Monday, November 17, 2008

के का लागि मरिरहेछन् गोरखाहरू ?

'सके काठमाडौँमा ओत लाग्ने छाप्रो, नसके गाउँमै एउटा सानो घर बनाउन सकियोस् ।। एउटी सुशील जीवनसाथी भित्र्याउन पाइयोस् ।। छोराछोरीको रहर पूरा गर्न सकियोस् ।।।' जन्मथलो छाडेर सात समुन्द्र पारि गोरखा भर्तीमा जाने हरेक नेपाली युवाको सपना यस्तै 'सामान्य' हुन्छ । मन्त्री, प्रशासक, प्राज्ञ बन्ने उद्देश्य बोकेर कोही जाँदैन गोरखा भर्तीमा । तर यति सामान्य सपनाका लागि उनीहरूले फोस्सामा चुकाउनुपर्छ जीवनको मूल्य । पछिल्लो समयमा यसरी जीवन गुमाउनु परेको छ खोटाङका युवराज र्राईले ।

तालिवान व्रि्रोहीलाई तह लगाउन केहीवर्षेखि अफगानिस्तानमा अन्तर्राष्ट्रय सैनिक बल तैनाथ छ । बेलायती सेनाका जवान र्राईले त्यही बलका तर्फाट ड्यूटीमा खटिँदा दुस्मनको गोली खाई प्राण त्याग्नुपर्यो । मानव जीवनमा मृत्यु अनिवार्य छ तर अर्थहीन मृत्यु अनिवार्य छैन । सबै मृत्युको अर्थ पनि रहँदैन । तर बेलायती सेनामा करिब दुइ सयवर्षेखि मर्दै गरेका लाखौँ गोरखाहरू केका निम्ती मरे - युवराजको मृत्युले यस प्रश्नको जवाफ खोज्न झक्झक्याएको छ ।

नेपाली युवाहरूलाई कहिलेदेखि अन्य देशको सुरक्षा सेवामा भर्ती गर्न थालियो इतिहासकारहरूको अध्ययनको शीर्षक हो । सन् १८१५ देखि नेपाली युवालाई गोरखा भर्तीमा भर्ना गर्न थालिएको अभिलेख पाइएका छन् । तर गोरखा भर्तीका जानकारहरूको दाबी छ जहिले भारतीय उपमहाद्वीपमा बेलायतले कब्जा जमायो त्यहीबेलादेखि नेपालीहरूलाई विदेशी सैन्यमा भर्ना गरियो । गोरखाहरू पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्य विस्तारका लागि मरे । ती दुइ महायुद्धमा कति नेपाली मरे त्यसको लेखाजोखा न सेवामा लाउने बेलायतसित छ न आफ्ना नागरिकलाई अरू देशको सेनामा भर्ती हुन पठाउने नेपालसित नै छ । इतिहासकारहरू भन्छन् - ती दुइ युद्धमा औसत एक लाखको दरमा नेपाली युवाहरू मरे ।

विश्वयुद्धहरू सकिएपछि मलायामा स्वतन्त्रता खोजिरहेका मलेसियनहरूसित लडे । आफ्नो भू-भाग फिर्ता लिन खोज्ने अर्जेण्टिनीहरूसित फोक्ल्याण्डमा लडे । कोसोभोमा सर्भियालीहरूसित लडे । इराकी राष्ट्रपति सद्दाम हुस्सेनलाई सत्ताबाट हुत्याउन इराकमा लडे । र, अहिले पनि लड्दैछन् अफगानी र इराकीहरूसित । नेपाल जसले तिब्बत र अंग्रेजबाहेक कसैसित बाह्य युद्ध लडेन । र, दुनियाँमा चिनिन्छ - शान्तिप्रिय देश । त्यही देशका नागरिकहरूले चाहिँ किन विश्वका यति धेरै मुलुकसित लड्नुपर्ने - किन यति धेरै देशका नागरिकसित लड्नुपर्ने - मलेसियनहरूसित नेपाली युवाको के दुस्मनी थियो - नेपालमा दिन हुँदा त्यहाँ रात हुने, झण्डै अर्कै विश्वका अर्जेण्टिनीहरूले नेपालको के खाइदिएका थिए - सद्धाम हुस्सेन र तालिवानसित नेपालीको वैरभाव केमा थियो -

अफगानिस्तानमा मात्र कामै गर्न नसक्नेगरी अङ्गभङ्ग भई बेलायतको बर्किङघममा उपचाररत् गोरखाहरू थुप्रै छन् । जसको नामावली बेलायतले र्सार्वजनिकसम्म गरेको छैन । आफ्नो अमूल्य ज्यानको साटोमा गोरखाहरूले 'बहादुर' उपनाम पाए । छाती ढाक्ने 'तक्मा' पाए । तर के आत्मसम्मान र स्वाभिमान पाए - नेपाल राष्ट्रले के पायो -

आफ्नै देशमा गरिखाने माहौल भए कोही नेपाली विदेशिने थिएनन् । र, मर्नुपर्ने थिएन विदेशका रणभूमि र गल्लीमा । गोरखा सैनिक त एउटा दृष्टान्त मात्र हुन् । अहिले विश्वका प्राय सबै कुनामा नेपालीहरू रोजगारको खोजीमा पुगिरहेका छन् । र, दिनहुँ अकालमा मरिरहेको समाचार पढ्नु/सुन्नु परिरहेको छ । यदि साँच्ची नै नयाँनेपाल बनाउने हो भने उत्पादनका अजस्र स्रोत युवाहरूलाई अरू देशको सेवामा पठाएर हुँदैन । आफ्ना नागरिकलाई देशभित्रै काम गर्न पाउने वातावरण हामीले कहिले बनाउने ?

1 comment:

मनु ठाडा मगर (MANU) said...

कुरो ठिकै हो नरेश जी तर क गर्नु सबै कुरा त फेरी के गर्नु जुन जोगि आय पनि कानै चिरेको भनेको उखान जस्ताको तस्तै छ। देश निर्माता हरु आफै आफै जुहारि खेल्दैमा ठिक छन् यो बारेमा सोच्नलाइ कस्लाइ फुर्सद्? अब हेर्नुनि खोटाङका युबराज को देहन्त भयेको १५ दिन् नबित्दै फेरि अर्को कृश्ण दुरा ले पनि त सन्सर छोद्नु पर्यो
तर खोइ कस्को कान मा चिसो पसेकोछ र? नेपाल मै रोजगारि को सर्बसुलवता भै दियेको भए को जाने थियो र अर्का को मरुभुमिमा आफ्नो ज्यान् गुमाउनलाइ??

नेपाल र नेपाली को भग्यमा सायद जहिले एस्तै भोग्नु लेख्या छ कि खोइ के हो कुन्नि बल्ल अब भने सन्ति छाउने भो देशमा भनेको फेरि चर्कन्दो छ बन्द र हद्ताल