Saturday, December 27, 2008

कोही छ एक छाक भात खुवाउने

२०६० सालमा बहिनी इन्दिरा काठमाडौ आएपछि मलाई धेरै कुराको टण्टा गर्नु परेन । खासगरी घरको कुनै काम मैले हेर्नु परेन । साझ ६ बजे घर आइपुग्दा होस् या राति १२ बजे तात्तातो भात खान पाइन्थ्यो । साउनको झरी होस् या माघको ठण्डी सबै मौसममा सफा कपडा लगाउन पाइन्थ्यो । आदेश गरेकै भरमा मन लागेको कुरा सामू हाजीर हुन्थ्यो । घरको काममा उनले कुनै सिकायत गर्ने ठाउ दिएकी थिइनन् । त्यसैको प्रतिफल मेरो वजन बढेर ६५ किलो पुगेको ।
मैले बहिनीको धेरै माग पूरा गरेजस्तो लाग्छ । थोरै तर महत्वपूर्ण् केही माग भने पूरा गर्न सकेको थिइनँ । त्यसमा मलाई ग्लानी छ । म बहिनीको पढाइ र व्यक्तित्व विकासको गतिप्रति सन्तुष्ट थिइनँ । म चाहन्थेँ बहिनीले राम्रोसित डिग्रीसम्म पढोस् अनिमात्र जागिर खाओस् । बहिनी चाहन्थिन् म मात्र कति घरमा बसिरहने, सानोतिनो केही काम गर्दै पढन पाए दाइलाई पनि धेरै भार नपर्ने आफूलाई चाहिने खर्च पनि मागिरहनु नपर्ने । यहीनेर भएका थियौँ हामी नदीका दुइ किनारा । म अर्ती दिदै जान्थेँ बहिनी अटेर गर्दै जान्थिन् दिन यसरी नै गुज्रदै थियो ।
शुक्रबार बिहान अचानक बहिनीले भनिन् दाइ म केही दिनको लागि घर जाँदैछु । यो उनले निर्णय सुनाएकी थिइन् कि अनुमति मागेकी पत्तो पाइन । मेरो एउटा बुझाई छ कसैले कसैसित केही चीज माग्छ भने पाउँछु भन्ने अपेक्षा गरेरै मागेको हुन्छ । पाउँदिन भन्दाभन्दै किन माग्थ्यो र । दाइको हैसियतले केही लवज लेक्चर दिए पनि मैले उनलाई रोक्नु ठीक ठानिन । उनी गइन् ।
साँझ करिब ७ बजे नै म घर फर्किसकेको थिए । बिजुली थिएन । मैनबत्तीको उज्यालोमा मास्टर मित्रसेन बारेका सामग्री पढ्दै समय कटाएँ । ८.१५ मा बिजुली फर्कियो । खानेकुराको चिन्ता पनि थपियो । राइसकुकरमा भात र प्रेसर कुकरमा दाल बसाए । तरकारीको झण्झण्टतिर आज नलाग्ने निर्णय मनले एकमतले गर्यो । केहीबेरमै प्रेसर कुकरले सिठ्ठी हान्यो तर राइसकुकर भने मौन छ । अजीव लाग्यो । प्रतिक्रियाविहीन राइसकुकरको बटन त कुकमा सार्नै बिर्सिएछ । थुक्क मेरो बुद्धि ॥ आफैले पकाएको खाना नमीठो भए पनि मिहिनेत सम्झेर मीठो लाग्यो । पुसको ठिहीमा भाँडा माझ्ने साहस जुटाउन भने निक्कै गाह्रो पर्यो ।
शनिबार बिहान बेडमा चिया र पत्रिका आएन । कारणा बहिनी थिइनन् । उठेँ, पत्रिका ल्याए । खाँचो थियो चियाको । कफी खाने मन भयो । बिरानो भइसकेको भान्सामा पसियो । तपेसमा पानी बसाइसकेको थिएँ। खोजी भयो चिनी र कफीको । छापा मार्दा चिनी फेला पर्यो तर कफीको रित्तो भाँडो मात्र । दौडेँ पसलतिर । फर्केर आउँदा पनि पानी उम्लेको नपाउँदा आश्चर्य लाग्यो । उम्लने बेला हुँदै होला भनेर धैर्य गरेँ । त्यसपछि पनि नउम्लँदा आँखा च्यातेर तपेस नियालेँ फेदतिर रातो हुँदै थियो । बल्ल निश्चित भयो पानी सुकेर भाँडा मात्र रन्कँदै रहेछ । आफ्नो कमन सेन्स देखेर आफैँलाई टीठ लाग्यो ।
बिहान प्राय म खाना खादिनँ । त्यसैले कुनै अफ्ठेरो परेन । साँझमा घरमा भात पकाउने मनसाय सहित ६ बजे नै फर्के । बाटोमा बहिनी उपमा श्रेष्ठ भेटिइन् । उनले आज साँझ भात खुवाउछु दाइ भनिन् । ढुंगा खोज्दा द्यौता मिल्यो । उपमा बहिनीले मलाई भात मात्र खुवाइनन् तेस्रो नेत्र पनि खुलाइदिइन् । त्यसैले अब म ती इष्टमित्र जसले मलाई एक छाक भात खुवाउछन् तिनीहरुको सूची तयार गर्दैछु ।

2 comments:

Saloja said...

maile tapaiko Kohi 6 1 chhak vat khaune sirsakko lekh jastai ...... pade. Lekhaima maile khi comment gardina. tara 1ta sarai dukkha lageko6 . jun kurale malai pahilai dekhi 6un6. bahirako sabai kam vauneharulai Kotha vitrako kam garne jimmawarinai nadiyeko saskarle ho. yedi saskar r samajle Ktaharulai jastai hamilai pani 6ut diyeko thiyo vane testai garthau hola. tara aba Bujhnu parne kura chai man6e afu bachna ko lagi aruko mukh takne chalan 6odnu par6 vanne lag6.
Deep saloj

Naresh said...

धन्यवाद सलोजा जी कमेन्ट र सल्लाहका लागि । हामिले गलत र अव्यवहारिक संस्कारलाई हटाउँदै जानुपर्छ भन्ने नै मेरो पनि मान्यता हो । हेरौँ कति हदसम्म सकिन्छ ।