केही दिन अगाडि पत्रपत्रिकामा नेपाल टेलिकमको विज्ञापन छापियो । त्यसो त पत्रपत्रिकामा टेलिकमको विज्ञापन नछापिएको दिन नै हुँदैन भने पनि हुन्छ । विज्ञापन बजारमा टेलिकमले निक्कै मोटो योगदान दिएको कुरा घामजस्तै र्छलग छ । वर्षा अर्बौँ रुपियाँको, हजारौँ विज्ञापन छापिन्छन् टेलिकमको । तर चासो किन त्यही एउटा विज्ञापनको - कारण स्पष्ट छ टेलिकमको सेवा लिने लाखौँ सेवाग्राहीमध्ये यो पंक्तिकार पनि एक हो । एउटा सेवाग्राहीको मर्ममा ठाडै प्रहार गर्ने विज्ञापन टेलिकमले विभिन्न पत्रपत्रिकामा छपायो । विज्ञापनको पेटबोलीमा भनिएको छ टेलिकमको काउण्टरहरुमा भीड नगरौ, बैँकमार्फ् टेलिफोनको महसुल भुक्तानी गरौँ । टेलिकमका सेवाग्राही सबैलाई थाहा भएकै कुरा हो उनीहरुले टेलिकमबाट सेवा लिएका हुन् बैँकबाट होइन । उनीहरु टेलिकमका सेवाग्राही हुन् बैँकका होइनन् । मारवाडी साहुजीहरुको पसल हुँदो अहिले पनि दिव्यवाणी टाँगिएको हुन्छ ग्राहक भनेका भगवान हुन् । तर टेलिकम भने आफ्ना ग्राहकलाई अनावश्यक ठान्छ । ग्राहकहरुलाई आफ्नो काउण्टरमा बिल तिर्न नआउनु भन्छ । उल्टो अर्कै कम्पनीमा गएर बिल तिर्नु पो भन्छ । यो त मेरो घरमा खानु छिमेकीको बारीमा गएर आची गर्नु भनेजस्तो भएन र - बैँकमा चाहिँ भीड नै नहुने भए त ठीकै थियो । त्यहाँ पनि लामो लाइन नछिचोलि काउण्टरमा पुग्नु भाग्यशाली चिठ्ठा पर्नुजस्तै हो । टेलिकम आफैँले चाहिँ आफ्ना ग्राहकलाई आफ्नो काउण्टरमा नआउनु भनेर उर्दी जारी गर्नसक्छ भने नाफा कमाउन बसेका ती निजी बैँकहरुलाई लाखौँको कारोबार गर्ने आफ्ना ज्वाइँजस्ता ग्राहक छोडेर सयरहजार रुपियाँ बुझाउने टेलिकमका नाथे ग्राहकलाई कति दिनसम्म पुछ्लान र - भोलि यिनले पनि एउटा ए फोर पेपरमा प्रिण्ट गरेर ढोकैमा टाँसिदिनेछन् टेलिकमको पैसा बुझ्ने सेवा बन्द गरिएको छ कृपया टेलिकममै बुझाउनुहोला असुविधाका लागि क्षमाप्रार्थी छौँ । आखिर बैँकहरु टेलिकमका ग्राहकप्रति उत्तरदायी बन्नुपर्ने कुनै कारण नै पनि त कहाँ छ र - टेलिकमलाई यस्तो विज्ञापन छपाउने आइडिया चाहिँ कसले दियो । यसलाई बैँकबाट पनि टेलिफोनको बिल बुझाउन सकिन्छ भनेर पनि त छपाउन सकिन्थ्यो । त्यस्तरी छपाउँदा टेलिकमको के चाहिँ बिग्रिन्थ्यो - अर्को कुरा बैँकबाट बिल बुझाउने चेतना र क्षमता कति ग्राहकको होला । दशकौँदेखि टेलिकमको ढोका धाएका कतिले पो देखेका होलान् र बैँक - टेलिकममा महसुल बुझाउँदा जति ढुक्क हुन्थ्यो बैँकमा बुझाउँदा हुँदैन । यो पंक्तिकार स्वयम्ले यस्तो अनुभूति गर्न पाएको छ । कहिले कहिले टेलिकम जान नपाउँदा पंक्तिकार बैँकमार्फ् महसुल भुक्तानी गर्छ तर घण्टौँसम्म, कहिले त केहीदिनसम्म बा नाम र खाता नम्बर मिलेन कि भन्ने शंका मनमा लिन बाध्य हुनुपरेको छ । त्यसो त भन्न जति सजिलो भए पनि बैँकमार्फ् गरिएको भुक्तानीको तुरुन्तै कार्यान्वयन भने भएको पाइँदैन । पंक्तिकारकै अनुभवमा भन्नुपर्दा टेलिकममा महसुल बुुझाएको दुइघण्टापछि खुल्ने फोन बैँकमा महसुल बुझाएको केहीदिन बित्दासम्म पनि खुल्दैन । दुनियाँ गतिशील छ । सबैलाई समयको गति पक्रनु छ । पैसा बुझाउनासाथ टेलिकमले फोन खोलिदिनुपर्ने हो तर घण्टौँसम्म नखोलिदिँदा ग्राहकमा परेको हानीको क्षतिपूर्ति कसले दिने - त्यसो त टेलिकमको सफ्टवेयरले पनि कहिलेकाहीँ विचित्रै गर्छ । अघिल्लो दिन फोन वान् वे बन्द गर्छ भोलिपल्ट टू वे बन्द । कहिले त बिना सूचना एकैपटक टू वे बन्द । प्रिपेड मोवाइल बोक्नेको पनि हुमत लिएको छ टेलिकमले । ब्यालेन्स २० रुपियाँ भन्दा ओरालो लाग्यो कि फोन आए, गए पिच्छे, एसएमएस पाए, पठाए पिच्छे रिचार्ज गरिहाल्न सन्देस पठाउँछ । रिचार्ज गरेन भने फोन गर्न, एसएमस गर्न पाइदैन । ग्राहकलाई यो थाहा भएकै कुरा हो । जानकारी दिन एकपटक भने पुग्छ पटकैपिच्छे यसरी साहुको दामासाहीमा परेको आसामीजस्तो गरी कडिकडाउ गर्न मिल्छ - यो पंक्तिकारको आइडिया त फरक छ । टेलिकम, विद्युत प्राधिकरण, खानेपानी अड्डाहरुले अब पहिलेजस्तो ग्राहकबाट महसुल असुल्ने तरिका विघटन गर्नुपर्छ । पहिलेजस्तो ग्राहक अड्डा अड्डा धाउने होइन अब ग्राहकको दैलोदैलो, घरघरमा अड्डाका प्रतिनिधि गएर महसुल संकलन गर्नुपर्छ । त्यसोगर्दा महसुल असुली प्रभावकारी बन्ने त छँदैछ बेरोजगार बनेका लाखौँ युवाले प्राण बचाइराख्ने त्यान्द्रो पनि पाउने छन् । कस्तो लाग्यो त यो आइडिया तपाईलाई -
बहिनी घर गएको आज पाँचौँ दिन । शुक्रबार बहिनीले मेरो साथ छाड्दा लागेको थियो अब म बेबारिस हुने भएँ । कतिबेला घर जाने, कतिबेला खाना पकाउने कतिबेला खाने, कतिबेला काम गर्ने, कतिबेला सुत्ने - मेरो व्यक्तिगत व्यवस्थापन नै डाबाडोल भइहाल्ला कि जस्तो लागेको थियो । पहिलो दिन आफैँ खाना पकाएर खानुपर्दा निक्कै अलमलिएको थिएँ म । कुन सामान कता कुन समान कता मात्र होइन कुन पहिले गर्नुपर्छ कुन पछि गर्नुपर्छ समेत झुक्किएको थिएँ । साथीहरु हेलिना र सुष्माले केही समयलाई त हो नि भनेर मलाई बाहिरै खान सल्लाह पनि दिएका थिए । तपाईलाई धेरै धपेडी हुने भयो भनेर चिन्ता पनि गरेका थिए । उनीहरुले माया गरेर दिएको सल्लाहले म झन् आत्तिएको थिएँ। आज समेत चौथो दिन हो मैले घरैमा आफैले पकाएर खाएको । पहिलो दिन विरक्त लागेपछि दोस्रो दिन एकजना बहिनी कहाँ शरण परेको थिएँ । भोलिपल्ट बिहानै मलाई परेको मर्का फेसबुकमा पेश गरेको पनि थिएँ । फेसबुकमा पोस्ट गर्नुअघि दोमन भएको थियो । पोस्ट गरुँ कि नगरुँ - गर्दा आफै अल्छि ठहरिने नगरुँ मनमा लागेको जो छ । अन्ततः फेसबुकमा पोस्ट भयो । बदलामा शुभेच्छुकहरुबाट अमूल्य सुझाव पनि पाएँ । अग्रज दाइहरु, साथीहरुबाट मैले फेसबुकमा जे जस्तो सल्लाह र प्रतिक्रिया पाएँ । त्यसप्रति म असाध्यै ऋणि छु । ती सबैले मलाई आफैँ पकाएर खान मात्र होइन आफ्ना आवश्यकताका कामहरु सकेसम्म आफैँ गर्न प्रोत्साहित गरेको छ । आज दिल्लीबाट सहकर्मी ओम थापा नेपाल र्फकनुभयो । बेलुका साढे नौ बजे उनलाई अनामनगर छोड्दा उनले आज यतै बसौँ राति गएर एक्लैलाई के भात पकाइरहनु भनेर निक्कै कर गरेका थिए । उसो त उनले दिल्ली छँदै फेसबुकमा मेरो बिलौना पढेर आफू आएरपछि सबै ठीक्क भइहाल्ने आश्वासन पनि दिएका थिए । तर किन किन फेसबुकमा भात खुवाउने इष्टमित्रको खोजी गर्ने ममा उनीहकाँ बस्न इच्छा लागेन । घरै गएरै आफैँ पकाएर खानु नै बेस लाग्यो । अचेल खाना पकाउनु, भाडा माझ्नु, लुगा धुँदा अल्छी लाग्दैन बरु जाँगर पो लाग्न थालेको छ । आफ्नो आवश्यकताको काम आफैँ गर्नुपर्छ भन्ने जिम्मेवारी पो बोध हुन्छ । यी सबै पहिले किन बोध हुँदैनथ्यो - समीक्षा गर्न मन लाग्छ । अनि समीक्षा यस कोणबाट पनि गर्न मन लाग्छ के मैले फेसबुकको तलाउमा ढुंगा नहानेको भए र शुभेच्छुकहरुले त्यसरी सुझाव नदिएको भए मेरो चेत यति छिट्टै फिथ्र्योहोला - धन्य फेसबुक, धन्य आदरणीय शुभेच्छुकहरु , धन्य ती अमूल्य सुझावहरु र अन्त्यमा धन्य म --- आखिर म भएर नै त यी सब भा छन् ।
२०६० सालमा बहिनी इन्दिरा काठमाडौ आएपछि मलाई धेरै कुराको टण्टा गर्नु परेन । खासगरी घरको कुनै काम मैले हेर्नु परेन । साझ ६ बजे घर आइपुग्दा होस् या राति १२ बजे तात्तातो भात खान पाइन्थ्यो । साउनको झरी होस् या माघको ठण्डी सबै मौसममा सफा कपडा लगाउन पाइन्थ्यो । आदेश गरेकै भरमा मन लागेको कुरा सामू हाजीर हुन्थ्यो । घरको काममा उनले कुनै सिकायत गर्ने ठाउ दिएकी थिइनन् । त्यसैको प्रतिफल मेरो वजन बढेर ६५ किलो पुगेको । मैले बहिनीको धेरै माग पूरा गरेजस्तो लाग्छ । थोरै तर महत्वपूर्ण् केही माग भने पूरा गर्न सकेको थिइनँ । त्यसमा मलाई ग्लानी छ । म बहिनीको पढाइ र व्यक्तित्व विकासको गतिप्रति सन्तुष्ट थिइनँ । म चाहन्थेँ बहिनीले राम्रोसित डिग्रीसम्म पढोस् अनिमात्र जागिर खाओस् । बहिनी चाहन्थिन् म मात्र कति घरमा बसिरहने, सानोतिनो केही काम गर्दै पढन पाए दाइलाई पनि धेरै भार नपर्ने आफूलाई चाहिने खर्च पनि मागिरहनु नपर्ने । यहीनेर भएका थियौँ हामी नदीका दुइ किनारा । म अर्ती दिदै जान्थेँ बहिनी अटेर गर्दै जान्थिन् दिन यसरी नै गुज्रदै थियो । शुक्रबार बिहान अचानक बहिनीले भनिन् दाइ म केही दिनको लागि घर जाँदैछु । यो उनले निर्णय सुनाएकी थिइन् कि अनुमति मागेकी पत्तो पाइन । मेरो एउटा बुझाई छ कसैले कसैसित केही चीज माग्छ भने पाउँछु भन्ने अपेक्षा गरेरै मागेको हुन्छ । पाउँदिन भन्दाभन्दै किन माग्थ्यो र । दाइको हैसियतले केही लवज लेक्चर दिए पनि मैले उनलाई रोक्नु ठीक ठानिन । उनी गइन् । साँझ करिब ७ बजे नै म घर फर्किसकेको थिए । बिजुली थिएन । मैनबत्तीको उज्यालोमा मास्टर मित्रसेन बारेका सामग्री पढ्दै समय कटाएँ । ८.१५ मा बिजुली फर्कियो । खानेकुराको चिन्ता पनि थपियो । राइसकुकरमा भात र प्रेसर कुकरमा दाल बसाए । तरकारीको झण्झण्टतिर आज नलाग्ने निर्णय मनले एकमतले गर्यो । केहीबेरमै प्रेसर कुकरले सिठ्ठी हान्यो तर राइसकुकर भने मौन छ । अजीव लाग्यो । प्रतिक्रियाविहीन राइसकुकरको बटन त कुकमा सार्नै बिर्सिएछ । थुक्क मेरो बुद्धि ॥ आफैले पकाएको खाना नमीठो भए पनि मिहिनेत सम्झेर मीठो लाग्यो । पुसको ठिहीमा भाँडा माझ्ने साहस जुटाउन भने निक्कै गाह्रो पर्यो । शनिबार बिहान बेडमा चिया र पत्रिका आएन । कारणा बहिनी थिइनन् । उठेँ, पत्रिका ल्याए । खाँचो थियो चियाको । कफी खाने मन भयो । बिरानो भइसकेको भान्सामा पसियो । तपेसमा पानी बसाइसकेको थिएँ। खोजी भयो चिनी र कफीको । छापा मार्दा चिनी फेला पर्यो तर कफीको रित्तो भाँडो मात्र । दौडेँ पसलतिर । फर्केर आउँदा पनि पानी उम्लेको नपाउँदा आश्चर्य लाग्यो । उम्लने बेला हुँदै होला भनेर धैर्य गरेँ । त्यसपछि पनि नउम्लँदा आँखा च्यातेर तपेस नियालेँ फेदतिर रातो हुँदै थियो । बल्ल निश्चित भयो पानी सुकेर भाँडा मात्र रन्कँदै रहेछ । आफ्नो कमन सेन्स देखेर आफैँलाई टीठ लाग्यो । बिहान प्राय म खाना खादिनँ । त्यसैले कुनै अफ्ठेरो परेन । साँझमा घरमा भात पकाउने मनसाय सहित ६ बजे नै फर्के । बाटोमा बहिनी उपमा श्रेष्ठ भेटिइन् । उनले आज साँझ भात खुवाउछु दाइ भनिन् । ढुंगा खोज्दा द्यौता मिल्यो । उपमा बहिनीले मलाई भात मात्र खुवाइनन् तेस्रो नेत्र पनि खुलाइदिइन् । त्यसैले अब म ती इष्टमित्र जसले मलाई एक छाक भात खुवाउछन् तिनीहरुको सूची तयार गर्दैछु ।
नोभेम्बर २ २००८ मा गोरखापत्रमा एउटा विज्ञापन छापियो जङ्गी अड्डाको नाममा । विज्ञापनको पेटबोलीमा थियो नेपाली सेनामा करिब दुई हजार जना सिपाहीँ भर्ती लिने । दुई दिन छापियो त्यो विज्ञापन । विज्ञापनले कताकता दिमागमा शङ्का जन्मायो । सेना समायोजनको यत्रो बहस भइरहेको बेलामा यो विज्ञापन कसरी र किन आयो ।
सामान्य बुझाईमा पनि नेपाली सेना करिब एक लाख छन् र शिविरमा जनमुक्ति सेना करिब १९ हजार । सबै जोड्दा पुग्छ सवा लाख । बेलाबेलामा साथीभाइले बहसका पर्रा बर्साउँछन् नेपालजस्तो देशमा यतिधेरै सेना किन चाहियो । न भारतसित युद्ध लड्न सक्नु न चीनसित । नेपालभित्रै चलेका सशस्त्र युद्ध रोक्ने त विगतका अनुभवबाट नै साबित भइसकेको छ । त किन चाहियो यत्रो बगाल ।
नेपाली सेनाबाट करिब एक वर्षअघि निवृत्त हुनुभएका मोहन थापा दाइसित पनि सल्लाह भयो । उहाँले पनि यस्तो भर्ती खोल्नु शान्ति सम्झौता विपरीत भएको सम्झौताको धारा पल्टाउँदै व्याख्या गर्नुभयो । रक्षा मन्त्रीसित पनि सजातिय साइनो भएकाले कोट लिन सजिलै हुने ठानेको थिएँ । विज्ञापनको कटिङ र सम्झौताको प्रति गोजीमा कोचिसकेको थिएँ । एकातिर मनमा फूर्ति थियो अर्कोतिर कार्यालयमा कहिले नयाँनेपालको संयोजन त कहिले रिपोर्टिङको असाइमेन्ट लगाउने तरिका हेर्दा मलाई दिक्क लाग्थ्यो । मैले मात्र किन यस्तो डब्बल काम गर्नपर्ने । मेरो दिमागमा यो वाक्यले स्थायी घर जमाइसकेको थियो । जे काम गर्नुपर्दा पनि मलाई लाग्थ्यो मैले मात्र यो काम किन गर्नुपर्ने ।
यिनै प्रश्नहरुले समयमै उचित समाधान पाउन नसक्दा यो समाचार बाघ मार्ने हुँदाहुँदै पनि आफैँ शहीद बन्यो । विज्ञापन र सम्झौताका कटिङहरु लुगासँगै धोइए । कुनै पत्रिका टिभीका साथीलाई मैले बरु यो इस्यु बन्न सक्छ भनेर टिप्स दिएको थिएँ । तर उनले पनि यो इस्यु उठाए उठाएनन् थाहा भएन । पत्रपत्रिकामा यो एङ्गलबाट समाचार आएनन् आए त यतिले आवेदन दिए । मधेसीले रुचि देखाएनन् यस्तैयस्तै । जब बुटवलमा माओवादी सेनाका डेपुटी कमान्डर बलदेवले नेपाली सेनाले भर्ती नरोके जनमुक्ति सेनाले पनि भर्ती खोल्ने अभिव्यक्ति दिए तब यो इस्यु बल्ल समातियो । संयुक्त राष्टसंघका महासचिवका विशेष प्रतिनिधी इयान मार्टिनले भोलिपल्टै विज्ञप्ति प्रकाशित गरेर नेपाली सेनाको सो कार्य शान्ति सम्झौता विपरीत भएको प्रष्ट गरे । सेनाले पनि अर्को विज्ञप्ति जारी गर्दै भागेका मारिएका राजीनामा दिएकाहरुको ठाउँमा सो भर्ती गर्न लागिएको बतायो ।
करिब तीन दिनलाई मसला बन्यो यो घटना नेपाली मिडियालाई । बिर्सिसकेको न्यूज आइडिया फेरि तरोताजा भयो मानसपटलमा । यतिबेला पो मलाई महसुस भइरहेको छ त्यो छुटेको समाचारको । जो मैले सोचेको करिब डेढ महिनापछि सार्वजनिक भयो नेपाली मिडियामा । यतिबेला यो पनि महसूस भयो समाचार भनेको कुनै जबरजस्ती र करकापमा जन्मने होइन न त कुनै फर्मालिटीमा नै । प्रधानसम्पादक र प्रमुख समाचारदाताले आफ्ना समाचारदातामध्ये कसको खुबी के हो कति छ र कसरी के काममा लगाउने तरिका ठीकसित नजान्दा स्कूप समाचारहरु पनि गर्भमै हराउँदा रहेछन् । मलाई अहिले यही तत्वबोध भइरहेको छ ।
मित्र नविन विभाषको ब्लग हेरे । छोटाछोटा तर चोटिला उनका लेखाइ देखेर डाह लाग्छ मलाई । उनले धेरैसमय अपडेट नगर्दा पनि म उनको ब्लगको नियमित पाठक थिए म । अचानक यही शर्ीष्ाकमा लेखिएको सामग्री पढेपछि मलाई पनि केही लेख्न मन लागिरहेको थियो । तर कहिले जागर नहुने कहिले बिजुली नहुने समस्या खलनायक थियो । फेसबुकका असिम भाइ नाम गरेका नविनका एक शुभचिन्तकले लेखेको पनि हेरे लेखाइ खदिलो नै लाग्यो । नविनसित उति लामो चिनाजानी छैन मेरो । केही वर्षपहिले संकटकालको समयमा उनलाई सुरक्षाकर्मीले आधारातमा पाहुना बनाउदा मगर विद्यार्थीको तर्फाट मैले नै विज्ञप्ति जारी गर्नेदेखि अन्य काम समेत गर्नुपरेको थियो । यतिबेलासम्म न उनले मलाई चिन्थे न मैले उनलाई नै । केही महिना भैरवनाथ गणको पाहुना बनेर छुटकारा पाएपछि हामी एकआपसमा परिचित भयौ र अहिले हामी एउटै संस्था मगर आमसञ्चारकर्मी समाजमा पनि आवद्ध छौ । केही समय पहिले पत्रकार मित्र जेबी पुनमगरसित यस्तै थरका बारेमा छलफल भएको थियो केही साथीहरुले आफ्नो वास्तविक थर नलेखेर अनेक उपनाम लेख्ने गरेकोमा हामीले चिन्ता व्यक्त गरेका थियौ । जस्तो उदय जीएम, राजकुमार बगर, एमबी आस्था, नविन विभाष, टीकाराम उदासी, भावेश भुमरी आदिआदि । सूचना, साहित्य र सञ्चारको क्षेत्रमा औलामा गन्न सकिने मगरहरु पनि यसरी मगर लेख्न छाडेर अनेक उपनाममा बाधिन थालेकोमा हाम्रो आपत्ति थियो । त्यसो त जेबीले पनि कहिल्यै असली नाम झकबहादुर पुन पत्रिकामा छपाएनन् । मैले पनि असली तर लामो नाम नरेशकुमार खपांगीमगर कहिल्यै छपाउन सकिन । पुरानाम मगर पत्रकारहरु लोकदीप थापा, खिलध्वज थापाले कहिल्यै मगर लेखेनन् । बसन्त थापाले बरु ऋतुराज लेखे मगर लेखेनन् । नाममा मगर लेखेर समुदायमा नाम कमाएका उजिर मगरले पनि असली असली नाम इन्द्रप्रसाद बुढाथोकी कहिल्यै छपाएनन् । केही पुस्तक लेखिसकेका दीपक थापाले पनि मगर लेखाएनन् । यस पृष्ठभूमिमा नविन विभाष किरण पुन भएकोमा मलाई कताकता खुशी पनि लाग्यो । नविन विभाष छदाजस्तो अब उन उनलाई तिमी के जातका हौ भनेर कसैले नसोध्लान् नि - मगर भित्रका केही थरहरु जो अन्य जातिका थर उपथरहरुमा मिल्दैनन् त्यसमध्ये पुन पनि एक हो । तर नविनको २०-३० वर्षा जुन पहिचान नविन विभाषबाट बनेको थियो त्यसलाई एकाएक ध्वस्त बनाउनु भने मलाई उचित लागेन । थाहा छ नविनको यसमा केही दोष छैन र उनले नविन विभाष लेख्न नचाहेका पनि होइनन् तर जुन पब्लिकेसन हाउस जहा नविन रोटी पकाउछन् त्यसले लिएको नीति भने ठीक होइन । तिनै नारायण वाग्ले केही महिना अघिसम्म कान्तिपुरको सम्पादक थिए त्यतिबेला उजिर मगर, अमृत भादगाउले लगायतको नामबाट रचना छापिएकै थिए । अहिले कुन मौलिकताका लागि उनले यस्तो नीति लिएका हुन् - नामलाई संसारमै व्यक्तिको अधिकारका रुपमा लिइन्छ त्यसैले व्याकरणीय नियम उपनियमलाई व्यक्तिले छाला काड्दै आफ्नो प्रभुत्व जमाउछ । तर दैनिकीले के नया प्रयोग देखाउन खोजेको हो त्यसपछिको तर्क के हो - आफ्ना समाचारदातालाई त दैनिकीले त्यो नियममा कज्याउन सक्ला तर के लेखक, स्तम्भकारलाई पनि उसले यही ढुंग्रोभित्र छिराउन सक्छ - विमल निभालाई विमलकृष्ण श्रेष्ठ, अभि सुवेदीलाई अभिनारायण सुवेदी, तुलसी दिवसलाई तुलसीप्रसाद जोशी, मोदनाथ प्रश्रतिलाई मोदनाथ पौडेल लेख्न सक्छ - के उल्लिखित व्यक्तिहरु पनि नविनले झै आत्मर्समर्पण गर्न सक्लान - लेखक, स्तम्भकारको मात्र होइन दैनिकीमा प्रकाशित हुने कुनै पनि सामग्रीमा कुनै पनि व्यक्तिको उपनाम छापिएन भने मात्र सो नियमले केही खालो सारेको महसूस होला हैन भने हिड्ने गोरुको पुच्छर निमोठ्ने बाहेक केही ठहरिने छैन ।
गाउँमा म्याट्रिक छिचोलेर जतिबेला चारभञ्ज्याङ छिरियो मोबाइल नामको बेतारे फोनको नेपालमा जायजन्म नै भाको थिएन । थियो त त्यही तार्लाङतुर्लुङ ल्यान्ड फोन । त्यही पनि भनेको खोजेको बेलामा नपाइने ज्यादै महङ्गो । गायिका कविता आलेमगर दिदी भन्नुहुन्थ्यो काठमाडौँमा शुरुमा फोन राख्नेहरुमा स्वर्गिय गायक अरुण थापामगरको परिवार पनि हो रे । देख्दादेख्दै पोष्टपेड मोबाइल फोन आयो । सेवा लिँदा करिब पचास हजार गन्नुपर्ने । अनि सेटको तौल थियो होला पुननपुग एक किलो । त्यतिबेला म काम गर्ने माछापुच्छ्रे पस्मिनाका साहुजीहरु हाल नेपाल बार एसोसिएसनका महासचिव रमनकुमार श्रेष्ठसमेतले ४० हजार जति तिरेर मोबाइल जोड्दा लागेको थियो साला मेरो यस्तो दिन कैले आउला । कुर्दै जाँदा प्रिपेड फोन आयो त्यतिबेला मन एकसय अस्सी डिग्री घुमिसकेको थियो लाग्थ्यो मोबाइल बोक्दैमा ठूलो मान्छे भइँदैन । त्यतिबेलासम्ममा पत्रकारितासँग नशा जोडिइसकेको थियो । यो यस्तो पेशा जस्मा आफ्नो लागि नचाहिए अर्कैको लागि भए पनि फोन चाहिने । पहिलोचोटी एक जना साथिले उहाँकै नाममा रहेको सीम चलाउन दिनुभएको थियो र सेट चाहिँ जुटाएको थिएँ कुनै समयका रुम पार्टनर हाल बेलायत निवासी चित्रबहादुर गर्बुजाबाट । नोकियाको सेट पठाइदिनुभएको थियो उहाँले मित्रताको चिनोको रुपमा । बल्ल बानी पर्दैथ्यो राजा ज्ञानेन्द्रको सनकमा परेर सारा मोबाइल सेवा नै विश्राम लिन पुगे धेरै समय । प्रिपेड मोबाइल बन्द गर्ने र पोष्टपेड मात्र चलाउन दिने भने पछि मानिसहरु खान सुत्न छाडे र रातदिन लाम बसे टेलिकम कार्यालय वरपर । भीड देख्दा लाग्थ्यो यी मान्छेहरुलाई खाने सुत्ने होइन बोल्ने सेवाको अभाव रैछ । मेरा केही साथीहरु आँखा नझिम्क्याएरै लाइन बसे । मेरो नागरिकता सरकारी अधिकृतले बेलैमा प्रमाणित नगर्दिँदा लाइनमा परिनँ । चिनेका साथीभाइले समेत नागरिकता प्रमाणित नगर्दिँदा रन्थनिएको मेरो समस्यामा मलम पट्टी लाइदिएका थिए एउटै घरमा बहालमा बस्ने सहबासी माधव दाहालले । मालपोत कार्यालय ललितपुरका खर्दार उनले एक अधिकारी थरका अधिकृतलाई अनुरोध गरेर काम सकाइदिएका थिए । लाग्छ माधव दाइसित भेट नभएको भए मैले मोबाइल बोक्थेँ कि बोक्थिँन । सहकर्मी शेषकान्त पन्डितजीकी भाउजु टेलिकम कर्मचारी भएकाले अलि सजिलो भयो । दुईतिर लाइनको बीचमा चेपिएर मैले गोमा भाउजुलाई पैसा र कागज हात लाइदिएँ । एकछिनपछि भाउजुले थैलीमा लुकाएजस्तै गरेर सिमकार्ड दिनुभयो । लाइन नबसी सिम पाउँदा गर्वले छाती फुलेर आयो । साथीहरुलाई धाक लाउन पनि पछि परिएन । कहिले काटिँदै कहिले जोडिँदै ९८५१०९९९२९ ले घरपरिवार विदेशमा बसेका दाइ कार्यालयका हाकिम र सहकर्मीसँग गाँसि नै रह्यो । अनेक संक्रमण झेलेर आएको यो फोन अहिले त मलाई लाग्न थालेको छ कतै म थाम्न सक्दिनँ कि । अघिल्लो महिना करिब १५ दिन यस्ले खुराक पाएन । असाध्यै पीडाबोध भयो मलाई । केही साथीभाइ र ब्लगमा पनि पोखेँ यो पीडा । गोरखापत्रको नयाँनेपालमा काम गर्ने साथीहरुले हामी दामासाही उठाएर भएर पनि तपाईको फोनको बिल तिर्दिन्छौँ भन्दा एकातिर मेरो पनि कोइ रछ जस्तो लाग्यो भने अर्कोतिर के म साँच्चै भीखमङ्गा भइसकेँ त भनी सोच्न बाध्य तुल्यायो । शुरुमा डिपोजिट बुझाउन र नियमित महसुल बुझाउन बाहेक सेट किन्नमा मैले आजसम्म खर्च गर्न परेको छैन । दाइले मलेसिया र भारतबाट उपहार ल्याइदिएका महंगा सेट मैले नै हराइदिएँ । तैपनि म निराश छु मोबाइल कसरी चलाउने तरिका मैले जानिनँ । कार्यालयका केही साथीहरुले मोबाइललाई पेजर बनाएका छन् त्यसैगरी चलाउने हो कि बोल्ने र सुन्नेगरी चलाउने हो । कसैसित उपाय भए सुझाइदिनु हुन्छ कि ।
प्रकृतिले ठगेर हो वा पुरस्कृत गरेर हो जन्म भयो सुदूरपूर्वको ताप्लेजुङ जिल्लाको कुनै पाखोमा । जहाँ मेला पातमा नाचिन्थ्यो पालाम । यानेकि धान नाच । महिला पुरुष आपसमा हात समाएर लेघ्रो तान्दै गीत गाउँदै वरिपरि घुम्थे घडीको सूई घुमे झैँ । स्कूलतिर कार्यक्रम र तिहारमा झ्याउरे र लोकगीत गाइन्थ्यो त्यसैमा नाचिन्थ्यो । बाद्यवादनमा हुन्थे हारमोनियम मुरली मादल खैजडी मुर्चुङ्गा बिनायो । जरो यसैमा गाडियो ।
रेडियोको प्रभावमा परेर कुनै समय शास्त्रीय संगीतको नियमित श्रोता भइयो नबुझेरै । साथी भाइको संगतले कुनै समय स्वदेश गानहरु नबिराइ सुन्ने गरिन्थ्यो । लोकगीत आधुनिक गीत र फिलिमका गीत त स्वत मनपरिहाल्थे । अजीव के भयो भने हिन्दी गीत जति सुने पनि सुनिसक्ने बित्तिकै बिर्सिहालिने । अंग्रेजी गीत बज्ने बेलामा रेडियोको स्टेशन अर्कैतिर बटारिन्थ्यो ।
१३ वर्ष ताप्लेजुङको बसाइ तीन वर्ष झापाको बसाइ पछि सरियो काठमाडौँ । महानगरमा पनि संगत भयो गाउँबाटै सरेकाहरुसित । दौँतरीहरु कोही आफैँ बजाउँथे कोही आफैँ गाउँथे ननाच्ने त कोही नै थिएन । तिनीहरु अधिकांश लोकगीतमा रम्थे । लोकपपमा रम्थे । धेरै माथि गए आधुनिकसम्म उक्लन्थे । करिब एक दशकको बसाइमा पनि उनीहरुको घेराबन्दी तोड्न सकिएन । विरलै डिस्कोथेकहरुमा ढिम्किँदा पनि नचाइको ताल हुन्थ्यो लोकलयमै ।
कसैकसैले रक गीतको कुरा गर्दा पनि के यस्तो गीत मन पराइरहेको होलाजस्तो लाग्थ्यो । पेटको विकार निखार्न कनेको जस्तो पनि गीत हुन्छ यस्तै लाग्थ्यो । रक भनेको हिप्पीहरुले सुन्ने गीत हो । ड्रगिस्ट र ट्यापेहरुले मन पराउने भाका हो । मेरो बुझाइ थियो यस्तै । केही दिनअघि नेपाल बैँकर्स एसोसिएसनका अध्यक्ष तथा बैँक अफ काठमान्डूका प्रबन्ध निर्देशक राधेश पन्तले दैनिक एक घन्टा रक गीत सुन्ने र बेला बेलामा गाउने गरेको पत्रिकामा छापिएपछि मेरो पुरानो सोचाइमा एक सय अस्सी डिग्रीको फेरबदल आयो । प्रश्न उठ्यो वास्तवमा रकमा त्यस्तो के छ ।
२०६५ को तिहारको गोरुपूजाको दिन थियो । मित्र ओम थापाकहाँ दिउँसै चुस्कीको रसस्वादन गरी पल्टिरहेको थिएँ । कतिखेर आँखा लागेछन् । ब्यूँझदा बाहिर एक हूल रक गीत गाइरहेका रहेछन् । लाग्यो लौ हेरौ न त के रैछ र रकमा । उठेँ झ्यालको पर्दा हटाएर नियालेँ । निकै जोशिलो लाग्यो । रहर अझ पुगेन । ढोकाबाट बाहिर निस्केँ र ड्रमरको नजिक पुगेँ । विभिन्न ताल बदलिँदै कार्यक्रम बढ्दै थियो । ड्रमर झन् उत्तेजित हुँदै ड्रम ठोक्दै थिए । एउटा गीत सकिने बित्तिकै उनी रुमाल झिक्थे र पसिना पुस्थे । अरु जे जति थिए सबै दिल खुलेर सहभागी भइरहेका थिए । नाच्नेहरु बजाउनेहरु गाउनेहरु सबै सबै । उनीहरुले पूरै शक्ति खर्च गरेका थिए । मलाई मजा लागेको पक्ष नै यही थियो । ड्रमरले ड्रमलाई हरेक पटक फुटाउँला झैँ गरेर ठोक्दै थिए । अरुको पनि अवस्था यस्तै थियो ।
यति हेरेपछि मलाई पनि रकले छोयो । यसरी दिल खोलेर गाउनु नाच्नु बजाउनु वास्तवमै मजा नभएर के हुन्छ ।
२०६४ असोज १ गतेदेखि गोरखापत्रमा नयाँ शुरुवात भयो खस नेपालीबाहेकका भाषामा पनि रचनासामग्री छाप्ने । ओम शर्मा कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो संस्थानभित्रैका विभिन्न बाधाविरोध छिचोल्दै उहाँले हिम्मतिलो निर्णय गर्नुभयो । सरकारी मुखपत्रमा खस नेपाली बाहेकका भाषालाई पनि समान दर्जा दिलाउनुभयो । माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिएकै दिन सो ऐतिहासिक कामको थालनी भएको थियो । संयोगले एक साताअघि मात्र संस्थानको स्थायी सेवामा प्रवेश गरेको मलाई शर्माले नयाँनेपालको संयोजनका लागि मौखिक आग्रह गर्नुभयो र मैले सहर्ष स्वीकारेँ । करिब आधादशक जनजाति आन्दोलनको विभिन्न मोर्चामा भाग लिएकोले पनि नेपालको भाषिक समस्याका बारेमा मलाई राम्रो जानकारी थियो । राज्यबाट हेपिएको भाषिक समुदायको एक सदस्य भएको कारणले पनि मैले त्यो आग्रह स्वीकारेको थिएँ । शुरुमा छ भाषाबाट शुरु गरिएको नयाँनेपालको जरो फैलिएर अहिले २६ भाषा पुगिसकेको छ । १५ महिनाको अवधिभर गोरखापत्र निस्किएको जति सबै दिन विभिन्न भाषा पेज निस्किएकै छ चाहे त्यो नेपाल बन्द हड्ताल वा कर्फ्यूको दिन नै किन नहोस् । संस्थानले दिने नाम मात्रको पारिश्रमिकको मुख नहेरी भाषासेवी साथीहरु अहोरात्र खट्नुभएकै छ । खस नेपाली भाषामा समाचार लेख्न जागिर खाएको भए पनि म पनि दुइटै जिम्मेवारीलाई घिसार्दै अघि बढिरहेकै छु । गोरखापत्रको यो कार्यलाई केही मुठ्ठीभरले पचाउन नसके पनि धेरैले तारिफ गरेकै छन् । गएको वर्ष गोरखापत्रले देखाउन लायक काम गरेकै त्यही नयाँनेपाल थियो । जो नेपाली पत्रकारितामै विशुद्ध नयाँ प्रयोग थियो । संयोगले संविधानसभा चुनावमा माओवादी सबैभन्दा ठूलो दलका रुपमा स्थापित भयो र चुनावपछि उसकै नेतृत्वमा सरकार बन्यो । डाक्टर बाबुराम भट्टराई अर्थ मन्त्री बन्नुभयो । उहाँकै सदाशयता र तत्कालीन संस्थान व्यवस्थापनको उहाँसितको गाढा सम्बन्धको कारणले गोरखापत्रको सो नवीन प्रयोगले तीन करोड रुपियाँ पायो । बजेट बक्तव्यमा सो कुरा दस्तावेजीकरण भयो । स्वाभाविक हो हिजो संस्थानको सीमित कोषबाट नयाँनेपाल जन्मिएको थियो । संस्थानको सो अवस्था र प्रयासका बारेमा नयाँनेपालकर्मी साथीहरु जानकार हुनुहुन्थ्यो । र त्यही अनुरुप प्रस्तुत हुनुभयो । सहयोग गर्नुभयो । तर अहिले सरकारले बजेटमै ब्यवस्था गरेपछि उहाँहरुको आशा पनि बढेको छ । संस्थानले कसरी खर्च गर्दोरहेछ भनेर पर्खेर बस्नुभएको छ । हाम्रो योगदानलाई कदर गर्दोरहेछ रहेछ भनेर कुर्नुभएको छ । तर बजेट सार्वजनिक भएको तीन महिना बितिसक्दा पनि संस्थान ब्यवस्थापनसित भने कुनै भिजन देखिएको छैन । बजेटको पहिलो किस्ता निकासा भइसक्दा पनि कुनै कार्यक्रम ल्याइएको छैन । यसै सम्बन्धमा नयाँनेपालकर्मीलाई पत्रकारिताको तालिम दिने सम्बन्धमा मैले एक प्रस्ताव तयार गरेको थिएँ । त्यसबारेमा संस्थानमा आज सोमबार बैठक आयोजना गरिएको रहेछ । तर तालिमको संयोजन गर्न जुन व्यक्तीलाई दिइयो उनबाट नयाँनेपालको स्पीरीटमाथि न्याय हुन सम्भव छैन । मेरो पहिलो असहमति यहीँ हो । दोस्रो कुरा म नेपाली सेवामा नियुक्त भए पनि विगत १५ महिनादेखि मसँगै नेपाली सेवामा प्रवेश गरेका सहकर्मीसरह नेपालीमा समाचार संकलन गरिरहेकै छु र निशुल्क रुपमा नयाँनेपालको संयोजन पनि गर्दै आइरहेको छु । सँगै नियुक्त भएका साथीहरुले सोध्छन् नयाँनेपालको संयोजनवापत् कति पैसा आउँछ । केही छैन भन्दा उल्टो उपहास गर्छन् । उता आफ्नो हाल चाहिँ सधैँ गिर्दो छ । नयाँनेपालको संयोजन गर्दागर्दै मोबाइलको बिलको पारो चढेको कति भयो । अरुबेला १००० रुपियाँले धान्ने मोबाइललाई अहिले ३००० ले पनि पुग्दैन । पैसाको खडेरी लाग्दा एक सातादेखि मोवाइल वान वे भइराखेको छ । मोबाइललाई खुवाउन सकिएको छैन । न राम्रोसित नेपालीमा रिपोर्टिङ गर्न सकिएको छ न अन्य कुनै काम नै । उल्टो बेहोर्नु परेको आर्थिक हानी पनि । ए बाबा मैले गोरखापत्रको के ऋण कुन जुनीमा खाइदेको रहेछु र डब्बल डब्बल ड्यूटी पनि गर्नपर्ने । गोजीको पैसा पनि खर्च गर्नपर्ने । २६ भाषाभित्रको अपसी विवाद सुल्झाउने न्यायाधीश पनि मै बन्न पर्ने । भए नभएको टेन्सन मैले नै खप्नुपर्ने । केही दिनदेखि म दिक्क थिएँ । यस्तैयस्तै कुराले । केही दिन यता भन्न पनि थालेको थिएँ नयाँनेपालको यस्तै स्थिति रहिरह्यो भने म नयाँनेपाल मात्र होइन गोरखापत्र नै छाड्छु । प्रधानसम्पादक र केही साथीलाई अस्ती नै भनेको थिएँ । मैले खेप्नुपरेको सास्ती प्रधानसम्पादकले पनि महसूस गर्नुपर्छ । एउटा मामूली रिपोर्टरको टाउकोमा भारी बिसाएर उहाँले सुख पाउनुहुन्न । त्यस्तै महसूस संस्थानका प्रकाशकले पनि गर्नुपर्छ । हामी तल्लोस्तरका कर्मचारीलाई जलाएर प्रकाशकले चाहिँ प्रशंसाको हात मात्र सेक्ने गर्नुहुन्न भन्ने मेरो आशय हो । त्यही भएर मैले आज कार्यकारी अध्यक्ष मातृका तिम्सिनालाई पनि त्यही कुरा भनेँ । थाहा छैन ती बाहुन बाजेले मेरो पीडा र आशय कति बुझे । मेरो सरोकार नयाँनेपाललाई संस्थागत गरिनुपर्छ १५ महिना जसरी चल्यो त्यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मात्र हो । त्यसको इञ्चार्ज म नै हुनुपर्छ भन्ने महत्वाकांक्षा पनि छैन मलाई । यति हो मैले अब डब्बल ड्यूटी र स्वयमसेवाबाट मुक्ति पाउनै पर्छ । होइन भने मसितै नियुक्त भएका अरु पाँच साथीहरुले पनि १५ महिनाका दरले स्वयमसेवा गरुन् । पहिले पो संस्थागत व्यवस्था गर्न संस्थान समर्थ थिएन त । संस्थानसित पैसा थिएन । अब त व्यवस्था गर्नुपर्यो नि । कसैले सुने पनि नसुने पनि बुझे पनि नबुझे पनि मैले मेरो कुरा राखेँ । चाहे जुनसुकै रुपमा लिऊन् । मेरो गुनासो पोखेँ । नयाँनेपालका करिब पाँच दर्जन साथीहरुको गुनासो पोख्ने कन्टेनर बनेको मेरो गुनासो पोख्ने ठाउँ नै कहाँ पो छ र । एक किसिमले सन्तोक लाग्यो । परिवेश अनुकूल थियो थिएन मनको वह बिसाइयो । यस्तो भन्नुपर्ने अवस्था आइलागेकोमा एकातिर मन अमिलो पनि लागेको थियो । मनमा कुरा खेलाउँदै अध्यक्षको कार्यकक्षबाट आफ्नो कार्यकक्ष आइपुग्न पाएको छैन नयाँनेपालको कम्प्युटर गर्ने शुसीला दिदीको फोन आयो – नरेश भाइ यहाँ नेपालको कम्प्युटरमा सिडी चल्दैन पेन ड्राइभ चल्दैन इन्टरनेट चल्दैन प्रिन्ट गर्न अर्को बिल्डिङसम्म जानुपर्छ । आदि आदि । एक मनले नयाँनेपालको गुनासो सुन्ने भाँडो म मात्र रहेछु भनेर पड्किदिउँ कि जस्तोलाग्यो तर मनको वह कसैलाई नकह नै जाति लाग्यो र आफैँलाई सम्हाल्दै भनेँ – हो दिदी म सबै छिट्टै बनाउने व्यवस्था मिलाउँछु ।
एसएलसी । कसले यसलाई 'आइरन गेट' नाम दियो थाहा छैन तरत्यही गेट नाघ्न नसक्दा लाखौँ नेपाली बाध्य हुन्छन् आˆनो जीवन अर्कैतिरमोड्न । 'एसएलसी पास गर्न पाए !' चाहना हुन्छ सबैको यस्तै । त्यसैले कोहीनाति नातिनासित नारिएर एसएसली दिइरहेका हुन्छन् त कोही दर्जनौँपटकलट्किँदै । तर सशस्त्र युद्ध लडेको नेकपा -माओवादी) का एक नेताले भनेदुर्लभ एसएलसीलाई दुईपटक चुम्न सफल भएका छन् ।
माओवादीकापूर्व केन्द्रीय सदस्य तथा विघटित मगरात स्वायत्त जनसरकारका पूर्व प्रमुखसन्तोष बुढामगर ती कर्मठ हुन् जसले फलामे ढोकालाई दुईपटक पार गरे । अहिलेमगरात राज्य समिति सेक्रेटरी बुढाले २५ वर्षको उमेरमा एकै साल दुईपटकएसएलसी पास गरे ।
रुकुमको कोहल हाइस्कुल ररोल्पाको थवाङ हाइस्कुलबाट एकै साल -२०४२ मा) बुढाले एसएलसी पार गरे ।कोहल हाइस्कुलका नियमिततर्फ र थवाङबाट आंशिक परीक्षार्थी बनेर बुढालेएसएलसी पास गरेका हुन् ।
रोल्पालीकम्युनिष्टको बीउथलो थवाङका रैथाने बुढाले नौ वर्षको उमेरमा कखरा शुरुगरेका हुन् । शिशु कक्षामा भर्ना भएका बुढाले त्यो साल शिशु र कक्षा एककोहोइन एकैचोटी कक्षा दुईको जाँच दिए । जाँचमा पहिलो भएका बुढाले पिताजीबाटपुरस्कार पाए - ग्वाला बन्ने । "पिताजी ज्योतिषीका गुरु हुनुहुन्थ्यो । 'हिसाबकिताब गर्न, नाम लेख्न सक्ने भइहालिस् । अब हिँड 'मङ्गरे' सिक्नहिँड' भन्नुभयो ।" पहिलो हुँदा पिताजीले दिएको उपहार सम्झँदै बुढा भन्छन्।
चारवर्ष गाईको पुच्छर निमोठेर बिताएबुढाले । ज्योतिष विद्या, तन्त्रमन्त्र सबै कण्ठ गरे । मोहनी लगाउन, मसानजगाउन सक्ने भए । बुढाका पिताजीले भन्ने गर्थे रे - मैले एउटा मात्रसङ्गाती बाँकी राखेर सबै तँलाई सिकाएँ । -सबै गुरुहरूले आˆना चेलालाई सबैकुरा नसिकाउने विश्वास छ )
त्यतिबेलासम्ममाथवाङ प्राविबाट निमाविमा उक्लिसकेको थियो । कक्षा बढाउन विद्यार्थी पनिबढाउनुपर्ने भयो । विद्यार्थी बटुल्न मुखियाले उर्दि गरे - जसले छोरी/छोरीस्कुल पठाउँदैन उसले महिनाको ५० रुपियाँ तिर्नुपर्ने छ । के जरिवानातिर्ने ? पिताजी बितिसकेका थिए, आमाले उपाय निकालिन् - ग्वाला बसिरहेकोबुढालाई स्कुल पठाउने । चारवर्षे अन्तरालपछि बुढा फेरि पुरानै भङ्गालोमामिसिए । सँगै पढेका साथीहरू सात कक्षा पुगिसकेका थिए । बुढाले हीनताबोधमानेनन् । तीन कक्षाको जाँच दिए, होल फष्ट भए । शिक्षकहरूले पाँच कक्षामाराख्न खोजे, तर कमजोर हुने डरले दाइहरुले मञ्जुरी दिएनन् ।
चारकक्षामा पनि होल फष्ट भए । कक्षा पाँच पढेनन् । फड्किए छ कक्षामा । छ मापनि होल फष्ट भए र उक्लिए एकैचोटी आठमा । त्यतिबेलासम्म उनको नाम थियो -धनीराज बुढा । पाँच दाजुभाइ र दुई दिदीबहिनीमध्ये कान्छा उनलाई आमालेराखिदिएकी थिएन् रे त्यो नाम । अब उनको नाम फेरियो - धर्मेन्द्र बुढा ।यतिञ्जेलमा बुढा कम्युनिष्ट पार्टीको साधारण सदस्य भइसकेका थिए ।
वि.सं.२०३६ को विद्यार्थी आन्दोलनले विद्यालयमा पनि अनेरास्ववियू खोल्न दियो ।कक्षा र स्कुलको मोनिटर बन्दै आएका बुढा थवाङ हाइस्कुलमा अनेरास्ववियुकोअध्यक्ष बने । त्यसैवर्ष गठित अनेरास्ववियु जिल्ला समितिको पनि उनी पहिलोअध्यक्ष चुनिए ।
बाइसे चौबीसे कालमा नैराजाविरोधी थलो थियो - थवाङ । त्यसपछि पनि थवाङमा शोषक, सामन्त र जनताकाबीचमा पटकपटक लडाइँ हुँदै आयो । २०१५ को चुनावमा थवाङमा सबै भोट मकैकोघोघा चिन्हमा खस्यो । २०३८ को राष्ट्रिय पञ्चायत चुनावमा थवाङमा एक भोटपनि खसेन । गाउँको यस्तो वातावरणले बुढालाई नतान्ने कुरै भएन ।अनेरास्ववियु प्रतिबन्धित भएपछि त बुढाको नाममा वारेण्ट नै जारी भयो ।थवाङमा वारेण्टको केही लाग्दैनथ्यो । प्रहरी चौकी धपाइसकिएको थियो ।पुलिसहरू थवाङ नजाने, वारेण्टेडहरू लिवाङ नजाने । गाउँमा जे गरे भइहाल्यो Û
वि.सं. २०३८ को चुनावमा एक मत पनिनखसेपछि त्यही क्षेत्रबाट निर्वाचित तत्कालीन रक्षामन्त्री बालारामघर्तीमगरले कात्तिक ५ गतेदेखि थवाङमा अपेरेसन शुरु गरे । कात्तिक १६गतेदेखि स्कुलमा टेष्ट थियो । जाँच दिन तम्तयार विद्यार्थीहरू थुनामा पुगे। सन्तोष भने पक्राउबाट बचे । बचेकाहरूलाई आत्मसमर्पण गरेमा परीक्षा दिनपाउने पासो फालियो । तर एक जनाले मात्र त्यो कायर बाटो रोजे । त्यसवर्षथवाङबाट दुई जनाले एसएलसी दिए । एसएलसी पास गर्ने धोको बोकेका बुढासहितकेहीले पाए राजकाज विरुद्धको मुद्दा ।
"हामीकरिब एक सयजना जति भूमिगत थियौँ । पछि मुद्दा नलागेकालाई फिर्ता पठाइयो ।हामी मुद्दा लागेका चाहिँ अरु सतर्क बन्यौँ । केटाकेटीले समेत सीआइडी आएकोचाल पाउँथे र सूचना फुस्काउँदेनथे । जनयुद्ध त रोल्पामा त्यतिबेलै शुरुभएको थियो" बुढाले भने ।
गाउँमा बसिनसक्नुभएपछि नेता मोहनविक्रम सिंहलाई भेट्न पार्टीको एउटा टोली गोरखपुर हिँड्यो। सिंहले निगरानीमा परेका नेताहरू कोहीलाई भारत भगाउने कोहीलाई बसाईसार्ने सल्लाह दिए । टोली निराश भई फक्र्याे । गाउँ फर्केपछि टोलीका सदस्यतेजमान घर्तीले हृवीप लगाए - कोही भारत जाने छैन । कोही बसाई सर्ने छैन ।कसैले परीक्षा दिने छैन । पछि पार्टीको नीति परिवर्तन भयो । परीक्षा दिन रभारत जान पाइने भयो । बुढा पनि लागे भारततिर । "म त बजाउन, गाउन जान्नेमान्छे । डेढवर्ष फरिदावादको नगर साँस्कृतिक टोलीमा नाच्दै गाउँदै बिताएँ"बुढा भन्छन् ।
त्यसपछि २०४० सालतिर 'ल Û अञ्चलाधीश कार्यालयमा हाजिर हुन जाने' ब्यहोराको चिठ्ठी पार्टीबाट आएपछिबुढा नेपाल र्फके । अञ्चलाधीशको कार्यालय थियो तुलसीपुरमा । थवाङबाट जानपाँचदिन, र्फकन पाँचदिन । हरेक महिनाको तीसमध्ये दश दिन यसरी नै बित्थ्यो।
पञ्चायतका रोल्पाली हर्ताकर्ता बालारामघर्तीले आफूलाई भोट नआउने भएपछि थवाङलाई रुकुममा सार्न खोज्दै थिए ।रोल्पाकै राष्ट्रिय पञ्चायत सदस्य बमकुमारी बुढामगर भने सार्न नहुनेअडानमा थिइन् । रुकुमेली नेताहरू पनि कोही थवाङलाई ल्याउन हुन्छ भन्दै थिएत कोही भन्दै थिए ल्याउन हुँदैन । यस्तैमा तत्कालीन राजा वीरेन्द्रमध्यपश्चिम आउने भए । थवाङका नेता बर्मन बुढाले सुर्खेत पुगेर राजालाई भने 'बालारामलाई भोट नदिएको निहुँमा गाउँलेलाई झुट्टा मुद्दा लगाइएको छ, थवाङलाई रुकुम सार्न खोजिएको छ' । करिब आधाघण्टा कुरा सुनेपछि राजावीरेन्द्रले राप्तीका अञ्चलाधीश नारायणसिंह बस्नेतलाई भने - छिटो मुद्दाछिनिदिनू ।
त्यसको तीन/चार महिनामै मुद्दाछिनियो । मुद्दा जितेपछि जाली फटाहाको मनोबल घटाउन बाजागाजा र अविर जात्राभयो थवाङमा । असारको महिना थियो त्यो । भदौ १ गतेसम्म स्कुलमा मिनपचासविदा थियो । भदौ १ गते विद्यालयको घण्टी बज्नासाथ बुढाले कक्षा १० मा नामलेखाए । नियमले भर्ना हुने समय बिते पनि 'राजनीतिक पीडित' लाई छुट दिइयो । 'धेरै साथीहरू पढ्न सकिँदैन भनेर भर्ना भएनन् । मैले चाहिँ गाइड गेसपेपरकिनेर घोक्न थालेँ । त्यही सालदेखि जिल्लास्तरीय टेस्ट शुरु भयो । मटेष्टमा विषय नलगाई पास भएँ' बुढाले भने ।
सोहीसालको एसएलसीमा भने बुढाले गणित र इतिहासमा आलु खाए । त्यतिबेला दुई विषयफेल भएकाले पढाउन पाउँथे । राजनीति पनि गर्ने, जाँच पनि दिने, मास्टरी पनिगर्ने आत्मनिर्णय लिएर बुढाले पुण्टिवाङ प्राथमिक विद्यालयमा पढाउन थाले ।केही समयपछि नै शिक्षक हड्ताल शुरु भयो । जिल्ला शिक्षा कार्यालय घेरेरपढाउन नपुग्दै बुढाको जागिर खारेज भइसकेको थियो । कारण थियो - राजकाजकोमुद्दा परेको । त्यसपछि थवाङकै हाइस्कुलमा बुढा पढाउन भर्ना भए । नियुक्तिपत्र नपाउँदै बुढाको जागिर खारेज भयो त्यहाँ पनि ।
त्यसपछित जिल्लाभर निर्देशन भयो - धर्मेन्द्रलाई जागिर नदिनु । अर्को वर्षकोकम्पार्ट परीक्षामा पनि बुढालाई सफलता हात परेन । इतिहास त कट्यो तरगणितले फेरि धोका दियो । त्यहीबेला रुकुमको लुकुमबाट साथी बीरेन्द्र घलेलेपत्र पठाए - यहाँ मास्टरको दरबन्दी खाली छ आउनू । झोलामा एउटा खास्टो रडायरी च्यापेर बुढा हिँडे लुकुम । थवाङबाट तीन घण्टा टाढा लुकुममा शुरुभयो नयाँ जागिर । यस्तैमा एक दिन सहकर्मी महेन्द्र पन्थीले प्रस्ताव राखे - कोल -रुकुमै अर्को गाऊँ) घुम्न जाउ"m ।
कोलकाहेडमास्टर भक्तिनाथ घिमिरे पन्थीका साढुदाइ थिए । "कोल हाइस्कुल एसएलसीमादुई साल निल भइसकेको रहेछ । त्यो साल पनि निल भए अनुदान रोक्का हुने रहेछ। स्कुलका शिक्षकहरू कुराकानी गर्दा यो साल पनि निल भयो भने खानुहोला तलवभनी ठट्टा गर्दै थिए । मैले ए Û बड्डा हो मलाई रेगुलर मिलाइदेऊ म पास गरेरबचाइदिन्छु भनेँ" बुढा पुराना दिन सम्झँदै भन्छन् । स्कुललाई पनि पासगर्ने विद्यार्थी चाहिएको थियो । एसएलसी पास गरिदिने शर्तमा बुढा रेगुलरविद्यार्थी बने । वर्षभरिको हाजिर एकैदिन भयो । बुढाले सालभरको फी पनिएकैपटक बुझाए ।
धर्मेन्द्र नामले कहीँ कामगर्न दिएन । रोल्पामा त पढाउन समेत प्रतिवन्ध नै लाग्यो । त्यसैले नामफेरे उनले र अब धर्मेन्द्रबाट रुपान्तर भए सन्तोष बुढा । जन्म मिति पनिवास्तविक भन्दा दुई वर्ष घटाए । पिताको नाम पनि फेरे । कक्षा नौकोमार्कसिट लिन थवाङ हाइस्कुल आउँदा हेडमास्टर कुलानन्द गिरीले 'म यहीँबाटमिलाइदिन्छु रेगुलर' भने पनि बुढा मानेनन् । 'बरु म एक्जाम्टेड परीक्षायहाँबाट दिन्छु' भनेर र्फम भरे र रुकुम फर्किए ।
एसएलसीशुरु हुने दुई दिनअघि बुढा मुसिकोट गए । कहिल्यै पनि राति १० बजेभन्दा पछिपढेनन् । किताब पल्टाउँथे र हेर्थे शीर्षक मात्र । मुसिकोटमा जहाँ उनीबस्थे त्यहाँ महेश र हीरा नामका दुई साथी पनि थिए उनीहरुले महिनौँदेखिट्यूसन पढेका थिए । र, रातिसम्म पढ्थे । रेगुलर परीक्षा सकिएपछि बुढा सीधैलिवाङ हान्निए चार दिनपछि हुने एक्जाम्टेडको परीक्षा दिन । नतीजा निस्कियो - उनी रेगुलर र एक्जाम्टेड दुवैतर्फ सेकेण्ड डिभिजनमा पास भए । रेगुलरमा३७६ अंक ल्याए । एक्जाम्टेडमा ३८० । धर्मेन्द्र नामले धेरै दुःख पाएकोबुढालाई थाहा थियो । त्यसैले धर्मेन्द्रलाई घरमा थन्क्याइदिए । सन्तोष गयोक्याम्पस पढ्न दाङ ।
नाम फेर्दा कुनैसमस्या परे न त ? पर्यो नि Û "स्कुलका श्रीधरसरले कलेज पढ्दै गरेकापार्टीका साथीहरूलाई भन्नुहुँदो रहेछ 'धर्मेन्द्र दाङमा पढ्न आएको छगणितमा अलि कमजोर छ सहयोग गर्नु' साथीहरू क्याम्पसको रजिस्टर पटकपटकपल्टाउँदा रहेछन् । नपाएर हैरान" बुढाले भने ।
त्यहीबेलामारोल्पामा संगठन गर्न गएका धर्मेन्द्र बाँस्तोला -हाल माओवादी केन्द्रीयसदस्य) पनि धर्मेन्द्र बुढा ठानिएर समातिएछन् । बुढाले थपे "धर्मेन्द्रदाङमा पढ्छ भनेर पुलिसहरू पनि कलेजमा पटकपटक आए । मलाई पनि दुई/तीनपटकतपाईको नाम के हो भनेर सोधे ।"
स्मरणीयघटना त अर्कै छ । दाङमै कार्यक्रमको तयारी गर्दागर्दै बुढा पक्राउ परेछन्। सुरक्षाकर्मीहरू धर्मेन्द्र यही हो भनेर फसाउन खोज्दा रहेछन् तर प्रमाणछैन । त्यहाँका प्रहरी प्रमुखले पटकपटक कलेजमा खोज्न पठाएछन् -धर्मेन्द्रको नाम । केही नलागेपछि दिक्क भएर सोह्रौँ दिन त बुढालाई नैसोधेछन् - तिम्रो नाम के ? र, बुढा यो जवाफ दिएर छुटेछन् "मेरो नाम सन्तोषबुढा । म धर्मेन्द्र होइन । धर्मेन्द्र मेरो दाइ हो, ठूलो बाको छोरा ।"