Wednesday, November 26, 2008

मन्त्री गोपाल किराँती, कक्षा सात


मन्त्री हुन कति पढ्नुपर्ला ? नेपालको के कुरा, विश्वमै यो प्रश्नको जवाफ शायदै पाइएला । तर नयाँनेपाल निर्माणको कार्यभार काँधमा हालेको गणतन्त्र नेपालको प्रथम सरकारका एक मन्त्रीको शैक्षिक योग्यता छ - सात कक्षा । त्यसो त सबै मन्त्रीको योग्यता खोजी गरिएको छैन । पढेर पास हुन नसके छिमेकबाट सजिलै प्रमाणपत्र आयात गरी सान र मान दुवै थाप्नसक्ने प्रवृत्ति र सम्भावना अझै जीउँदोजाग्दो हुँदाहुँदै उनी भने सगर्व घोषणा गर्छन् - साथीहरूले मेरो कक्षा सातको प्रचार ब्यापक गरिदिनुपर्छ ।
उनी हुन् - संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँती । सोलुखुम्बुको सोताङ गाविस- ९ मा जन्मेका किराँतीले बुर्जुवा शिक्षा बहिस्कार गरेर होइन, गरिबीले पढ्न पाएनन् । कक्षा सात पढ्दापढ्दै दाजु र बाबुको निधन भएपछि किराँतीको पढाइमा पनि पूर्णविराम लाग्यो । जन्मले साइँलो भए पनि कर्मले जेठो बन्नुपरेपछि पढाइलाई सदाका लागि थन्क्याएर उनी लागे ट्रेकिङ मजदूरीमा ।
पढाई कम भए दुई/चार कक्षा आफैाले थपेर भन्दिने माहौल छ । किराँतीले पनि थपेर भन्दिसक्थे - कक्षा दश । आखिर मन्त्रीको मार्कसिट कसले खोज्थ्यो र ? तर उनी सगर्व भन्छन्, "मेरो औपचारिक शैक्षिक डिग्री सात कक्षा मात्रै हो, त्यैपनि सर्टिफिकेट छैन" । त्यसो भए उनले किन आˆनो सात कक्षे शैक्षिक डिग्रीको प्रचार चाहे त ? "पाच/सात कक्षा मात्र पढ्न पाएका वा त्यो पनि नपाएका नेपालीको संख्या करोडौँ छ । उनीहरूलाई पनि हाम्रो संघर्षले प्रेरणा मिलोस् भनेर" स्पष्टीकरणको शैलीमा किराँतीले भने । शैक्षिक डिग्री नहुँदा वा कम हुँदा मानिसहरूमा ग्लानी र लघुताभाषले डेरा जमाउने उनको धारणा छ । विज्ञान र जनदिशालाई अख्तियार गर्न सकेमा धेरै असम्भव सम्भव पार्न सकिने उनको आत्मविश्वास छ ।
औपचारिक शैक्षिक योग्यता कम भए पनि मन्त्री किराँतीको स्वाध्ययन भने निक्कै उच्च छ । औपचारिक पढाईको भोकले होला किराँतीले 'ढाकरका ढाकर' किताब पढेका छन् । संख्यै गन्ने हो भने पुगे होलान् तीनहजार, पैतीस सय । भारी लगाउने हो भने हुँदा हुन् दश ढाकर । विधामा उपन्यास र विषयवस्तुमा संघर्ष किराँतीका राजाई हुन् । कस्तो किताब मनपर्छ छ उनलाई ? 'होण्डुरसका महिलाको हृदयको आवाज' जस्ता । खााट्टी राईबस्तीमा जन्मेहुर्केका किराँतीले खस -नेपाली) बोल्नुमा पनि तिनै उपन्यासको देन छ रे ।
नेकपा -माओवादी) का केन्द्रीय सदस्य किराँतीले माओवादी प्रवेशपछि भने पूरै किताब छिचोल्ने मौका पाएका छैनन् रे । "माओवादीको सदस्य हुनु अगि असाध्यै पढ्थेा । सङ्गठन पनि सानो थियो, काम पनि थोरै" - किराँती भन्छन् । २०६३ मा माओवादी शान्तिप्रक्रियामा आएपछि भने उनले तीनवटा उपन्यास पढ्न भ्याए रे ।
कडा प्रकाश हेर्न नहुने समस्याले उनी टेलिभिजन हेर्दैनन् । रेडियो सुनेर अपडेट हुने बानी पारेका किराँती बीबीसी, नेपाली सेवा र रेडियो नेपालको समाचार हत्पति छुटाउँदैनन । पत्रपत्रिका सर्सती पढ्ने उनी मूल्याङ्कन मासिकको भने विज्ञापन पनि छुटाउँदैनन रे । पढ्न नपाए पनि तिथिमिति सम्झने मामिलामा भने उनी पार्टीमै गनिन्छन् । भन्छन् - आत्मरति जस्तो हुनसक्छ, पार्टीमा कामरेडहरूले तिथिमिति सम्झनेमा मेरो नाम लिने गर्नुहुन्थ्यो ।
