समाचार सङ्कलनका क्रममा कहिले कहाँ, कहिले कहाँँ पुग्नु पत्रकारहरुको दैनिकी नै भइहाल्यो । कहिले रिपोर्टर्स क्लबको साक्षात्कार कक्ष त कहिले युनाइटेड टेड सेण्टरको पाँचतल्ला माथिको हल । कहिले सञ्चार समूहको कक्ष त कहिले सम्वाद क्लव, मिर्मिरे मिडिया क्लव, मिडिया मिसन आदि-आदि ? आखिर समाचार घरमै बसेर बनाउने त होइन नि भात पकाएजस्तो झ् कहीँ न कहीँ जानैपर्यो कसैलाई न कसैलाई भेटेर कुराकानी त गर्नैपर्यो ।
राजधानीमा अहिले सञ्चारसित नाम गाँसिएका यस्ता दर्जर्नौँ क्लव, संस्था खुलेका छन् जसको व्यवसाय नै कार्यक्रम आयोजना गरिदिने बनेको छ । तैपनि कार्यक्रमको चाप घटेको जस्तो लाग्दैन । क्लवहरु उत्तिकै प्याक छन्, भएन होटलहरुलाई पनि कार्यक्रमले भरथेग गरेकै छ । अझ यतिले नपुगेर विवाह, व्रतबन्धका भोजभतेर खुवाउन भनेर खुलेका पार्टी प्यालेसहरुमा पनि कार्यक्रम भएकै छन् । कार्यक्रम आयोजक संस्थाकै कार्यालयमा पनि हुने गरेका छन् कतिपय कार्यक्रम त ।
कार्यक्रम प्रशस्त आयोजना हुनु समाचार संकलनको लागि राम्रै ठानिएला । अखबारको पाना भर्नलाई राम्रै टेवा पुर्याउला । सिकारु पत्रकारलाई पनि समाचार संकलनमा निखार ल्याउन रामै्र मौका मिल्ला । समय कटाउन कतै ठाउँ नपाएजस्तो सबै कार्यक्रममा भेटिने पत्रकार भनाउँदाहरु पनि अहिले निक्कै देखिन्छन् उनीहरुलाई चियाखाजा खर्च जोगाउन र दिन बिताउन पनि यस्ता कार्यक्रमले मनग्गे सहयोग गर्ला । कस्ता कार्यक्रम आयोजना गर्ने ? आफ्नो कार्यकक्षको क्षमता कति हो ? कति पत्रकार बोलाउने ? तस्वीर खिच्न, श्रव्यदृश्य कैद गर्न ठाउँ पुग्छ कि पुग्दैन ? रेडियोका समाचारदाताले आवाज रेकर्ड गर्न सक्ने वातावरण छ कि छैन ? समाचारदातालाई बस्न ठाउँ पुग्छ कि पुग्दैन यी सबै पक्षलाई ध्यान नदिई आयोजना गरेका देखिन्छन् धेरै कार्यक्रमहरु ।
बढ्दो कार्यक्रमको चाप एकातिर छ भने सञ्चारमाध्यमहरुमा पनि सीमित समाचारदाताको बाध्यता । एउटै समाचारदाताले चार/पाँच वटा कार्यक्रमको रिपोर्टिङ भ्याउनुपर्ने हुन्छ । कस्तो स्थानमा कार्यक्रम आयोजना गर्ने कक्ष बनाउने ? कुनै मापदण्ड छैन । कोही कार्यक्रम स्थल मान्छे मात्र छिर्न मिल्ने गल्लीभित्र हुन्छन् भने कोही चढ्दाचढ्दै सास फुलेर घाँँटीसम्म आउने गरी माथिल्लो तलामा । कोही चाहिँ मोवाइलको बत्ती बाल्दै छिचोल्नुपर्ने अँध्यारा कुनामा । तोकेको समयमा कार्यक्रम शुरु नहुने र ब्यस्त टाफिकका कारण समयमा पुग्न नसकिने समस्या पनि उस्तै छ ।
यी सबै समस्यालाई अलि सजिलो पारिदिएको छ चार पाङ्ग्रे मोटर र दुई पाङ्ग्रे साइकलको ठिमाहा सन्तान मोटरसाइकलले । समाचारदाताहरु, कोहीले हैसियतले धानेर त कोहीले बाध्यतावश ऋण सापटी, किस्ताबन्दी गरेरै भए पनि सेकेण्ड ह्याण्ड वा फस्ट हेयाण्ड मोटरसाइकल किनेका छन् । अझ हैसियत हुने केही समाचारदाताहरुले मोटर चढेरै समाचार संकलन गरेको पनि देख्न थालिएको छ । तर समाचारदाता बस्ने सीटक्षमता समेत वास्ता नगरी कार्यक्रम आयोजना गर्नेहरुले मोटर, मोटरसाइकल पार्किङका बारेमा सोच्ने त कुरै भएन ।
प्राय कार्यक्रम स्थल बाहिर निस्कदा सशुल्क पार्किङ नामको अर्को पसल खडा हुन्छ । सीमित आम्दानीमा धेरै व्यवस्थापन गर्नुपर्ने बाध्यता बोकेका समाचारदातालाई लुट्ने लाइन बसेका जस्ता देखिन्छन् पार्किङ सञ्चालकहरु । एउटा कार्यक्रममा हिँडेर पुग्ने भए पो । कति दिन त एकै ठाउँमा एकपछि अर्को कार्यक्रम भ्याउँदा सिंगो दिन नै बित्छ । उता पार्किङ सञ्चालकलाई भने त्यसदिन खुदो पल्टिन्छ । घण्टा-घण्टामा पार्किङको हिसाब जोड्दैमा । काठमाडौँँ मल, काठमाडौँँ प्लाजा, युनाइटेड वल्र्ड टेड सेण्टर, ललितपुर विशाल बजार जस्ता गगनचुम्बी महल ठड्याउनेहरु पनि समाचारदाताका अगाडि भिखारी झँै देखिन्छन् र हात थाप्छन् पार्किङ शुल्कको । आखिर तिनलाई के अपुग्दो छ र ?
त्यसो त कार्यक्रम आयोजकले हलको भाडा चुकाए पछि पार्किङको शुल्क त त्यसैमा समावेश हुनुपर्ने हो नि झ् कार्यक्रम आयोजकले पनि यतातिर ध्यान दिएको देखिँदैन उनीहरुलाई मतलब छ त केवल आफ्नो कार्यक्रमको समाचार छापिन्छ-छापिन्न, बज्छ-बज्दैन, देखाइन्छ-देखाइन्न ? महिनाको मुस्किलले तीन हजार रुपियाँ तनखा थाप्ने समाचारदातालाई दिनको पाँच ठाउँमा पार्किङ शुल्क तिर्नुपर्यो भने सिंगो तलब त त्यसैमा स्वाहा हुन्छ । केले खाने, केले घरबहाल तिर्ने, केले पेटोल भर्ने ? समाचारदाताको यस मर्ममा कसले ध्यान दिने ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment