेरैबेर बस्ने गरेर भेट नभाको । नजर जुधाजुध हुन्थ्यो । हा“सो साट्दै आ-आफ्नो बाटो तताउथ्यौँ । असाध्यै भलाद्मी ख्यालठट्टा भन्ने शायद उनको शब्दकोषमा थिएन ।
अगिल्लो साझ उनलाई टोलमा टहलिदै हिडेको धेरैले भेटेका थिए । अगिल्लो साझ जसले उनलाई र्ससराउदो भेटे तिनैले भोलिपल्ट बिहान लाइफकेयर अस्पतालको ओछ्यानमा निस्प्राण तेर्सिएको मूढोको रूपमा भेटे । भद्र’ । कसैलाई नबिझाउने’ । हा“सेर बोल्ने’ । मलामीबीच यहा पनि यस्ता रेडिमेड’ चर्चा चले नै । हिजो साझ सद्दे भेटिएका मान्छे कसरी यस्ता भए - परिवारका सदस्यहरू शोकलाई छल्दै प्रष्टीकरण दिदै थिए ।
"केही दिनदेखि नै जीउले निहुँ खोजेजस्तो छ भन्थे । तैपनि अफिस जादै थिए । बिहान-बेलुकी पसलमा पनि बसेकै थिए । मौसम फेरबदलको सामान्य असर जस्तो लागेको थियो । दुइ दिनअघि मात्र अरूले तिमीलाई जण्डिस भएजस्तो छ’ भन्दा उनले तीज चित्र खा“दै रगत जचाएका थिए । रिपोर्टले जण्डिस देखायो । नेपाली औषधिको खोजी गर्दै थिए । बेलुकी असजिलो भयो भनेपछि अल्का अस्पताल, पुल्चोक लग्यौँ । त्यहा“बाट पाटन रिफर गर्यो । पाटनमा बेड नपाएपछि लाइफकेयर लग्यौँ । त्यहासम्म पनि बोल्दै हुनुहुन्थ्यो ।" आफन्तहरुले बेलीबिस्तार लाए ।
आफन्तका अनुसार अस्पताल पुर्याएको केहीबेरमै उनलाई मृत घोषणा गरियो रे । मुटु, कलेजो, र्मिगौला केही पनि काम लाग्दैन भनियो रे । कसरी बिगारेछन् बद्रिले सबै अङ्ग एकैचोटी - खानपानमा हामीभन्दा सौखिन थिए । उनी कसरी एकाएक यस्ता भए - बिहान-बेलुकी श्रीमतीले पकाएको हाइजेनिक खानाका नियमित खुराकी उनी कसरी बिते - आर्थिकरूपले पनि पहिलेभन्दा सुदृढ हुदै गएका उनमा मानसिक तनाव पनि केही देखिन्नथ्यो । तैपनि उनी बिते । राजधानी मात्र होइन देशका सयौँ अस्पताल र नर्सिङ होममा अहिले यस्तैगरी युवाहरूको प्राणान्त हुदैछ - मात्र सानो गल्तीले । सानो लापरवाहीले । अस्पताल परिसरमा टोलाइरहदा यस्तै लाग्यो ।
वर्षा एकपटक नया लुगा लगाउने चलन थियो हामी सानो छदा गाउ“तिर । दशैमै भए सही वर्षा एकपटक मात्र भए पनि मासुभात खान पाइने आशामा बाच्ने तप्का बाक्लै छ यो देशमा । शहरतिर चाहिँ सालमा एकपटक घुरफिरमा निस्कने प्रवृत्ति बढ्दैछ क्यारे । त्यसो त, हाम्रा धर्मशास्त्रमा पनि यस्ता धेरै कुरा छन् जो वर्षा कम्तीमा एकपटक भए पनि गरिन्छन् । जनै एकपटक फेरिन्छ । कुश एकपटक राखिन्छ । नाग एकपटक टासिन्छ । जमरा एकपटक उमारिन्छ । तुलसी दुइपटक रोपिन्छ । यस्तै कर्म अरू थुप्रै छन् । समय निकै बदलिएको छ । धर्मशास्त्रका रुटिनहरूलाई पनि समयसापेक्ष बनाउनुपर्ने खाचो त्यतिबेला महसूस भयो । वर्षा कम्तीमा एकपटक स्वास्थ्य जाच गर्ने संस्कार बसेको भए बद्रिको चोला यति चाडै उड्ने थिएन ।
आजकल युवाहरू आफ्नै लापरबाहीका कारण मृत्युको चारो बनिरहेका छन् । एक त आफ्नो स्वास्थ्यप्रतिको वेवास्ताका कारण । अर्को चाहि“ आखामा पट्ट बाधेर सवारीसाधन हुइक्याउने कारणले । साथीभाइ र अभिभावकको बारम्बारको ठोसाइ र कचकचपछि जबरजस्ती स्वास्थ्यप्रति मेरो झुकाव बढेको थियो । एकजना साथीसित छिनेर लिएको डा. प्रकाशराज रेग्मीको जीवनशैली परिवर्तन पुस्तिकाको पाना नम्बर ५४ पुगेपछि थाहा भयो नियमित स्वास्थ्यपरीक्षण लुकेर बसेको रोग पत्ता लाग्छ । प्रारम्भिक अवस्थामै रोगको पत्ता लाग्छ र चाडै उपचार गर्न सकिन्छ । कडा रोग लाग्नसक्ने सम्भावना थाहा हुन्छ र रोकथाम गर्न सकिन्छ । आकस्मिक मृत्यु कम गर्न सकिन्छ र आयु बढाउन सहयोग पुग्छ ।
भनिन्छ मर्न धेरैलाई डर लाग्छ रे । नियमित स्वास्थ्यपरीक्षणको मामुली चरण पूरा गरेर आयु लम्ब्याउने कि मृत्युलोकको नागरिक बन्ने - तपाईको हातमा ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment