Sunday, November 9, 2008

नसुधि्रएको परराष्टको मति


संघीय गणतान्त्रिक नेपालका प्रथम निर्वाचित प्रधानमन्त्रीको पहिलो अउपचारिक राजनीतिक भ्रमन् टोलीमा पर्दा अउधी खुशी नलागे पनि दुख चाहिँ लागेको थिएन । करिब एक दशकको पत्रकारिता अभ्यासपछि राष्ट्रप्रमुखको विदेश भ्रमन दलमा सामेल हुने मौका जुरेको थियो । भ्रमन टलीमा परे पनि भ्रमन भदौ २९ गतेदेखि हुने समाचारमाध्यमबाटै थाहा भयो । केहीदिन पूर्व आफू संलग्न संस्थाबाट टोलीमा नाम टिपाइएको मौखिक जानकारी दिइएको थियो तर पक्का थिएन । भदौ २७ गते बिहानै केही सञ्चारकर्मी साथीहरूले टेलिफोनमा 'बधाइ छ' भनेपछि भने 'पक्कै परिएछ' जस्तो लाग्यो । तैपनि परराष्ट्र वा अन्य कुनै निकायबाट फोन आउला कि भनेर दिउँसोसम्म कुर्दा पनि कुनै मेसो फेला परेन । भ्रमन दलमा नाम भएका एक सञ्चारकर्मीले 'कसैले केही भन्नेवाला छैन‍' भनेपछि पो स्वपहलको चेत खुल्यो । सूचना तथा सञ्चार मन्त्रालयबाट चिठ्‍ठी बोकेर परराष्ट्र मन्त्रालयतिर दगुरेँ । थाहा छैन के के कर्मकाण्ड पूरा गरनु परने हो ? परराष्ट्रको प्रोटोकल शाखाका अधिकृतले 'नारायनहिटी जानु रातो पासपोर्ट बनाउनु, बाँकी दिल्लीमै भेटौँला' भनेपछि सोझियौँ नारायनहिटीतिर । राहदानी बनाउन, अनुवाद प्रमानित गर्न बसेकाहरुको लामो लाम छिचोल्दै मन्त्रालयका सहयोगी स्वभावका कर्मचारीहरूको कृपाले उसैदिन कुटनीतिक राहदानी बन्यो । भोलिपल्ट शनिबार बिदाको दिन । कसैले केही भन्ने कुरै भएन । प्रधानमन्त्रीको पहिलो राजनीतिक भ्रमनको समाचार सङ्‍कलन गर्रनु पर्ने गम्भीर जिम्मेवारी काँधमा थियो । शनिबार साँभmसम्म पनि प्रधानमन्त्रीको कुन दिन के कार्यत्रmम छ भन्ने पत्तो थिएन तर पाठकलाइ जानकारी दिन जरुरी थियो । परराष्ट्र प्रवक्रता सुरेश प्रधानको मोवाइल उठेन । सरकार पर्वक्ता सञ्चारमन्त्री कृस्नबहादुर महराले 'परराष्ट्र वा प्रधानमन्त्री कार्यालयमा बुझ्न' सुभाव दिनुभयो । उहाँको सुझाव पछ्‍याउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिष्द्‍ कार्यालयका सचिव डा. कुलरत्न भुरतेललाइ सम्पर्क गर्दा 'परराष्ट्र मन्त्रालय वा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारसँग बुझ्न' भन्नुभयो । प्रधानमन्त्रीका सल्लाहकार हीराबहादुर थापाले सामन्ती पारामा 'त्यस्तो जानकारी दिने आधिकारिक माध्यम आफू नभएको' भन्दै टक्टकिनुभयो । आइतबार(सञ्चारमाध्यममा सुनिएअनुसार प्रधानमन्त्रीसहित हामी दिल्ली उड्‍नुपर्ने दिन । तर टुङ्गो थिएन(हामी कति बजे, कुन एयरलाइन्सबाट उड्‍दैछौँ, कति बजे कहाँ भेला हुँदैछौँ ? विदेश भ्रमनका अनुभवी मित्रहरूले 'उड्‍ने दिन परराष्ट्रमा 'बि्रफिङ' हुने' सुझाव दिए । परराष्ट्र पुग्यौँ । कर्मचारीहरू ब्यस्त थिए । बि्रफिङ होलाजस्तो लागेन । कार्रयकर्रम पुस्तिका एक/एक प्रति खल्तीमा च्याप्दै विमानस्थलमा भेला हुने समय निश्चित गरेर घर(घर लाग्यौँ । नेपाल वायुसेवा निगमको नियमित उडान 'आरए २०५' बाट दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्टि्रय विमानस्थलमा उत्रियौँ । प्रधानमन्त्रीको स्वागत भयो, परराष्ट्रका एक अधिकृतले 'मिडिया' लेखेको बाहनमा बसाउनुभयो र पुगियो होटल ताजमहल । प्रधानमन्त्रीसहित सम्पूर्रन प्रतिनिधि टोलीको बसोबासको ब्यवस्था यसैमा थियो । पहिलेका भ्रमनमा प्रतिनिधि टोलीबीच परिचय हुन्थ्यो रे ( साँभमा यस्तै होला कि भन्ने आशा थियो । तर भएन । प्रधानमन्त्रीसित नेपाली उद्यमी र नेपालमा सञ्चालित भारतीय लगानीका उद्योगीहरूसित अलग(अलग छलफल सोही साँझ रहेछ तर कसैले खबर गरेन । समाचार पठाउनका लागि इमेल, फ्याक्स जरुरी थियो । आशा गरेका थियौँ ( सञ्चारकर्मीहरूका लागि कुनै ठाउँमा फोन, फ्याक्स र इण्टरनेटको व्यवस्था होला । तर आशाविपरीत दिल्लीस्थित नेपाली दूताबासका कर्मचारीले त्यस्तो प्रबन्ध नगरिएको जानकारी सगर्व गराउँदै साँझमा एक/एक थान मोबाइलको सिमकार्ड थमाए र अलप भए । भोलिपल्ट बिहानैदेखि प्रधानमन्त्रीको भेटघाट कार्यकरम थियो । कुन कार्यकरम कतिबेला हुने कार्यकरम पुस्तिकामा भए पनि कुन ठाउँमा हुने, कति समय अगाडि पुग्नुपरने, कार्mम हुने ठाउँमा पुग्न कति समय लाग्छ, कार्यकरम सञ्चारकर्मीका लागि वर्जित वा खुला हो, पुस्तिकामा भएका सबै कार्यकरम यथावत‍ छन कि रद्द भए यस्ता कुरामा हामी अन्यौलपूर्न थियौँ । सोचेका थियौँ(परराष्ट्र मन्त्रालय वा नेपाली दूताबासले सञ्चारकर्मीहरूलाइ पथप्रदर्शन गर्न कसैलाइ तोकेको होला । तर त्यस्तो भएन । परराष्ट्र वा दूताबासका कर्मचारीहरूलाइ सोध्दा एकले अर्कोलाइ देखाउँथे । भ्रमन सिद्धिँदासम्म पनि सञ्चारकर्मीको जिम्मा लिने कर्मचारी चिन्न सकिएन । यस्तै भएर हो( प्रधानमन्त्रीको रेलमन्त्री लालु यादवसित हुँदै नभएको भेटको काठमाडौँमा समाचार बनेको । 'फलानो कार्यकरम कतिबेला कहाँ हुँदैछ' भनेर सोध्दा कर्मचारीहरू उल्टो प्रश्न फर्काउँथे 'अझै यहीँ हुनुहुन्छ ?' । एकपटक त दूताबासका अधिकारीसित 'प्रधानमन्त्रीको भारतीय समकछिसित कति बेला, कहाँ भेट हुँदैछ, पत्रकारहरू कतिबेला पुग्नुपर्ने भनेर सोध्दा दूताबासका कर्मचारीले उल्टै थर्काए 'हामी पुगिसक्यौँ । तपार्इहरू अझै त्यहीँ हुनुहुन्छ ? समय ख्याल गर्न जान्नुहुन्न ? अब 'सेक्युरिटी' ले छिर्न दिएन भने म छिराउन सक्दिनँ' । हामी भने जे होला छिर्न नदिए नदियोस्‍ भनेर गाडी चालकलार्इ सोध्दै हैदरावाद भवन पुग्यौँ । त्यहाँका सुरछाककर्मीले 'आउनुहोस‍ हामी तपाइहरुकै स्वागतका लागि बसेका हौँ' भनेर बडो सहृदयपूर्वक छिराए । सञ्चार मन्त्रालयले लेखिदिएको परराष्ट्र मन्त्रालयले तोक लगाएदिएको चिठ्‍ठी बोकेर दिल्ली पुगेका सञ्चारकर्मीहरूको मोज र बेहाल उस्तै थियो । कसैको खाने बस्ने ठेकान थिएन । थर्काउन सक्नेहरूले पाँचतारे होटलको बारमा मदिरा खाएर सञ्चारमन्त्रीको फर्जी नाम र दस्तखत समेत धस्काए । कोही भने भोकभोकै साथीको कोठामा शरन परेर सुते । मन्त्रालयको चिठ्‍ठीको केही काम भएन । त्यसो त प्रनिनिधि टोलीमा परेर पुस्तिकामा नाम छापिएकाहरूले परिचयपत्रबिना नै भ्रमन सिध्याए । प्रधानमन्त्रीको प्रतिनिधि टोलीमा जाने सञ्चारकर्मीहरूको यस्तो हालत हुन्छ भने अरूको के होला ? सञ्चारकर्मीहरूले भोग्दै आएका यस्ता समस्याबाट मुक्त्ति पाउने दिन कहिले आउला ? परराष्ट्र मन्त्रालयका अधिकारीहरूको यतातिर कहिले ध्यान जाला ? भ्रमन सिद्धिए पनि यस्ता प्रश्न ज्यूँदै छन ।

1 comment:

mgrgeen said...

दाइ

नेपाल लाइ जगाउन खोज्नु भएको म खुसि लग्यो तर
छ नि त्यो युनिकोड को प्रोब्लम उस्तै देख्यो क्या । तेस्लाई युनिकोड मा कन्भर्ट गरेर त्यो अक्षर हरु लाई पनि मिलौनुस् न अक्षर् को पछाडी राखेर मेट्दै जानु भो भगे उतम् हुने छ
okey dai make the better wish you luck