हिजो‚ बुधबार कार्यकारी अध्यक्षसित सिंहदरबारभित्रका केही मन्त्रालय चाहार्ने मेसो मिल्यो । शुरुमा सन्चार तेस्पछि सामान्य पर्साशन । सन्चार मन्त्री महरा कार्यकक्षमा थिएनन् । करिब एक घण्टा कुर्दा उनी नआउने पक्का भएपछि कार्यकारी अध्यक्षले सामान्य पर्शासन मन्त्री पम्फा भूषाललाई फोन लगाउनुभयो । भूषालले आउनूस् मातृकाजी । भनेपछि हामी बढ्ऊँ त्यता । करिब एक घण्टाको पर्तीक्षापछि जुर्यो मन्त्री भेट्ने साइत । तर कार्यकारी अध्यक्षलाई मात्र । गोप्य ।
केही मिनेटपछि कार्यकारी अध्यक्ष निस्कनुभयो न्याउरो मुख लाएर । गाडीमा बस्ने बित्तिकै सोधेँ के भयो अध्यक्षज्यू । म पछि तपाइँहरुलाई भन्छु उहाँले भन्नुभयो । मैले ढिपी गर्ने कुरै भएन । म चाँडै संस्थान फर्केँ । अध्यक्षसँगै रहेका साथी सरोज ढुङ्गेललाई पछि बुझ्दा पो थाहा भयो मन्त्री भूषालले समाचारको निहुँमा अध्यक्षलाई हपारिछिन् ।
दिउँसो संस्थानमै गोरखापत्रका सम्पादकीय टीमसित अध्यक्षको बैठक थियो । त्यसमा बोल्ने बहुमत साथीहरुले सो समाचारका बारेमा मन्त्रालयबाट कार्यकारी अध्यक्ष र पर्धानसम्पादकलाई स्पष्टीकरण सोधिएको तथा समाचार छापिएको भोलिपल्ट क्षमायाचना छापिएकोमा आपत्ति जनाए । कुनै बेलाका संस्थानका कार्यकारी अध्यक्षका भान्से भएर संस्थानको सम्पादकीयमा छिरेका एक जनाले त यतिसम्म भने कि त्यो गलत समाचार किन गोरखापत्रमा छापियो ?
अस्तीको दिन नेपाल एफएमको ५ औँ वार्षिकोत्सवको चियापानमा जाँदा पनि केही साथीहरुले तपाइँले त समाचार लेख्दा स्पष्टीकरण दिनुपर्यो रे भनेर सोध्नुभएको थियो । मैले दिनुपरेन कार्यकारी अध्यक्ष र पर्धानसम्पादकले चाहिँ हो भन्ने जवाफ दिएँ मैले ।
सोमबारको साँघुमा माओवादी केन्दीय सदस्य देवेन्द पऊडेलले अन्तरवार्तामा भन्नुभएछ ₋ गोरखापत्रमा जे आयो त्यो सरासर गलत हो । हामी त्यसको छानविन गर्दैछऊँ । ए बाबा त्यो समाचार गलत थियो भने त्यत्रो पार्टी नै लागेर किन छानविन गर्नुपर्यो ? यसबाट पनि समाचारको सत्यता खुल्दैन र ? अझ उहाँले घुसपैठियाले समाचार लेखेको हो कि भन्ने आशङ्का पनि गर्नुभएछ हाँसोलाग्दो । आफ्नो पक्षमा लेखिए सबै ठीक विपक्षमा लेखिए सबै बेठीक ठान्ने उहाँको धारणा मलाई चाहिँ ठीक लागेन । कुनै मासिक पत्रिकाको सम्पादक समेत रहेका उनको बुझाई संकुचित मात्र होइन आपत्तिजनक पनि लाग्यो ।
तेसो त वैद्य पक्षधर सबै नेताको भनाइ अहिले मेरो त्यही समाचारको खण्डनमा केन्दीत देख्छु । वैद्यले त भेला सकिएपछि मेरा सहकर्मी सरोज ढुङ्गेलसित फोनमै गुनासो गरेका थिए रे गोरखापत्रको समाचारले मलाई दुख लाग्यो भनेर । भोलिपल्ट म आफैँ अन्तरवार्ता लिन जाँदा चाहिँ केही कुरा उठाएनन् । तर त्यसपछि लिइएका अन्तर्वार्तामा चाहिँ बारम्बार खण्डन गरेकै छन् ।
कुरो यति बढेपछि मलाई पनि समाचारको श्रोतसँग भेट्न मन लाग्यो र विहीबार भेटेँ । उनले मलाई भेलाको टिपोट गरेको डायरी नै पल्टाएर देखाएपछि म दुई सय पर्तिशत ढुक्क भएर फकिएँ । र सोच्न थालेँ सत्य कुरा छोप्न कति रहर लागेको कामरेडहरुलाई ।
No comments:
Post a Comment