के त्यसो भए औपचारिक शिक्षा नहुँदा किराँतीलाई अˆठेरो परेको छ त ? "औपचारिक डिग्री नहुँदा 'लाइफ स्ट्याण्डर्ड' एउटा सेटमा नहुँदो रहेछ । औपचारिक डिग्रीले जीवनशैलीलाई शहरिया दुनियाामा सेट गरेको हुन्छ" किराँतीको भोगाइ छ । माओवादी कार्यकर्ताले विगतमा बुर्जुवा शिक्षा बहिस्कारका नारामा पाठशालाहरू बन्द गराएका थिए । तर किराँती भनाइ अलि बेग्लै छ - 'औपचारिक शिक्षा लिनुपर्छ तर त्यस्तो शिक्षा अरूलाई सताउन प्रयोग गरियो भने म त्यस्तो शिक्षालाई मुर्दावाद भन्छु' ।
अˆठेरोको जवाफ यतिमै पूर्ण हुँदैन । नपढी राजनीतिमा लाग्दा बिगतमा हेपेर भित्तामै पुर्‍याइन्थ्यो किराँतीलाई । भोजपुर, खोटाङमा १३ वर्ष किरात स्वायत्त प्रदेश बनाउन होमिँदा धेरै किराती बुद्धिजीवीसित उनको बहस भयो । विश्वविद्यालयको ढोका टेकेका र देखेका एमाले/कााग्रेसका बुद्धिजीवी भनाउँदाले किराँतीलाई सुझाव दिन्थे रे - 'आइए/बीएसम्म पढेको भए गरि खान्थिस् होला ता मूला पााच/छ कक्षा पढेको नाथे, बरू विदेश गएर पैसा कमा, होइन भने केही गरेर बीएसम्म पढ् ।' के ती सर्टिफिकेटधारी बुद्धिजीवीको अर्ती मानेको भए गोपाल किराँती आज मन्त्री बन्थे ? 'काग कराउँदै गर्छ पिना सुक्दै गर्छ' जस्तैगरी उनले 'जानेको कुरा त गर्न पाइन्छ नि हैन Û' भन्दै राजनीति छाडेनन् । प्रतिवादमा उनले भन्ने गर्थे - 'एमए/पीएचडी गरेकाले लेख्ने 'क' पनि उही हो, मैले लेख्ने पनि उही हो । यति हो धेरै पढ्नेले राम्रो -कलात्मक) लेख्लान्, तर मैले पनि त बुझनिे त लेख्छु नि Û'
संस्कृति संरक्षणको जिम्मा सम्हालेका यी मन्त्रीको किराँती संस्कृतिसँगलपक्कै गाासिएको रक्सिसँगकस्तो सम्बन्ध छ - जान्न मन लाग्यो । 'म रक्सि पिउँछुु' उनले कुराकानीलाई प्रकाशनयोग्य बनाइदिए । मन्त्री भएपछि धेरै जााड, रक्सि, वियर उपहारस्वरुप आएको उनले बताए । तर टाइफाइडले सताउँदा पिउन नपाएको धेरै समय भएको उनले थपे । 'पार्टीमा नेताहरूले लुकी-लुकी रक्सि पिउने चर्चा हुन्थ्यो । म त्यस्तो प्रवृत्तिको विरोधी थिएँ । तर मैले युद्धकालमा फर्मेसनमा कहिल्यै पिइनँ" किराँतीले प्रष्ट पारे ।
त्यसो त लुकीछिपि रक्सि पिउने प्रवृत्ति विरुद्ध धाबा बोल्न नै उनलाई मन लागेको थियो रे । त्यस्तो प्रवृत्तिको भण्डाफोर गर्न उनले लेखै लेख्ने योजना बनाएका रहेछन् - कमरेडहरू म रक्सि पिउँछुु शीर्षकमा । एक/दुई जनासित सल्लाह गर्दा 'त्यस्तो नगर्नु' भन्ने सुझाव पाएपछि पनि उनले लेख लेखी छाड्ने निश्चय गरेका थिए रे । 'तर त्यहीबेला अध्यक्ष प्रचण्डले दुई पेगको 'ओपिनियन' दिनुभयो, त्यसपछि मैले लेख लेखिरहनै परेन' भ्रूणहत्यामा परेको लेखको बारेमा किराँतीले भन्नुभयो ।
पितृदेखि नै रक्सिको सङ्गत गरेकाले होला, कुरा यत्तिमा सिद्धिँदैन । २०५८ तिर पार्टीमा बहस चल्यो - रक्सि नियन्त्रण कि निषेध विषयमा ? किराँती नियन्त्रणको पक्षमा हुनुहुन्थ्यो भने तत्कालीन केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठ निषेधको पक्षमा । बहस बढ्दै भनाभनमा ओर्लियो । "रवीन्द्रजीले मलाई 'तपाईले रक्सि पिउनुहुँदो रहेछ' भन्नुभयो, मैले 'हो, म पिउँछुु' भनेँ । उहाँले 'कम्युनिष्ट पार्टीको सदस्यले रक्सि पिउने' भनेर अनुशासनको कुरा झक्िनुभयो । मैले 'कारबाही गर्नुस्' भनेँ । 'रक्सि निषेध गरियो भने जनजातिसित लडाई हुन्छ, मैले उनीहरूको बीचमा कसरी काम गर्ने ?' प्रश्न गरेँ । पछि विवाद तत्कालीन क्रान्तिकारी जनपरिषद्का संयोजक डा. बाबुराम भट्टराईसम्म पुग्यो । डा. भट्टराईले 'गोपालजी ठीक हुनुहुन्छ, रक्सि नियन्त्रण नै माक्र्सवादसम्मत हो' भन्नुभयो" किराँती संस्कृति अङ्गाल्दाको नोकझोकको बेलीविस्तार उनले लगाए ।
त्यसो भए किराँतीले कति खान्छन् त रक्सि ? "मैले खान खोज्ने त ठीकै हो तर पाहुना जाँदा नियन्त्रित हुन गाह्रो"- आˆनो 'डोज'को जानकारी र बाध्यता दुवै एकैपटक आयो । केही गरी नियन्त्रणभन्दा बाहिर भइहालेमा अपनाउने उनको सुत्र पनि छ उनको । 'पिएपछि सुतिहाल्ने । सुत्ने मेसो मिलेन भने नबोल्ने, स्रोतामात्र बन्ने' ।
मन्त्रालय र पार्टी बाहेकका सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरेका मन्त्री किराँतीको तन्दुरुस्तीको राज पनि अनौठै रहेछ । अरू कपालभाँती, जीम, योगा गर्छन् तर उनी भने तन्दुरुस्तीका लागि गाउँमा हिँड्छन् रे । "काठमाडौँमा सिकिस्त परे पनि ताप्लेजुङ, भोजपुरमा पुगेर हिँड्न थालेपछि 'प|mेस' हुन्छु" तन्दुरुस्तीको रहस्यमयी पोको खोल्दै किराँतीले भने । "तर मन्त्री भएपछि गाउँमा हिँड्न नपाएर हैरान छु" किराँतीले दुखेसो पनि पोखे ।
शुरुमा अलग्गै सशस्त्र संघर्ष थालेका किराँतीले त्यसअगि काठमाडौामा तीन महिना बक्सिङ सिकेका थिए रे । धेरै वर्ष सशस्त्र संघर्षमा बिताए पनि उनले अहिलेसम्म दुईपटक मात्र बन्दूक पड्काएका छन् रे । त्यो पनि भीडन्तमा होइन । "२०५३ सालमा म भूमिगत नभएकै बेला मोरङको एउटा घरमा गएको थिएँ । त्यहाँ बँदेलले बाली खाएर दुःख दिँदो रहेछ । पहिलोपल्ट त्यहीँ बँदेल धपाउन भरुवा बन्दूक पड्काएँ । पछि २०५५ सालमा 'ट्रायल' का लागि तीन राउण्ड रिवल्वर पडकाएँ" किराँतीले फेहरिस्त सुनाए ।
संविधानसभा सदस्य पदलाई असाध्यै सेरेमोनियल ठान्ने किराँतीले मन्त्री पदलाई भने त्यसको ठीकविपरीत 'असाध्यै चाप र ब्यस्त' पाउनुभयो । 'मन्त्री भएपछि नियमिततामा गम्भीर उतारचढावको सामना गर्नुपरिरहेको' किराँतीको दुई महिने अनुभव छ । मन्त्री बनेपछि उनको मनमा कविताको एउटा शीर्षक फुरेको छ । 'प्रक्रियाहरूको हजार जटिलता' । "यो शीर्षकमा कवितै लेख्नुपर्छ भन्ने ठानिरहेको छु" किराँतीले भने ।
मन्त्री पदको ब्यस्तताबाट यदि उनले एक दिनका लागि फुर्सद पाए भने के गर्लान् ? "कमरेड किरणसित दर्शनबारे छलफल गर्छु । बादल कमरेडसित अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अन्तरविरोधबारे कुरा गर्छु । बैरागी काइँलासित साहित्य र कविता बारेमा छलफल गर्छु" किराँतीको एकदिनको योजना यतिमै सकिँदैन । उनले थपे "धर्ममा आस्था राख्ने पण्डित, गुरुहरूसित छलफल गर्न चाहन्छु यदि उनीहरूसित दिनभरि नै छलफल गर्न पाएँ भने उनीहरूलाई 'अहिलेको दुनियाँमा अध्यात्मवाद भौतिकवादको घेराबन्दीमा परिसकेको छ । भौतिकवादको अभावमा अध्यात्मवाद टिक्न सक्दैन । त्यसैले भौतिकवादको सेवामा अध्यात्मवादलाई प्रयोग गर्नुहोस्' भनेर आश्वस्त पार्ने छु " ।
उनलाई मात्र एक दिन फुर्सद मिलेर भएन क्यारे । अरूलाई पनि त फुर्सद हुनुपर्‍यो नि . त्यतिबेला चाहिँ के हुँदो हो "कोही पनि भेटिएनन् भने आराम गरेर दिन बिताउने छु ।"

No comments: