Friday, December 5, 2008

हार्दिक आभार


आदरणीय मित्रहरु तपाईहरु सबैको न्यानो माया‚ सदभाव र मार्गनिर्देशनका कारण समस्त मगर आमसञ्चारकर्मीहरुको संस्था मगर आमसञ्चारकर्मी समाज जिल्ला पर्साशन कार्यालय काठमान्डूमा मिति २०६५ मङसिर २० गते संस्था दर्ता ऐन अनुसार दर्ता भएको छ । समाजको दर्ता नम्बर ५६७ रहेको छ । समाजलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने सबैमा समाज हार्दिक आभार व्यक्त्त गर्दछ ।
मगर समुदायलाई सूचना सञ्चार क्षेत्रबाट सहयोग गर्न यस समाजको स्थापना भएको हो । देशविदेशका मगर आमसञ्चारकर्मीहरुलाई संगठित गर्ने‚ उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा मगर युवाहरुलाई आमसञ्चारको क्षेत्रमा पर्वेश गर्नका निम्ती आवश्यक तालिम‚ सीपको व्यवस्था गर्न यस समाजको स्थापना भएको हो ।
यो समाज मगर संघ‚ संस्था र आमसञ्चार माध्यमबीचको पुल हो । त्यसैले तपाईहरुको सहयोग सुझाव मार्गनिर्देशन बिना समाज अगाडि जानै सक्दैन । समाजले के गरोस् भन्ने तपाईको अपेक्षा छ ? समाजको आगामी कार्यभार कस्तो र के हुनुपर्छ ? लगायतका विषयमा तपाईको अमूल्य सुझावको समाज अपेक्षा गर्दछ ।
सुझावका लागि nkhapangi@gmail.com

समाजका तर्फबाट
नरेश खपाङ्गीमगर‚अध्यक्ष

No comments: