Friday, November 28, 2008

ओ...... सर


पत्रकारिता क्षेत्र नै यस्तो रहेछ जहाँ दिनहुँ नयाँ-नयाँ मानिस भेटिन्छन् । परिचय हुन्छ, बोल्नपर्छ । कुनै दिन यस्तो छैन कि चाहेर पनि नयाँ मानिससित नभेटियोस् । एकदिनको एकजनाको दरले पनि वर्षा ३६५ जनासित चिनजान हुने भयो । दुइ/चार वर्षबित्दा परिचय हुनेको संख्या एक हजारभन्दा बढी नाघ्छ ।
पेशा यस्तो पर्‍यो कि फिल्डमा जानैपर्ने । मोटर चढेर सरर कार्यालय जाने, टेबलमै हाजिरकाजी मगाएर सही धस्काउने, कुर्सिमा बसिबसी काम सक्ने । यस्तो पेशा परेन पत्रकारिता । पूर्व जन्ममा विश्वास गर्ने नै हो भने कुन जुनीको पापको सजाय हो या पुरस्कार यो बबुरो पंक्तिकारले पनि पत्रकारिता पेशा निर्वाह गरेरै दालचामल जुटाउनु परेको छ ।
फिल्ड भेटिन्छन् तिनै नयाँ-नयाँ मित्रहरू । एकपटक परिचय भएका मित्रहरू । एकपटक नजर साटिएका मित्रहरू । कतिपयको नाम सोधिएकै हुँदैन । सोधिएकै भए पनि दिमागमा संग्रहीत भएका हुँदैनन् । आजकलको भाषामा भन्नुपर्दा दिमागमा सेभ भएका हुँदैनन् । जति नै पावरफूल मेमोरी पनि ओभरलोडले बेक्कार लाग्छन् । अरूले अभिवादन गर्छन् इन्कार गर्नु भएन फर्काउनैपर्‍यो । नाम थाहा हुँदैन बोलाउनै पर्‍यो । के भनी बोलाउने - जहाँ इच्छा त्यहाँ उपाय त्यसै भनेका होइन रहेछन् । उपाय फेला पर्‍यो । ओ सर - कति सजिलो । नाम थाहा होस् नहोस् बोलाउन कति सजिलो, छरितो - ओ सर । ओ सर - तपाइले मेरो ब्लग पढ्नुभयो -

No comments: