Thursday, January 26, 2012

एलियनहरुको देशमा


केटाकेटी छ“दा हामीबीच कसले बढी मुलुकको नाम जानको छ भन्ने होड चल्थ्यो । हामीमध्येका केहीले देशहरुको नाम बढाउन भन्थ्यौ“– भारत, इण्डिया, हिन्दूस्तान । अर्कोले झन् विश्ववेत्ता भएर भन्थ्यौ“– बेलायत, ग्रेट ब्रिटेन, संयुक्त अधिराज्य (युके), इंग्ल्याण्ड । नेपाल छ“दासम्म मलाई पनि लाग्थ्यो बेलायत (ब्रिटेन), युके, इंग्ल्याण्ड एकै देश हुन् तर यहा“ आएपछि पत्ता लाग्यो होइन रहेछ । इङ्ल्याण्ड, वेल्स र स्कटल्याण्ड मिलेर ग्रेट ब्रिटेन बन्दोरहेछ । त्यसमा उत्तरी आयरल्याड मिसिएपछि बल्ल संयुक्त अधिराज्य (युके) बन्दोरहेछ । इंल्याण्ड, उत्तरी आयरल्याण्ड, वेल्स, स्कटल्याण्ड सबैको आ–आफ्नै झण्डा, आ–आफ्नै राष्ट्रिय गान रहेछ । विश्वकप, ओलम्पिक वा यूरोपियन कपहरुमा खेल्दा यी चारवटैले अलग–अलग प्रतिस्पर्धा गर्दारहेछन् । त्यसमाथि पनि स्कटल्याण्ड र इंग्ल्याण्डबासीबीच त आगो–पानीको सम्बन्ध हु“दोरहेछ ।
आफूलाई संसारकै श्रेष्ठ ठान्ने अंग्रेजहरुको देशमा छु म अहिले । जहा“ मजस्ता बाहिरबाट आएकाहरु एलिएन हुन् । करिब एक लाख नेपाली एलियनहरु छन यहा“ । एलियनहरु रैथाने अंग्रेज हुन खोज्दैछन् । कृष्णहरु अहिले कृष् भएजस्तैगरी । अंगे्रजहरुले नेपाली नाम एकैपटकमा सर्लक्क उच्चारण गर्न नसक्नु बेग्लै कुरा हो तर हामी नेपालीको काम उनीहरुले जसो भन्यो त्यसै बनाइदिने त होइन होला । हिथ्रो एयरपोर्टमा लिन आएको ट्याक्सी ड्राइभरले यो पंक्तिकारको नाम एनओआरआरआइएस (नोरिस) लेखेर धुइ“पाताल खोज्दैमा नोरिस हुने हो कि ? शिक्षिका मार्सिया भन्छिन्, “मैले चारपटकमा मात्र तिम्रो नाम ठीकस“ग भन्न सके“” । हो, नेपाली लोकदोहोरी सवालजवाफ गाउन सक्ने अंग्रेजलाई तीन÷चारपटकमा त जस्तो नाम पनि आउ“दो भइहाल्छ नि ।
यूरोपियनहरु आलोचना गर्छन् – आइतबार यूरोपभर गरिब मानिसरुले समेत नया“÷सुकिलो लुगा लाउ“छन् र दिन खुशी र उज्यालो हुन्छ तर अंग्रेजहरु धनी मानिसहरु समेत पुरानो लुगा लगाउ“न् र दिन घुर्मैलो हुन्छ । त्यसो त यूरोपियनहरुले खिसि गर्ने कुरा धेरै छन् अंग्रेजहरुका । जस्तो कि बिहान सबेरै ५ बजे मीठो निन्द्रा बिथोल्दै कसैले चिया ल्याइदियो भने रिसले नबा“उठिनु बरु ‘धन्यवाद यो समयमा चिया खान मलाई असाध्य मन लाग्छ भन्नु’ । चिया ल्याउने फर्किसकेपछि भने ट्वाइलेटमा खन्याइदिए पनि हुन्छ । चिनी नहालेको, दूध हालेर चियाको स्वाद नै हराएको किन नहोस् प्रतिव्यक्ति दिनको औसत ३.३९ कप चिया र १.६५ कप चिया खाने अंग्रेजहरुको बानी छ । त्यसैले आफ्नो घरमा आएकाहरुले चिया खान इन्कार गरे अंग्रेजहरुले तपाईलाई राम्रो ठान्दैनन् ।
अंग्रेजहरुले तपाईलाई माया गर्ने छन् किनकि कुकुर, बिरालोलाई पनि उनीहरुले माया गरेकै छन् । भुस्याहा कुकुरहरुको घर नभएको बिजोग देखेर सन् १८६० मा मेरी टेलबाइले बाटारसीमा खोलेको कुकुर घरमा २७ लाख ३४ हजार कुकुर छन् । कर नतिर्ने २ करोड ६६ लाख माछा, ७७ लाख बिरालो, ६७ लाख कुकुर, १५ लाख खरायो अंग्रेजहरुले पालेकै छन्, कर पनि तिर्ने खर्च पनि बेलायतमै गर्ने केही लाख प्रवासीलाई पाल्दा अंग्रेजहरुलाई नाफा नै हुन्छ ।
सम्झौता अंग्रेज हुनुको विशेषता नै हो । जस्तो कि पार्टीमा जाने तर अञ्जानसित चुइ“क्क नबोल्ने । सा“झ ६ बजेअघि ५ मिनेटमा कुनै पनि ड्रिंक्स पिउन नसक्नु तर ६ बजेपछि ५ मिनेटमै स्वाट्ट पार्नु पनि सम्झौतै हो । तथ्याङ्क भन्छ एक अंग्रेजले एक वर्षमा ९९.४ लिटर रक्सी पिउ“छ । एक घण्टाको फिल्मको लागि तीन घण्टा लाममा बस्नु । लाममा बस्ने मामिलामा अंग्रेजहरु नामूद नै छन् । जर्ज माइक लेख्छन् – बस स्टपमा एकजना हु“दा पनि अंग्रेजहरु लाइनमा बसिरहन्छन् । त्यसो त सप्ताहन्तमा बीचमा, सपिङ मलको काउण्टरमा, चिया÷कफी सपमा जतातै लाम नै हुन्छ । मानिसहरुसित घुमफिरमा जा“दा घण्टौ“ मुखमा ताल्चा लगाउन सक्नु तर कुकुरसित मिनेटपिच्छे बोलिरहनु पनि सम्झौतै हो क्यारे ।
अंग्रेजहरुसित बोल्नलाई तीन वर्षसम्म एउटै शब्द जाने हुन्छ रे । नाइस । जेमा पनि चल्ने । अंग्रेजहरुले फिरङ्गीहरुलाई असजिलो होस् भनेर रे डाक्टरजति सबै हार्ली रोडमा, वकिल जति सबै लिंकन इनफिल्डमा, किताब पसल जति सबै चेरिङ क्रस रोडमा, पत्रिका जति फ्लिीट स्ट्रीटमा, धोबी जति स्याभिली रोमा, कार बिक्री जति सबै पोर्टल्याण्ड स्ट्रिटमा, थियटर जति पिकाडेली सर्कसमा, सिनेमा लेस्टर स्क्वाएरमा राखेका । त्यसमाथि एउटै नाम गरेका ठाउ“ बीसवटा भन्दा बढी । एउटै नामको पछाडि रोड, सर्कस, वे, लेन, ग्राउण्ड, कमन, स्ट्रिट, पार्क के के मात्र जोडेका ?
यहा“ जन्मिने ४० प्रतिशत केटाकेटीका आमा अविवाहित छन् । वर्षमा ३ लाख १० हजार विवाह हुन्छन् १ लाख ६१ हजार सम्बन्ध विच्छेद । स्वतन्त्रताको वकालत गर्नेहरु पाखण्डी बन्नुलाई आदर्श ठान्छन् । अंग्रेजहरुको पाखण्डीपनबारे एउटा कथा छ । कुनै पबमा अंग्रेज उनका गैर अंग्रेज साथी पिउन गएछन् । केही समयपछि एक्कासी पबमा गोली चलेछ । गैरअंग्रेज गोली चल्दा कुर्सिमै रहेछन् भने अंग्रेज साथी भागेर कता पुगेछन् । गोली रोकिएपछि ती कता भागेका साथीले सम्हालि“दै गैर अंग्रेजलाई भनेछन् – ओहो तिमी त धेरै डराएछौ । कुर्सिबाट भाग्न पनि सकेनछौ ।
हाउ टू वी एन एलियनका लेखक जर्ज माइक भन्छन् – बरु कैदमा राखिएको कैदी सप्रेर मान्छे बन्दा तर इंग्ल्याण्डमा बाहिरबाट आएकाहरु कहिल्यै अंग्रेज बन्न सक्दैनन्, बेग्लै कुरा हो उनीहरु ब्रिटिश बन्न सक्लान् ।
माइकको सल्लाह नपढेर होला कतिपय नेपालीहरु अंग्रेज हुने होडमा छन् । जो असम्भव छ ।

No comments: